काठमाडौं । राजनीतिमा चिप्लेटी खेल्न थालेपछि कहाँ पुगिन्छ ठेगान हुँदैन । जसले उचाइँमा पु¥यायो, उसैको खोइरो खन्दा ठाउँ दिने पार्टी हुँदैन । अहिले यस बाटोमा भारतको विश्वासी नेपाली जनताका आर्दश डा.बाबुराम भट्टराई लागेका छन् । भट्टराईको दल निर्वाचन आयोगमा दर्ता त थियो, तर जनाधार थिएन । गंगा श्रेष्ठ सिन्धुलीबाट फणिन्द्र देवकोटाबाट गोरखाबाट प्रदेश सांसद भएका थिए । यी दुबै माओवादी भए । चुनाव चिन्ह जसको लिएको छ, त्यही पार्टीको ह्वीप लाग्ने कानून छ । तर फणिन्द्र देवकोटा कांग्रेससँग पौंखेजोरी खेल्दा माओवादीले सांसद पद खोस्ने भएको छ ।
डा.बाबुराम सफल असफल राजनीतिक पात्र हुन भने सफल अर्थमन्त्री हुन् । संविधानको छेउ टुप्पो कमा र फुलस्टपसम्म लेखेर वाचन गर्न पठाउँदासम्म ट्रयाकामा रहेका भट्टराई भारतको निर्देशनमा माओवादीबाट विद्रोह गरे । त्योे बेला बाबुरामको पछि लागेका नेता कार्यकर्ता पुरानै घरमा फर्किँदा डा.बाबुरामको समाजवादी पार्टी र आँखा चुनाव चिन्ह कागजमै थन्कँदै छ । छोरी मानुषी र श्रीमती हिसिलाले भाइबुहारी दुर्गा बहिनी पार्वतीको टेको जोगाएर कति टिक्छ शंका छ ।
भट्टराईको कृपाले अघिल्लो पटक गोरखा १(ख) बाट प्रदेश सांसद भएका हरिशरण आचार्य माओवादीकै विरोधी बन्दा अहिले घर न घाटका भएका छन् भने उनका दाजु माओवादी कर्मचारी स्थानीय तहमा लुटिरहेका छन् । कथित जातभातको विरोध गरेर दलितसँग वैवाहिक सम्बन्ध राख्दा गाउँबाहेक भएका तिनै हरिशरण गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्री पनि बनाइए । अहिले उनी बाबुरामसँग छैनन् । उनको ठाउँमा फणिन्द्र देवकोटा लगियो । तिनले पनि माओवादीलाई धोका दिँदा दक्षिणका धरोहर डा.बाबुराम दाईको दिन सक्किए । विचार मर्का लिए भन्नेहरु बढेका छन् । फणिन्द्र र प्रमका प्रेस सल्लाहकार गोविन्द आचार्य साढु साढु हुन् ।