कामना सेवा विकास बैंकले अग्राधिकार शेयर जारी गर्दै

अर्थ/वाणिज्य समाचार

काठमाडौं । कामना सेवा विकास बैंकले ३५ करोड रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने भएको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको जनाइएको छ ।

आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारणसभाबाट अनुमोदन तथा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३५ लाख कित्ता अग्राधिकार शेयर जारी गर्नेछ। यो अग्राधिकार शेयरको लाभांश दर ९ प्रतिशत रहने बैंकले जनाएको छ।

अग्राधिकार संस्थागत लगानीकर्ताले मात्र खरिद गर्न पाउनेछन्। उनीहरुले मुनाफा भएको वर्षमात्र लाभांश पाउनेछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *