तस्करीको लाइन खोल्नेलाई भ्याइनभ्याई !

राजनीति समाचार

काठमाडौं । जनसरोकारका विषयमा चासो भएको पाइँदेन । एमाले–कांग्रेस गठबन्धनको सरकारले सरकारी कोष रित्याएर विभिन्न बहानामा वैदेशिक ऋण लिएर सरकार चलाउने काम गरेको छ । अहिले प्रत्येक नेपाली जनताको टाउकोमा १ लाखभन्दा बढी ऋण छ । दलका नेता असफल र भ्रष्ट हुँदा देशमा राजस्व उठ्न सकेको छैन । सिंहदरबारका ठूला राजा, प्रदेश र स्थानीय तहका छोटे राजा पाल्नमा नै मुलुकको राजस्व सकिन्छ ।

सीमामा तस्करीको लाइन खोलिएको छ । अर्थ मन्त्रालयले पूर्व–पश्चिम द्रुत टोली बनाएर राजस्व उठाउने योजना बनाउँदै गर्दा मधेश प्रदेशका प्रहरीका डीआईजी यज्ञविनोद पोखरेल भने शंकाको घेरामा परेका छन् । उनका ११ जना सहयोगीलाई प्रहरीले हेडक्वार्टर तान्यो । प्रहरी र सशस्त्रका कोशी, मधेश र लुम्बिनी प्रदेशका डीआईजीले आफु मातहतका जिल्ला कमाण्डरमार्फत तस्करीको लाइन खोलेर दशैं खर्च उठाउने बाटो खुला गरेका छन् । यसले गर्दा प्रहरी, सशस्त्र र राजस्वका कर्मचारीबिच हानथाप चलिरहेको छ ।

मियो ठिक भए दाँइ हुन्छ । दाइँको लागि गोरु र दगेराको टिम मिल्नुपर्छ । सरकारी निकायहरु पनि त्यस्तै हो । प्रधानमन्त्रीले अर्थ मन्त्रालयको साँचो आफ्नै पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई सुम्पेका छन् । ओलीलाई अर्थमन्त्रीको योजना मन परेको छैन । प्रधामन्त्रीका लागि असफल पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा नै प्रिय थिए । डा.खतिवडा सांसद नभएकै कारण प्रधामन्त्री ओलीले आर्थिक सल्लाहकार बनाएका छन् ।

उनकै कारण धितोपत्र बोर्डमा बिचौलिया दीपक भट्टका निकट तुलसी श्रेष्ठको नियुक्ति भयो । प्रचण्ड सरकारको विरोध गर्दा एमाले अधयक्ष केपी ओली सन्तुष्ट देखिएका थिए । अहिले राजस्व गस्ती टोलीले दौडधुप गरिरहेको छ । राजस्व टोलीको दौडधुप चलिरहँदा सीमामा भने तस्करी झन् बढेको देखिन्छ । देश कंगाल बनाउन दलहरु नै सक्रिय देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *