काठमाडौं । विपक्षी दलहरूले चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने चिनियाँ दाबीबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँगै जवाफ माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मै यस विषयमा जवाफ दिनुपर्ने बताएका हुन्। यही भदौ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता गरेका थिए । भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले लिपुलेकबारे विगतदेखि भइरहेको कूटनीतिक पहल र प्रेषित प्रोटेस्ट नोटहरू समेतको पृष्ठभूमिमा नेपालको प्रष्ट कुरा राखेका थिए ।
तर, उक्त भेटपछि चिनियाँ परराष्ट्र मन्त्रालयले जीएसआईमा नेपालले समर्थन गरेको प्रष्टसँग दाबी गरेको नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले बताएका थिए । त्यसैगरी नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले परराष्ट्र मामलाका सन्दर्भमा सिंगो संसद र देश एक ठाउँमा उभिनुपर्ने बताएका थिए ।
