भवन विभागको महानिर्देशक बनाउँदा ९० लाख झ्वाम !

राजनीति समाचार

काठमाडौं । कुनैबेला नेपाली कांग्रेसभित्र सुजता कोइरालाको नाम चर्चामा थियो । अहिले उनी कांग्रेसको राजनीतिमा गुमनाम जस्तै भएकी छिन् । यतिबेला कांग्रेसभित्र महिला नेतृमा डा. आरजु राणा देउवाको चर्चा चुलिएको छ । डा.राणा अहिले पार्टीको केन्द्रीय सदस्यसहित शक्तिशाली परराष्ट्रमन्त्री बनेकी छिन् । राणा मन्त्री नहुँदा पनि कर्मचारी सरुवा, बढुवादेखि विभिन्न नियुक्तिमा पैसाको चलखेल गरेको आरोप लाग्दै आएको थियो । आरजुको सहयोगी मञ्जु खाँड अहिले गुमनाम जस्तै छिन् । तिनै मञ्जु खाँडको मिलेमतोमा आरजुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोप लागेको थियो । विभिन्न काण्डमा मुछिएको आरोपका बाबजुद पनि आरजु परराष्ट्रमन्त्री बनेकी छिन् ।

उनी परराष्ट्रमन्त्री बनेकी मात्रै छैनन् भविष्यमा प्रधानमन्त्री बन्ने सम्भावना पनि त्यत्तिकै छ । तिनै आरजुको सिको सिक्दै अहिले उपप्रधानसहित शहरी विकासमन्त्री बनेका प्रकाशमान सिंह पत्नी सिर्जना सिंह पनि कर्मचारी सरुवा बढुवादेखि राजनीतिक नियुक्तिमा खेलोफड्को गरिरहेकी छिन् । त्यसको उदाहरण लिन सकिन्छ भवन विभागका तत्कालीन महानिर्देशक कुमार घिमिरेलाई । प्रकाशमान सिंह पत्नी सिर्जना सिंह र निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको मिलेमतोमा घिमिरेलाई अधिकार सम्पन्न बागमती, एकीकृत विसकास समितिमा सरुवा गरी आठौं वरियतामा रहेका मचाकाजी महर्जनलाई भवन विभागको महानिर्देशक बनाइएको छ ।

मचाकाजीलाई भवन विभागको महानिर्देशक बनाउँदा सिर्जना सिंहले ९० लाख रुपैयाँ चलखेल गरेको चर्चा शहरी विकास मन्त्रालयमा चल्न थालेको छ । कनिष्ठ सह–सविच मचाकाजी भवन विभागको महानिर्देशक बनेपछि सिनियर सह–सचिवहरु रुष्ट बन्दै गएका छन् । सह–सचिवहरु रुष्ट बनेपछि भवन विभागको कामदेखि अन्य शहरी विकासका कामहरुसमेत अलपत्र पर्ने देखिन्छ ।

किन कि वरिष्ठ सह–सचिवहरुले कनिष्ट महानिर्देशकलाई सहयोग गर्ने देखिँदैन । शहरी विकास मन्त्रीले भवन विभागप्रति ध्यान दिएको पाइँदैन । शहरी विकास मन्त्रालयअन्तर्गत भवन निर्माण विभाग मालदार विभागमा गनिन्छ । देशैभरिका भवन निर्माणदेखि शहरी विकास अन्तर्गतका कामहरु यसै विभागले गर्दछ । त्यहाँ करोडौंको ठेक्कापट्टा लाग्ने गर्दछ । ती ठेक्कापट्टामा कमिसन खानको लागि वरियतालाई ख्यालै नगरी कनिष्ठ मचाकाजीलाई महानिर्देशक बनाइएको वरिष्ठ सह–सचिवहरुको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *