ananta gurung

हमासको आतंकविरुद्ध इजरायली सैनिक कारबाहीको औचित्य

राजनीति लेख

तेस्रो बिश्व युद्धको चर्चा अहिले चुलिएको छ । पहिलो र देस्रो विश्व युद्धको केन्द्रविन्दू युरोप नै थियो । यस पटक धेरैले तेस्रो विश्व युद्धको केन्द्रविन्दू पूर्वी युरोप हुने अन्दाज लगाएर बसेका थिए । युक्रेन र रुस बिचको युद्धले तेस्रो विश्व युद्धको रुप ग्रहण गर्न सक्ने संभावना संसारले दखीरहेको बेलामा प्यालेस्टाईन राज्यको हमासले एकएक ७ अक्टोवर २०२३ का दिन ईजरायलमा आतंकी कार्यबाही गरी सबैलाई चकित तुल्यायो । हमासले चलाएको सोकार्यबाहीमा लगभग १५ सय जति निहत्था व्यक्तीको ज्यान गएकोछ । हमासले बालबालिका देखि लिएर गैरईजरायलीहरुको पनि ठुलो सांख्यामा हत्या गर्यो ।

ईजरायल बाहेक संसारका २५ भन्दा बढी मुलुकहरुबाट कामको सिलसिलामा ईजरायल पुगेका बिदेशीहरुको पनि निर्मम् हत्या गर्नुको साथै केहीलाई बन्दी बनाएर ईजरायली नागरिकहरु संगै गाजामा लगी वेपत्ता तुल्याएका छन ।यस्तो बन्दी बनाई वेपत्ता पारिएको ईजरायलीहरु र बिदेशीहरुको संख्या करिव ३ सयको हाराहारीमा भएको जानकारी दिइएकोछ । सुरक्षाको दृष्टिकोणले संसार कै उत्कृष्ट मानिएको मुलुक ईजरायल भित्रै घुसेर हमासले यस्तो आतंक मचाउन सक्लान भन्ने अनुमान कसैले पनि गरेको थिएन । खाडीका केही शक्तिशाली मुलकहरु र ईजरायलको बिचमा राम्रो संबन्ध स्थापित हुँदै गएको बेलामा यस्तो आतंक व्यहोर्नु पर्ला भन्ने संका सम्म ईजरायलले गरेको थिएन ।

प्यालेस्टाईन राज्यको स्थापना भएपछि केही असन्तुष्ट प्यालेस्टाईनी नेताहरुले हमास भन्ने संगठन खोलेका थिए । जस्को उद्देश्य यहुदी राज्य ईजरायलको बिरुद्ध आतंकी संघर्ष चलाई राख्नु नै थियो । राष्ट्रको सुरक्षाको हिसाबले चौकन्ना ईजरायलका बिरुद्ध कुनै ठोश सैनिक कार्यबाही चलाउन नसकेपनि शान्ति स्थापाना कार्यको लागि संसारबाट प्राप्त आर्थिक सहायतालाई परिचालन गरी आतंकी सैनिक शक्तिको तयारी भने गाजा ईलाकामा गर्दै रहे ।

जमिन मुनी बनेका सुरुङहरुको सञ्जाल भित्र ईजरायलबाट अपहरण गरी लगेका ईजरायलीहरु र बिदेशीहरुलाई लुकाई राखेको अनुमान ईजरायली प्रतिरक्षा सेनाले गरेको छ । उक्त बन्दीहरुलाई सुरक्षित रुपमा हमासको कव्जाबाट मुक्त गर्ने काम संसार कै शक्तिशाली ईजरायली प्रतिरक्षा सेनाको लागि पनि ठुलो चुनौती बनेको छ । १० नेपाली बिद्यार्थीहरु सुरुको टकरावमा नै मारिएका छन भने थप दुई नेपाली बिद्यार्थी हमासको कव्जामा भएको अनुमान छ । आतंकी संगठन हमासले बन्दीहरुलाई कता पर्याएर राखेका छन वा मारी सके भन्ने कुरा १ महिना बित्दा पनि कुनै सूचना प्राप्त भएको छैन ।

इजरायली प्रतिरक्षा सेनाले बन्दीहरुलाई सुरक्षित मुक्त पार्नको निमिक्त अनेक गोप्य सैनिक कार्यबाहीहरु चलाईरहेको भएतापनि कुनै सफलता हात लाग्न सकेको छैन । यसै बिचमा एकाएक संसारलाई तेस्रो बिश्व युद्धको केन्द्रविन्दू खाडी मुलुक त हुने होइन भन्ने संका बढेकोछ । पूर्वी युरोपमा चलेको रुस र युक्रेनको युद्धबाट संसारको ध्यान हटेर अब खाडी मुलुकमा केन्द्रित भएको छ । बिभिन्न कारणहरुले गर्दा अमेरिका लगायत पश्चिमी युरोपियन मुलुकहरुमा आर्थिकमंदी आएपछि अहिले संसारको आर्थिक केन्द्र पनि दुबई कतारमा सरेकोछ ।

यो हुँदा खाडीमा यदि शान्ति कायम गर्न सकिएन भने ज्यादा आर्थिक हानी नोक्सानी पनि खाडी मुलुकहरुलाई नै हुनेछ ।ईराकका तानाशाह सद्दाम हुसेन र लिबियाको तानाशाह कद्दाफी अमेरिकी सैनिक कार्यबाहीमा मारिएपछि अरब राष्ट्रवादको नाममा राजनीति गर्ने अरबी नेताहरु कोही रहेनन् । सिरियाको तानाशाह अझ पनि सत्तामा नै छन तर बिश्व राजनीतिले गर्दा उहाँलाई आफ्नै सत्ता जोगाई राख्न कै लागि पनि धाउधाउ परेकोछ । सरसर्ती हेर्दा मध्यपूर्वमा यो बेला ईजरायलको सैनिक शक्तिलाई चुनौती दिन सक्ने कुनै पनि अरबी नेताहरु छैनन् । तर भित्रभित्रै केही आतंकी संघठनहरुले भने मध्यपूर्वमा हाल कायम रहेको शान्तिपूर्ण अवस्थालाई भाँड्नको निमिक्त तयारी थालेको कुरा हमासको ताजा आतंकी कारबाहीबाट पुष्टी भएको छ ।

अहिले संसार भर चर्चामा भएका त्यस्ता आतंकी संगठनहरुको समूहलाई ३एच भनिन्छ अर्थात हमास, हुती र हिजबुल्लाह हुन । यो तीन आतंकी संगठनहरु ईजरायलको बिरुद्ध मिलेर संयुक्त आतंकी कार्यबाहीहरु चलाईरहेका छन । शान्तिको लागि संसार भरबाट प्राप्त आर्थिक सहायताले घातक सैनिक हतियारहरु किनेर थुपारेका छन । जमिन मुनी सुरुङहरुको सञ्जाल निर्माण गरेकाछन ।

प्यालेस्टाईन राज्यको बिकासको निमिक्त बिश्व समुदायले दिएको आर्थिक सहायता शिक्षा, स्वास्थ्य र पूर्वाधार बनाउनको लागि लगानी नगरी मानव संहार गर्ने हतियारहरु अन्तर्राष्ट्रिय हतियार तस्करहरुबाट किनेकाछन । हमासका कार्यकर्ताहरुलाई रोजगारी पनि ईजरायलले नै दिंदै आएकोछ तर ईजरायल कै खाएर ईजरायल भित्रै आतंक फैलाउने काम गरी नमकहराम बनेकाछन । ईजरायलले आफ्नो आत्मरक्षाको निमिक्त हमास बिरुद्ध सैनिक कार्यबाही थालेको छ तर प्यालेस्टिनी आम जनताको बिचबाट हमासलाई मात्रै छुट्याएर सैनिक कार्यबाही गर्नु त्यति सजिलो छैन ।

त्यसकारण ईजरायलको सैनिक कार्यबाहीमा परी केही आम जनता पनि मारिएका छन । मकै पिस्दा मकैको घुण पिसिए झै आम जनता पनि पिसिने हुँदा आम जनताले आफैलाई संभव भएसम्म अतंकीहरुबाट अलग राख्ने प्रयास गर्दा राम्रो हुन्छ । सबै प्यालेस्टिनी जनता आतंककारी होइनन् भन्ने कुरा संसारलाई राम्रै सित थाहा छ । तर आम जनता आतंककारीहरुले फैलाएको त्रासले गर्दा मिसिएर बस्नु पर्ने हुन्छ । हमासलाई आम जनता देखि अलग पारी दण्डित तुल्याउनु मध्यपूर्वको शान्तिको लागि धेरै महत्वपूर्ण बिषय भएको छ । ईजरायली प्रतिरक्षा सेनाले यो अभियानमा सफलता पाएमा खाडीमा स्थायी शान्ति कायम भई आरब मुलुकको आर्थिक बिकास खण्डित हुनेछैन ।

धार्मिक पृष्ठभूमिमा स्थापित भएका आतंकी संगठनहरुले खाडी मुलुकहरुमा हाल कायम रहेको शान्तिलाई भंगगरी अरबमा भईरहेको तिब्रगतिको आर्थिक बिकासलाई बाधित तुल्याउने छन । यो भन्दा पहिले उक्त मुलुकहरुमा सक्रिय रहेका अलकाईदा र आईएसएस जस्ता आतंकी संगठनहरु अमेरिकी कार्यबाहीमा निष्तेज भईसकेका छन । अहिले मध्यपूर्ब लगायत खाडी मुलुकहरुमा सक्रिय हमास, हुती र हिजबुल्लाहले बिगतको ईतिहासबाट पाठ सिक्दै आतंकलाई आफ्नो व्यवसाय बनाउन छाड्नु पर्छ । नत्र अमेरिकी कोपभजनमा परी तिनीहरुको अवस्था पनि अलकाईदा र आईएसएसको जस्तै हुने पक्का देखिन्छ । अहिले ईजरायल र हमास बिच चलेको संघर्षको जग सदीयौं पुरानो हो ।

सताव्दीयौं देखि होलीलैंड जेरुसलेमको लागि ईसाई र मुसलमानहरुका बिच संघर्ष चल्दै आएको छ । जेरुसलेम ईसाईहरुको होलीलैंड हो भने मुसलमानहरुको पनि होलीलैंड नै हो त्यसकारण जेरुसलेमको नियन्त्रणको लागि ईसाई र मुसलमान धर्मालम्बीहरुका बिच सदियौं देखि संघर्ष हुँदै आएको छ । उक्त होलीलैंड कहिले कसको र कहिले कसको नियंत्रणमा जाने गरेको इतिहास छ । जेरुसलेमको लागि धार्मिक युद्धहरु लगातार १० औं शताव्दी देखी १६ औं शताव्दी सम्म चलेको थियो जसलाई क्रुसेदस् भन्ने गरिन्थ्यो ।

यस्तो युद्धहरुको सुरुवात, समर्थन र नेतृत्व प्राय क्रिस्चियन ल्याटिन चर्चले गर्ने गरेको थियो । युरोपबाट ईसाईहरु राजा महाराजाहरुको नेतृत्वमा जेरुसलेममा हुलका हुल धार्मिक यात्राको लागि सैनिक लडाकु सहित आउने गरेको थियो । मुसलमानहरु त्यस्तो यात्रापथमा लुकीछिपी बसेर बारबार ईसाई धार्मिक यात्रुहरु माथि आक्रमण गरी दुःख दिने गरेको कुरा इतिहासमा उल्लेख भएकाछन । यस्तो धार्मिक लडाईमा मारिएका लासहरुको रास ईजिप्टको पिरामिड जस्तै अग्लो हुने गरेको कुरा इतिहासमा चर्चा गरिएको पाईन्छ । यस्तो क्रुसेदस् पहिलो, दोस्रो, तेस्रो अनगिनत भएका थिए ।

इजरायल राज्यको स्थापना भएपछि जेरुसलेमको नियंत्रण ईजरायलको हातमा गएको छ । यो होलीलैंड जेरुसलेम हाल ईजरायलको राजधानीको रुपमा चिनिन्छ । मुसलमानहरुले प्यालेस्टाईन राज्य पाएकाछन तर पनि जेरुसलेम ईजरायलमा गएको कुरालाई लिएर सन्तुष्ट छैनन् । बेलाबेलामा यहि कुरालाई लिएर दुबै पक्षका बिच संघर्षहरु हुने गरेकाछन । दुबै पक्षलाई थामथुम पारी मध्यपूर्वमा शान्ति बहाली गर्न अमेरिकाले अहम भूमिका खेलेको थियो ।

प्यालेस्टाईनी राज्य स्थापना गर्नको लागि स्वर्गिय नेता यासिर अराफतको ठुलो योगदान छ । आतंक र युद्धले गर्दा संसार भर छरिन पुगेका प्यालेस्टिनी जनताले आफ्नै राज्य पाएपछि मध्यपूर्वमा लामो संघर्ष पछि शान्ति बहाली भएको हो । तर ७ अक्टोवर २०२३ मा हमासले ईजरायलमा गरेको आतंकी हमलाले एकपल्ट फेरि शान्ति भंग भएको छ । दुबै पक्ष युद्धको चरणमा प्रवेश गरेका छन भने एकले अर्कालाई समाप्त पारेरै छाड्ने कसम खाएकाछन । सुरुङको सञ्जाल भित्र लुकेर बसेका हमासले शक्तिशाली ईजरायली प्रतिरक्षा सेनालाई चुनौती दिएको छ ।

सुरक्षित रुपमा बन्दीहरुको उद्दार गर्नु पर्ने भएकाले ईजरायली प्रतिरक्षा सेनाको निमिक्त आतंकी हमासले नाकमा दम गरी राखेकाछन । विश्व शान्तिको निमिक्त नेपाल सानै मुलुक भएपनि धेरै संख्यामा शान्ति सेना उपलव्ध गराएर ठुलो योगदान गर्दै आएको छ । संसारले एशियाको प्रकाश मानेको भगवान बुद्धको जन्मभूमि नेपाल भएकाले भागवान बुद्धले उपदेश गर्नु भएको पञ्चशीलको शिद्धान्त अनुसार नेपाल संसारमा शान्ति कायम भईरहोस भन्ने चाहान्छ । नेपालमा राजनीतिक व्यवस्था बदलिएर नेपालको राजनीतिक नेतृत्व दलका नेताहरुको हातमा आएपछि पनि विश्वशान्तिको लागि नेपालको प्रतिबद्धता कायम नै छ । संसार भर शान्ति कायम गर्नको लागि संयुक्त राष्ट्र संघलाई शान्ति सेना उपलव्ध गराएर सहयोग गर्ने नीति स्वर्गिय राजा वीरेन्द्रको पालामा सुरु गरिएको हो ।

सो नीतिलाई अहिलेका सत्तामा भएका दलहरुले पनि कायम नै राखेकाछन । स्वर्गिय राजा वीरन्द्रले नेपाललाई पनि स्वीटजरलैंड जस्तै शान्तिको क्षेत्र बनाउनको निमिक्त ठुलो प्रयास गर्नु भएको थियो । सोअभियानलाई संसारका धेरै राष्ट्रले समर्थन गरेको भएतापनि क्षिमेकी राष्ट्र भारतले समर्थन नगरेको हुँदा सफल हुन सकेन । नेपालमा हाल सक्रिय राजनीतिक दलहरुले राजा वीरेन्द्रको जस्तो कुनै ठोश विदेश नीति तयार गरी त्यसको कार्यान्वयन गरेका छैनन् । दलहरुको आफ्नो आफ्नो राजनीतिक शिद्धान्त अनुसार नेपालको बिदेश नीतिमा पनि परिवर्तन आउने गरेको छ । यसो हुँदाहुँदै पनि नेपाली जनता र नेपाल राष्ट्र विश्व शान्तिको पक्षमा र आतंकवादको बिरुद्धमा एक मत छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *