सशस्त्रले लुकायो यो गल्ती

राजनीति समाचार

काठमाडौं । औशीकी दिनदिनै नाच्छिन कुरौटे आइतबार बार्छिन भन्ने गाउँको लोक भनाईलाई ठ्याक्कै मिलाएर सशस्त्र प्रहरीको गोदाम आगलागीको छानबिन प्रतिवेदन आएको छ । गत चैत २६ गते लागेको आगो २७ गते बिहान सबै सामा जलेपछि निभाइएको हो । गोदाममा २७ हजार बुट ३७ हजार स्पोर्ट सुज, गर्मी मौसमका लत्ता कपडा जले । मण्डी र म्याट, झुल तन्ना, स्लिपिङ ब्याग खरिदमै घोटाला हुने गर्छ ।

सशस्त्र भित्रको छानबिन एआईजी वंशी दाहालले गरे भने गृहले जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको समिति बनायो । गोदामजस्तो ठाउँको रेखदेख नहुने ९ नं. वाहिनी र अस्पताल हुँदा पनि सुरक्षा संवेदनशीलता त्यहाँ थिएन । लापरवाही सशस्त्रकै हो । जहाँ आगो निभाउने वस्तु थिएन, सिसीटिभी छैन । कारबाही ९ नं. वाहिनीका एसपी अर्जुन खत्री र भण्डारका एसपी राजेन्द्र श्रेष्ठसमेत ७ जना माथि भयो । कार्यविभाग र प्रशासनले गल्ती गर्ने तर कारवाही एसपीमाथि हुने चलनले औंशीकी बुहारी दिनदिनै नाच्छिन आइतबार बार्छिन भन्ने उखान जोडिएको छ ।

सशस्त्रले आन्तरिक छानबिन गर्दा खटेका एआइजी नै गलत व्यवहारका हुन् । प्रशासनका एआईजी मmन भ्रष्ट हुन् । यस्तालाई छानबिनको जिम्मा दिनु र चोरलाई चौतारो दिएर सुरक्षा हुन्छ भन्नु उस्तै हो भन्छन् हल्चोकबासीहरु । सशस्त्र संगठनको आन्तरिक सरुवामा पनि गल्ती गरेको छ । डिआईजी कालिदास धौवजीलाई गण्डकी प्रदेशबाट मधेश प्रदेश सार्नु उचित होइन । गृहमन्त्री रवि लामिछानको हस्तक्षेप बढेको छ । गृहमन्त्रीले ऐनकानूनको धज्जी उडाउने केपी ओलीको आर्शिवाद छ । ओलीको पूर्ण आर्शिवाद पाउन प्रहरी र राजनीतिज्ञलाई कुनै ऐन कानून लाग्दैन भन्ने थाहा पाएका सशस्त्रका एआईजीद्वय वंशी दाहाल र सिपी गौतम वरिष्ठता मिचेर आईजीपी बन्ने धुनमा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *