भागवण्डाको आधारमा राजदूत किनबेच

राजनीति समाचार

काठमाडौं । राजनीतिक दलहरुमा एकआपसमा समन्वयकारी भूमिका नहुँदा एउटा सरकारले नियुक्ति गरेको संवैधानिक आयोग र कुटनीतिक नियोगमा राजदुतहरु समय तालिका नपुगी फेरबदल गर्ने कारणले देशमा अस्थिरता छाइरहने गरेको छ । यस्तो प्रवृक्ति हाबी हुँदा विकास निर्माणका कामदेखि जनताका सेवासुविधामा समेत असर पर्ने गरेको छ । तत्कालीन माओवादी र कांगेस गठबन्धन सरकारले नियुक्ति गरेका विभिन्न देशका ११ राजदुतहरुलाई फिर्ता बोलाएर अर्काे गाईजात्रा देखाइएको छ । सो जात्रामा पाँचदलिय गठबन्धन सरकार बनेको तीन महिनाको हाराहारी नपुग्दै नयाँ राजदुत नियुक्तिमा भागबण्डा गरिएको छ । त्यसमा सबैभन्दा धेरै एमालेले पाएको छ । त्यसमा जसपाको भागमा दुई वटा परेका छन् ।

एमालेको भागमा परेका सुशील प्याकुरेल राजदूत हुन चाहेका छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी पार्टीले राजदूत पाएका छैनन् । अब तीनवटा राजदूत नियुक्ति गर्न बाँकी छ । ती जना राजदूत एकीकृत समाजवादी र रास्वपाको भागमा पर्ने देखिन्छ । पाँचदलिय सरकारमा एमालेले धेरै मन्त्री र राजदूत पाएको छ । कुटनीतिक निकायमा नियुक्ति पाउनेमा एमाले हावी छ । तत्कालीन एमाले सरकारले मन्त्रीमण्डल बनाउँदा मालद्धार मन्त्रालय राख्ने गरेको थियो । गठबन्धन सरकारमा पनि एमालेले भने अनुसार मन्त्रालय पाउँदा सर्वसाधारण जनता र देशले निकासा पाउन सकेको छैन । कानून, भौतिक, उद्योग, कृषि, भूमि, खानेपानी जस्ता मन्त्रालय एमालेले सम्हालिरहँदा सर्वसाधारणको कामभन्दा कमाउ धन्दामा मन्त्रीहरु व्यस्त देखिन्छन् ।

बारम्बार भौतिक पूर्वाधार तथा यातयात मन्त्री बनेका रघुवीर महासेठले आफ्नो जिल्ला धनुषामा पर्याप्त मात्रामा बजेट राखेको अन्य जिल्लालाई बजेट नदिइएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बजेट पुस्तिका नै च्यातेर हंगामा मच्चाएका थिए । यस्ता विकृति र विसंगति संसदभित्र चलिनै रहन्छन् । तर देश र जनताप्रति नत राजनीतिक दलहरुले ध्यान दिएका छन् नत सम्बन्धित निकायले नै । आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा अधिकांश विकासे मन्त्रालयमा कनिका छरे जसरी बजेट छरेर जनताको आखाँमा छारो हाल्ने काम गरिएको छ ।

पाँचदलिय गठबन्धन सरकारले सर्वसाधारण जनता र देशको हित हुने काम गर्न सकेको छैन । सरकारकै साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भित्रैभित्र सरकारले काम गर्न नसकेको र बजेट राम्रो नल्याएको भन्दै विरोध गरेर नाटक देखाएका छन् । यो नाटक सरकारमा सामेल दलहरुले कहिलेसम्म गरिरहने हुन् त्यो यकिन छैन । बर्खायाम सुरु भएको छ । बाढि पहिरोको जोखित त्यत्तिकै छ । देशमा आइपर्ने जोखिम व्यवस्थापनको बारेमा सरकार चुकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *