संघीय मामिलामन्त्री रामकुमार गुप्ता कि नासु ओली ?

राजनीति समाचार

काठमाडौं । कांग्रेस र एमाले सरकार बनेको दुई महिना पुरा भएको छ । सरकारको नेतृत्व गरेको छ एमालेले । एमाले नेतृत्वमा बनेको सरकारले जतिसुकै सुशासनका कुरा गरे तापनि त्यो लागु भएको पाइँदैन । एमालेबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका रामकुमार गुप्ताले सो मन्त्रालय चलायमान बनाउन सकेका छैनन् । मन्त्रीको सचिवालयमा भरमणि सुवेदी र उपसचिव शिव कट्टेल रहेका छन् । उता निजी सचिवमा अमित ढुंगाना छन् भने स्वीकीय सचिवमा शिव कट्टेल छन् ।

तिनै मन्त्रीको सचिवालयमा रहेका व्यक्तिहरु कर्मचारी सरुवा, बढुवा गर्दा उठ्तुठ्ती धन्दा चलाइरहेका छन् । मन्त्री र सचिवबीच टसल त्यत्तिकै बढेको छ । मन्त्रीले भनेको सचिवले नमान्ने र सचिवले भनेको मन्त्रीले नमान्ने अवस्था यतिबेला संघीय मामिला तथा सामान्य प्रशासनमा चलिरहेको छ । संघीय मामिला मन्त्रालयको कर्मचारी प्रशासन शाखामा सहसचिव रहने व्यवस्था छ । मन्त्री गुप्ताले कर्मचारी प्रशासन जस्तो महत्वपूर्ण शाखामा सहसचिव खटाउन सकेका छैनन् । भदौ महिनाभित्र कर्मचारी सरुवा गरिसक्नुपर्नेमा लेनदेनमा भागबण्ड नमिल्दा असोज महिना लागिसक्दा समेत कर्मचारी सरुवा हुने अवस्था देखिँदैन । प्रधानमन्त्री ओलीले भ्रष्टाचार सून्य गर्छु भनिरहँदा उनकै दलबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका गुप्ताले कर्मचारी सरुवामा बार्गेनिङ गर्ने गरेको समाचार आउन थालेका छन् ।

मन्त्री गुप्ता दिनभरि मन्त्रालयमा आउने, पार्टीको कार्यक्रममा जाने, कर्मचारी सरुवा बढुवामा लेनदेनको चलखेल गर्ने र बेलुका निवासमा गएर २, ४ प्याक लगाउने बिहान ८ बजेसम्म सुत्ने ब्याडमिन्ट खेल्ने र कसरत गर्ने गरेर दिन बताउने गरेका छन् । उता, संघीय मामिला मन्त्रालयमा सचिव रहेका भरतमणि सुवेदी र नासु वामदेव ओली मिलेर अधिकांश मन्त्रालयको कर्मचारी सरुवा बढुवामा खेलिरहेका छन् ।

सचिव सुवेदीको मिलेमतोमा नासु वामदेव ओलीले सेटिङ मिलाउने काम गर्दै आएका छन् । एकातिर मन्त्रीको सचिवालयमा रहेका कर्मचारीको सेटिङ अर्कोतिर सचिव र नासुको सेटिङले गर्दा कर्मचारी सरुवामा भद्रगोल भइरहेको छ । नासु वामदेव ओली एमाले निकट कर्मचारी संगठनका केन्द्रीय सचिव पनि हुन् । ओली कर्मचारी संगठनको नेता भएपछि कर्मचारी सरुवा, बढुवामा ठूलो रकम चलखेल गर्दै आएका छन् । नासु ओलीको पछिपछि सचिव सुवेदी लागिपरेका छन् । यी र यस्तै क्रियाकलापले संघीय मामिला मन्त्रालयमा भाडभैलो सुरु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *