अर्थ मन्त्रालयको मातहतमा रहेर स्थापित सेक्युरिटी खरिद बिक्री केन्द्र लिमिटेडको नाममा तत्कालीन कम्पनी ऐन, २०२१ अन्तर्गत २०३३ सालमा स्थापना भएको हो । हाल यो संस्था २०५० मा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्सेको नामबाट सञ्चालन भइरहेको छ ।
यो कम्पनीले नेपालमा संगठित दोस्रो बजारको रूपमा २०५०÷९÷२९ देखि कार्य गर्दै आएको छ । नेप्से धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त नेपालको एक मात्र स्टक एक्सचेञ्ज हो संस्थाको कुल चुक्ता पुँजी १ अर्थमध्ये नेपाल सरकारको ५८.६६ प्रतिशत, नेपाल राष्ट्र बैंकको १४.६० प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैड लिमिटेडको ६.१४ प्रतिशत तथा अन्यको १०.६० प्रतिशत स्वामित्व रहेको छ । स्टक एक्सचेन्जको सदस्यता प्राप्त ५० धितोपत्र दलाल कम्पनीमार्फत् धितोपत्रको कारोबार हुँदै आइरहेको छ । नेप्सेमा २०७८÷ ७९ सम्म २३५ पब्लिक कम्पनी सूचीकृत रहेका छन् । यसै सन्दर्भमा वित्तीय बजारमा यसको भूमिका, प्रभावकारिता र दायित्वका सम्बन्धमा महालेखा परीक्षकको कार्यालयको ६०औं प्रतिवेदनमा उल्लेख अंश ः
वित्तीय स्थिति र सञ्चालन नतिजा ः कम्पनीको २०७९ आषाढ मसान्तको शेयर पुँजी रू. १ अर्ब, जगेडा कोष, सञ्चित नाफा र अन्य कोष समेत रू. ६ अर्ब ३९ करोड ३८ लाख, गैह चालु दायित्व रू.९१ करोड ७२ लाख र चालु दायित्व रू.३८ करोड ५० लाख रहेको छ। गैह चालु सम्पत्ति रू.४ अर्ब ३६ करोड ८६ लाख र चालु सम्पत्ति रू.४ अर्ब ३२ करोड ७४ समेत कुल सम्पत्ति रू.८ अर्ब ६९ करोड ६० लाख रहेको छ । गत वर्ष रू. १ अर्ब ९४ करोड ६ लाख खुद मुनाफा रहेको कम्पनी यस वर्ष रू. १ अर्ब ६९ करोड ८८ लाख नाफामा रहेको छ। कम्पनीको यो वर्ष रु.२ अर्ब ७८ करोड २१ लाख सञ्चालन आम्दानी र रू.३१ करोड ४२ लाख सञ्चालन खर्च गरेको छ ।
अनुदान खाता मिलान ः कम्पनीले भारत सरकारबाट नेपालले अनुदानमा पाएको रू.१४ करोड ७२ – लाखको सफ्टवेयर सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई हस्तान्तरण गरेको छ। सो अनुदानको रकम कम्पनीले पुँजीगत जगेडा कोषमा जम्मा गरेको छ । सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको १४ लाख ७२ हजार कित्ता शेयर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्दछ । आन्तरिक नियन्त्रण व्यवस्था ः कम्पनीले सञ्चालनमा ल्याएको सफ्टवेयर तथा अन्य व्यवस्थालाई स्वचालित, जोखिम रहित बनाउनुपर्नेमा सोअनुसार भएको छैन। यस सम्बन्धमा देखिएका प्रमुख व्यहोरा निम्नानुसार छन् ः
० यस वर्ष नेप्सेमा २ अर्ब ४९ करोड कित्ता शेयर खरिद विक्रीबाट रू.१२ खर्ब २० अर्बको धितोपत्र कारोबार भएको छ । गत वर्ष भन्दा संख्याको आधारमा २६.८० प्रतिशत र रकमको आधारमा १७.३५ प्रतिशत न्यून रहेको छ । कारोबार तथ्यांकको विश्लेषण गर्दा यो वर्ष २२ कम्पनीले साधारण शेयर सूचीकृत गरेका, २२ कर्पोरेट ऋण पत्र जारी भएका ९ सरकारी र ४ म्युचियल फण्ड सूचीकृत भएपनि बजार २३९ दिन खुलेको र कारोबार संख्यामा ४.५७ प्रतिशतले कमी भई १ करोड ४७ लाख रहेको छ ।
० नेप्सेले दोस्रो बजारमा सम्भावित गुनासो सम्बोधन गर्न टोल फ्री नम्बर उपलब्ध गराए पनि नम्बरमा आएको टेलिफोन सम्बन्धित विभागहरूमा ट्रान्सफर गर्नका लागि मात्र प्रयोग भइरहेको छ । गुनासोको लागि प्राप्त कुल कलहरूको डाटाबेस तयार गरी गुनासो व्यवस्थापन गर्नुपर्दछ ।
० धितोपत्रको क्लियरिङ्ग र सेटलमेन्टको जिम्मेवारी नेप्सेको भए तापनि नेप्सेले यो जिम्मेवारी आफ्नो सहायक कम्पनी सीडीएस एन्ड क्लियरिङ्ग लिमिटेडलाई दिएको छ। सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित मेरो शेयर नामक एपमा विक्रेताको नाफा र कर गणना गर्ने प्रयोजनका लागि बिक्री गरिएको स्टकको लागत निर्धारण गर्दा प्रयोगकर्तालाई स्टकको मूल्य प्रणालीमा संशोधन गर्न पहुँच दिएको पाइयो । प्रणालीबाट प्राप्त तथ्याङ्कलाई लिङ्ग नगरी लागत सम्पादन हेरफेर गर्ने पहुँच प्रयोगकर्तालाई दिँदा प्रयोगकर्ताले लागत रकम हेरफेर गर्न सक्ने र नाफा एवं करलाई प्रभाव पार्ने जोखिम रहेकोले खरिद लागत सिस्टमबाट नै लिंक गर्ने र अन्य खर्च प्रविष्टि गर्न दिने व्यवस्था मिलाउनु पर्दछ
सेवा प्रवाह ः पुँजी बजारमा विगत वर्षको पुँजीकरण रू.४० खर्च १० अर्थ रहेकोमा यो वर्ष कारोबार संख्या, कारोबार परिमाण र नेप्से सूचकमा कमी आएकोले बजार पुँजीकरण रू.२८ खर्ब ६९ अर्ब मात्र रहेको छ । सो रकम देशको कुल ग्राहस्थ उत्पादनको करिव ५९.१४ प्रतिशत हुन आउँछ । पुँजीबजारलाई सबल र सुरक्षित बनाउन दलाल कम्पनीले सञ्चालन गर्ने प्रणाली, नेप्सेको अनलाइन कारोबार प्रणाली र सीडीएसको प्रणाली, त्यसको सञ्चालनमा समन्वय गरी एकीकृत प्रणालीको विकास गर्नुपर्दछ ।
बोनस व्यवस्था एवं खर्च ः बोनस नियमावली, २०३९ को नियम ६ (२) बमोजिम नेपाल सरकारको स्वामित्वमा नाफा आर्जन गर्ने उद्देश्यले नेपाल सरकारले तोकेको क्षेत्रमा स्थापना भएको एकाधिकार प्राप्त प्रतिष्ठानले आफूले आर्जन गरेको प्रत्येक आर्थिक वर्षको खुद नाफाको १ प्रतिशत बरावरको रकम कर्मचारी बोनस बापत छुटयाउनु पर्ने उल्लेख छ । कम्पनीले २०७७ । ७८ को लागि रू. २ करोड ८० लाख ८६ हजार र २०७८ । ७९ को लागि रू.८ करोड ८२ लाख ८७ हजार बोनस व्यवस्था गरेको छ ।
बोनस वितरणको लागि अर्थ मन्त्रालयको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था छ। कम्पनीले २०७७७८ को खुद नाफाको १ प्रतिशत कर्मचारी बोनसको लागि व्यवस्था गरी वित्तीय विवरण तयार गरी वार्षिक साधारण सभाबाट स्वीकृत गराएको पाइयो । कम्पनीले गरेको बोनस व्यवस्थामा चित्त नबुझाई कर्मचारीहरूले श्रम कार्यालयमा निवेदन दिएको पाइयो । श्रम कार्यालयले कम्पनी एकाधिकार संस्था नभएकोले खुद नाफाको ५ प्रतिशत कर्मचारी बोनसको रूपमा वितरण गर्नुपर्ने निर्णय गरेको छ । श्रम कार्यालयको निर्णय अनुसार कम्पनीले बोनसको रकम पुनरावलोकनको गरेको देखिएन ।(तामाकोशीसन्देशबाट)