नेपाल प्रहरीको प्रवक्तामा वरिष्ठ उपरीक्षक रमेश थापा

विविध समाचार

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले बुधबार जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *