खेलाडीको पुरस्कामा प्रधानमन्त्री र अर्थमन्त्रीका मनमुटाव

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडौं । अहिले अधिकांश नेपाली खेलाडीहरु विदेश पलायन हुन थालेका छन् । नेपालको सन्दर्भमा सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय खेल फुटबललाई लिइन्छ । नेपाली फुटबल खेलाडीहरुले खेलकुदमा इतिहास पनि नराखेका होइनन् । त्यस्तै नेपाली क्रिकेट खेलाडीले पनि विश्वसामु नेपालको नाम उच्च बनाएका छन् । त्यसले गर्दा विश्वले नेपाललाई हेर्ने दृष्टिकोण पनि फरक हुँदै आएको छ । तर, नेपाल सरकारले ती कीर्केट खेलाडीलाई शुभकामना र धन्यवाद पनि दिएको पाइँदैन ।

औपचारिकता निभाउन मात्र सामाजिक सञ्जालमा धन्यवाद दिएको पाइन्छ । तत्कालीन प्रधानमन्त्रीहरुले राष्ट्रिय खेलाडीलाई पुरस्कारको घोषणा गरे तापनि सो पुरस्कार नपाएको गुनासो खेलाडीहरुले गर्दै आएका थिए । सरकारले घोषणा गरेको पुरस्कारसमेत खेलाडीहरुले नपाएपछि अधिकांश खेलाडीहरु पेशा नै छाडेर विदेश पलायन हुँदै छन् । त्यस्तै कीर्केट खेल उद्घाटन गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक विजेता खेलाडीलाई ६ लाख रुपैयाँ पुरस्कार स्वरुप दिने घोषणा गरेका थिए ।

तर, अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कारलाई कहाँबाट ल्याएर दिने यति धेरै पैसा भनेर आलटाल गरेका थिए । सो विषयलाई लिएर प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कारसमेत नपाउने भएपछि खेलाडीहरुले पेशा छोडेर विदेश पलायन हुन वाध्य भएका छन् । खेलकुद क्षेत्रमा ७ अर्बंभन्दा बढी पैसा रहे तापनि त्यो रकम अन्तर्राष्ट्रिय ख्याति कमाएका खेलाडीलाई पुरस्कारसमेत नदिएर आन्तरिक रुपमा प्रदेश र स्थानीय खेलकुदको लागि भनेर राखिएको छ । सो पैसा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवदेखि विधिन्न विधाका खेलकुद अध्यक्ष, सदस्यहरु र कर्मचारीहरुले संघ, प्रदेश र स्थानीय खेलकुदको अवलोकन गर्ने, भ्रमण गर्ने, गोष्टी, सेमिनार गर्ने, खेलकुद ग्राउण्ड निरीक्षण गर्ने जस्ता शीर्षकमा बिल बनाएर खाने गरेका छन् ।

आफन्तले सञ्चालन गरेका विभिन्न फुटसल, क्लबहरुलाई सहयोग दिने नाममा पनि त्यत्तिकै खर्च गर्ने गरेका छन् । तर, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गरेर नेपालको नाम विश्वमा चिनाउने खेलाडीको लागि भने राज्यले लगानी गर्न सकेको छैन । राज्यले अन्तर्राष्ट्रिय स्तरका खेलालाई सेवा, सुविधा र प्रशिक्षण दिनु त पुरैको कुरा नेपालको नाम विश्वसामु चिनाउने खेलाडीलाई घोषणा गरेको पुरस्कारसमेत नसक्नु कतिसम्म हास्यास्पद कुरा हो । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *