ओली र बालेनको झगडा कहिलेसम्म ?

English Featured राजनीति समाचार

काठमाडौं । महानगर प्रमुख बालेन शाहले काठमाडौं महानगरको ठूलो पार्टीको अस्तित्वलाई लत्याएर जनताको समर्थन कसरी टिकाउलान् काठमाडौँका लागि विकासे कुरामा बालेन विज्ञ होलान्, तर राजनीतिक दलमा नेपाली कांग्रेस भन्दा एमाले नै बलियो छ । पार्टीले महानगरमा बहुमत वडा अध्यक्ष र सदस्य जितेको छ । ओली र बालेन झगडा गर्दा इन्द्रजात्रामा पनि प्रभाव प¥यो । बालेन पक्षधर युवा पक्राउमा परे ।

न्यायालयले गैरव्यवहारिक फैसला गर्दा बालेन खुसी हुनु उचित होइन । मन्दिर र खोला किनारका १ लाख भन्दा बढी घर त्यो फैसलाले प्रभावित पार्छ । ०५५ सालमै खोला किनारको मापदण्ड तयार भएको हो । तर अहिले अदालतले कसको इच्छा पुरा ग-यो अदालत कसको हो शंका उब्जाउको छ । अदालतको फैसलाविरुद्ध बालेनले खुसी प्रकट गर्दा महानगरका ३२ वडाका एमाले कार्यकर्ता रिसाए । खोला किनारका जग्गाको अवमुल्यन हुँदा महानगरका मेयर बालेन शाह खुसी हुनु पर्दैनथ्यो । बालेनको टोलीले संविधान दिवसको अवसरमा आयोजित कन्सर्टमा समेत एमालेविरुद्ध खनियो । बालेनले एमाले नगर कमिटीको हस्ताक्षर आफुले नबुझेर प्रशासन प्रमुख नवराज ढकाललाई बुझ्न लगाएर गल्ती गरेका छन् । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालेनको फेसबुक युद्ध नै चल्छ ।

बालेनले नक्कली भुटानी शरणार्थी प्रकरण र गिरीबन्धु प्रकरणमा केपी ओलीको सम्बन्ध भएको बताउँदा ओलीले प्रतिवाद गर्ने नै भए । तर बालेनले प्रधानमन्त्रीसँग पौठेजोरी खेल्नु गलत हो । महानगरबाट बालेन निर्वाचित भएजस्तै झापाबाट केपी निर्वाचित भएका हुन् । प्रधानमन्त्रीसँग नीतिगत कुरा नमिल्न सक्छ । तर विकासको काममा जनप्रतिनिधिले सरकार प्रमुखसँग लडाइँ गर्नु हुँदैन भन्ने कुरा बालेनका सल्लाहकारहरुले किन भनेन प्रश्न यहीँ छ । प्रधानमन्त्रीले पनि जनप्रतिनिधिसँग किन झगडा किन गर्नु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *