विवादित कर्मचारीलाई राजस्वको जिम्मा

राजनीति समाचार

काठमाडौं । भैरहवा भन्सारमा हुँदा बदमासी गरेको प्रमाणीत भएर मन्त्रालयमा तानिएका एक उपसचिवलाई फेरि पुरस्कृत गर्ने तयारी भइरहेको छ । यस अघि गत बर्ष भैरहवा भन्सारमा कार्यालका प्रमुखको कुर्सीमा हुँदा काजु काण्डमा परेर मन्त्रालयमा तानिएका उपसचिव मणिराम पौडेललाई सुशासनको चर्काे नारा लगाएर नथाक्ने प्रधानमन्त्री केपी शर्मा ओली,उनीसँगै रहेका दाहिने हात एकनारायण अर्यालले कमाउ अड्डाको जिम्मेवारी दिएर पठाइएको हो । हालैमात्र ठूलो संख्यामा उपसचिवहरुको सरुवा गर्दा मणिराम त्रिभुवन विमानस्थलबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भित्रिएका छन् । उनलाई फेरि कमाउ कार्यालयमै खटाउने तयारी रहेको छ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ।

कार्यालयमा खटाउने गरी उपसचिवहरु संष्कृति पर्यटनबाट अर्जुन राई,अर्थबाट राजकुमार खतिवडा,काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्मा,पर्साका सहायक प्रमुख जिल्ला अधिकारी उत्तम कुमार घिमिरे,आन्तरिक राजश्व विभाग लाजिम्पाटबाट प्रकाश पोखरेल,सामान्यका अतिरिक्त समूहमा रहेका जितेन्द्र अधिकारी,राजन भट्टराई,विवेक घिमिरे र कृष्ण सापकोटासहित ९ जना उपसचिव प्रधानमन्त्री कार्यालयमा भित्रिएका छन् । यी कार्यालयबाट प्रेम देवकोटा, इन्द्र गौतम, ईश्वरी प्रसाद ढकाल, भुदेव झा, पशुपति बाबु पुरी,शशि लम्साल,रामकृष्ण श्रेष्ठ,बैकुण्ठ सापकोटा,खेमराज ओझाहरु बाहिरिएका छन् । पशुपति रामकुमारी झाक्रीको श्रीमान हुन । बैकुण्ठ लामो समय सामान्य प्रशासनमा बसेर चलखेल गरेका उपसचिव । ईश्वरी अहिले स्वास्थ्यमा पुगिसकेका छन् । शशि भूमि व्यवस्थापन विभागमा जाँदैछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय स्रोतका अनुसार,राजस्व अनुसन्धान कार्यालय इटहरीका हाकिम बनाएर उत्तम कुमार घिमिरेलाई पठाइएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा सहायक सीडीओ रहेका हरिप्रसाद शर्मालाई पथलैयामा खटाइएको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको सचिवालयमा बसेर पछि उद्योगमन्त्री दामोदर भण्डारीको सचिवालयमा पुगेका र बदमासी बाहिरिएपछि त्यहाँबाट निकालिएका विवेक घिमिरेलाई बुटवल र कोहलपुरमा उमेश रिमाललाई खटाइएको छ । विभागमा उपसचिव राजकुमार खतिवडा, उपसचिव प्रकाश पोखरेल र उपसचिव मनिराम पौडेल, तिलक थापा , विनोद कुमार माझी, बालकृष्ण दाहाल, चन्द्र दाहाल, रमेश ओझा, कृष्ण न्यौपाने , नकुल शर्मा र जितबहादुर सुनुवार रहेका छन् । जसमध्येका सबैभन्दा विवादित उपसचिव हुन मणिराम । उनी भैरहवा भन्सारमा कार्यरत रहँदा विवादमा तानिएका हाकिम हुन ।

एक सामाग्री भनेर अर्कै सामाग्री जाचपाँच गर्न थालेपछि विवादमा तानिएका हुन्। प्लास्टिकको कच्चा पर्दाथको प्रज्ञापन पत्र देखाएर काजु कपडा ल्याएको भेटिएपछि सोही प्रकरणमा जोडिएर पौडेललाई फिर्ता बोलाइएको हो । भन्सार विभागले लु ५ ख ३३६ र यूपी ५३ ओटी ५७८ नम्बरको ट्रकमा सामान ल्याउँदा प्लास्टिकको कच्चा पर्दाथको प्रज्ञापन पत्र बनाएर कपडा र काजू भेटिएको थियो । यसरी जाँचपास हुने ट्रकको १ लाख रुपियाँ घुस मागिएको बिषय अर्थ मन्त्रालयसम्म आइपुगेको थियो । यो प्रकरणका छानबिनका लागि भन्सार विभागका निर्देशक (उपसचिव) मानबहादुर पौडेलको संयोजकत्वमा समिति गठन गरियो । सदस्यहरूमा शाखा अधिकृत सपना ठगुन्ना र कम्प्युटर इन्जिनियर आशुतोष राई रहेका छन् । पौडेल दोश्रो पटक भैरहवा भन्सारका हाकिम भएर बस्दा यस प्रकारको घटना सार्वजनिक भएसँगै उनलाई अर्थमा तानेर त्रिवि भन्सारमा खटाइएको थियो ।

त्रिवी भन्सार कार्यालयबाट सुन समातिएपछि पौडेललाई त्यहाँ खटाइएको थियो ।पौडेल तिनै कर्मचारी हुन, पूर्व नायव सुब्बा रघु घिमिरेसँग बसेर काम गरेको बताइन्छ । । घिमिरे उनै हुन् जसलाई अर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा चालु आर्थिक वर्षको बजेटको रकम र शीर्षक हेरफेरको निम्ति गत जेठ १४ गते राति मन्त्रालय पुगेको आरोप लाग्दै आएको छ ।यस्ता बदनामीमा मुछिएका पौडेललाई पुरस्कारस्वरुप फेरि आकर्षक कार्यालयमा लगिएको हो । उनलाई विभागका सात पिल्लरमध्ये कुनै पिल्लरको जिम्मेवारी दिने तयारी भइरहेको छ । अहिले राजश्व अनुसन्धान विभागमा एमालेका कार्यकर्ता चण्डी घिमिरे हाकिम छन्,विभागलाई पूरै एमालेमय बनाएकै छन् । त्यसमा पनि विवादित उपसचिवहरुले विभाग भरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *