बाढीपहिरोले सडक र पुल ध्वस्त भौतिकमन्त्री रमिते

राजनीति समाचार

काठमाडौं । भौतिक पूर्वाधार तथा यायातमन्त्रालयले गत भदौमा डीई, सुई र आयोजना प्रमुखहरु सरुवा गरेको थियो । सो सरुवामा क्षमतावान र दक्ष कर्मचारीहरुलाई पाखा लगाइएको आरोप भौतिक मन्त्रालयलाई छ । भौतिक मन्त्रालयअन्तर्गत पर्ने ठूला–ठूला आयोजनाहरु बजेटकै कारण अलपत्र परिरहेको अवस्था छ । त्यसलाई परिपूर्ति गर्न कुनै पहलकदमी भएको पाइँदैन ।

एमालेबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका देवेन्द्र दाहालले गर्नुपर्ने विकास निर्माणका कामतिर ध्यान दिएका छैनन् । गत बिहीवारदेखि शनिबारसम्म भएको अविरल वर्षाको कारण ठूला आयोजनाहरुदेखि निर्माणाधिन सडकसम्म अधिकांश पक्की पुल र सडकहरु भत्किएर आवत जावतसमेत बन्द भएको अवस्था छ । त्यतातिर ध्यान दिएका छैनन् । देश बाढीपहिरोले तहसनहस भइरहेको र सर्वसाधारण नागरिक ज्यान जोगाउन हारगुहार गरिरहेको बेला भौतिकमन्त्री दाहाल भने गृह जिल्लातिर रमाइरहेका थिए । उता सडक विभागले असोज ११ गते इन्जिनियरिङ सेवा, सिभिल उपसमूह, हाइवे उपसमूह र रा.प. तृतीय श्रेणीका इन्जिनियरहरु सरुवा गरेको छ ।

दशैंको मुखमा कर्मचारीको काज फिर्ता र सरुवा गरेपछि उनीहरु दशैं, तिहारपछि मात्रै सम्बन्धित कार्यालयमा हाजिर हुने देखिन्छ । ती ठाउँमा कार्यरत कर्मचारीहरुको काज फिर्ता र अन्यत्र सरुवा हुँदा अधिकांश सडक विभागले गर्नुपर्ने कामहरु ठप्प हुँदै गएका छन् । यता दशैंको मुखमा बाढीपहिरोले सडक र पुलहरु भत्काएको कारण सडक अवरुद्ध भइरहेको छ । अधिकांश सडकहरु तत्काल मर्मत संभार गरी यातायात खुलाउनुपर्ने आवश्यकता छ । क्षतिग्रस्त सडकहरु मर्मत नहुँदा दशैंमा घर जाने यात्रुहरु बीच बाटोमा अलपत्र पर्ने सम्भावना त्यतिकै छ ।

उता अधिकांश सडकको ठेक्का लिएका निर्माण व्यवसायीहरुले पहिलाको भुक्तानी नभएर काम ठप्प गरिराखेका छन् । हाल बाढीपहिरोले क्षति पु¥याएका सडक र पुलहरु पुननिर्माण गर्नको लागि बजेटको अभाव त्यत्तिकै छ । तत्काल बजेट उपलब्ध गराएर सडक सुचारु गर्न लाग्नुपर्नेमा भौतिकमन्त्रीले आकास्मिक बैठक राख्दै कर्मचारी जम्मा गर्दै खाजा र भत्ताको नाममा दशैं खर्च जुटाउने काम गरिराखेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *