माइती नेपालको योजना सफल

राजनीति समाचार

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने माथि नियोजित प्रहार गरेर रमाएका फोहोर महिलाको दुर्गन्धलाई अदालतले सफा गर्दा कोलाहाल मच्छियो । सन्दीप विश्वकप क्रिकेटको लागि अमेरिका जाने तयारी गर्दा माइती नेपालले सन्दीपलाई भिजा नदिन आग्रह ग¥यो । उसको योजना सफल भयो । विश्वमा नेपाललाई चिनाउने खेलाडीहरु माथि बेलाबखत यस्ता षड्यन्त्र हुने गर्दछन् । विगतमा फुटबल खेलाडीलाई म्याच फिक्सिङ ग¥यो भन्दै प्रहरी लगाएर कारबाही गरियो । यो कारबाहीले दाग लगायो, अहिले पनि त्यो दाग हटेको छैन। फुटबलको स्तर ध्वस्त छ ।

यसपटक क्रिकेटर सन्दीप लामिछाने माथि गौशाला २६ प्रयोग भइन् । जसको उमेरले सहमतिमा यौन सम्बन्ध राख्दा बलात्कारको प्रमाण नपुग्ने अदालती ठहर हुँदा सन्दिप कानुनी झमेलाबाट मुक्त भएका थिए । तर लामिछानेलाई अमेरिकामा आयोजित विश्वकप खेल्न नदिन खेलकुदका माफिया र माइती नेपाल नामको डलरवादी संस्था प्रयोग भएको छ । युवा तथा खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालयको पहलमा अमेरिकी दूतावासको भिसा नदिने निर्णय फिर्ता गराउने पहल भएपनि दुतावासले आफ्ना अनुसारको कुरा पत्यायो । सरकारी प्रयास विफल भयो ।

पीडित महिलाको उद्धारमा लाग्ने माइती नेपालको सन्दिप विरुद्ध योजना सफल भएको बताइएको छ । त्यो संस्था आफ्नो उद्देश्यमा छैन । आरक्षण दिएका युवतीहरूलाई यौन पेशामा जान बाध्य पार्ने माइती नेपाल नै हो । क्रिकेटर लामिछाने सबै कुरामा निर्दोष भने होइनन् । विश्वमा चर्चा पाएको कुशल क्रिकेटरले महिलाहरूसँगको सम्बन्धमा सचेत हुन जरुरी थियो । महिलाका मात्र अधिकारका कुरा हुने डलरको खेती गर्ने ठाउँ पाएको लोकतन्त्रभित्र स्वार्थको तुनेलोमा रमाएका शक्ति र समूह हुन्छन् एउटा कुशल खेलाडी होस् वा पेशाकर्मीलाई फसाउन र विवादमा पार्न केटी बाहेक अरु जरुरी छैन ।

आफ्नै समूहभित्र कसलाई कहाँ कसरी कुन मुद्दामा फसाउन सकिन्छ, त्यसको जासुसी गर्ने जमात रहेको हुन्छ भन्ने कुरामा व्यक्ति स्वयं सचेत हुन जरुरी छ । देशको परिचय दिलाउने खेलाडी पलायन हुनुको कारण खेलकुदलाई राज्यले प्राथमिकता दिन नसक्नु हो । त्यही अमेरिकाका राष्ट्रपतिको काण्ड बारम्बार उठ्ने गर्छ । अहिले पनि उठेकै छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *