काठमाडौं । भिनाजु प्रधानमन्त्री, भान्जी रेणु भरतपुर महानगरी मेयर, अर्काे भान्जी गंगा पुष्पकमल दाहालको पिए । यति भएपछि मानव तस्कर गिरोहका नाइके विमल सिंहसँग जोडिएका होमनाथ पौडेल समाचारको पात्र बनेका छन्, जो बिचौलिया बनेर खाने गर्छन भन्दा पत्याउन कठिन हुन्छ । तर समाचार सत्य हो । २०७४ सालमा ओमन ड्रिम (महिलाको सपना) नामक संस्थाबाट अमेरिकामा रोजगारी दिलाउने नाममा विमल सिंह र सुधा बस्नेतको गिरोह बन्यो । त्यो गिरोहमा जीवन खनाल, आरबी शाह, हरिवंश ठकुरी, साजन महर्जन र शिव श्रेष्ठ जम्मा भए ।
उनीहरुबाट ठगिएका सयौं जना छन् । प्रहरीमा उजुरी छ । धिरज सिंह डिआईजी बनेर सिआईबीमा आए । ठग टोलीमाथि कारवाहीको उजुरी प¥यो । उनले लगाएको तोक कार्यान्वयन भएन किनकी पूर्व आईजीपी स्व.होमबहादुर सिंहकै भतिजो विमल सिंह दिदी सुधा बस्नेत अमेरिका पठाउने नाममा ठगिरहेका थिए । सुधाको महिलाको सपना नामक कार्यालयले राम्रै गरेको बेला ठग विमल प्रवेश गरेपछि त्यो संस्थाले ठग्न थाल्यो । अधिकांश रकम सुधाले उठाएकी छिन् । पीडितहरु डुबेको पैसा उठाउन सरकार खोजिरहेका छन् । वैदेशिक रोजगारीका लागि विरगंजका ठगी भएका घटनाहरु बाहिर आए ? ठगहरुको पावर प्रहरी र श्रममन्त्रीसँग छ । त्यही कारण श्रममन्त्री शरदसिंह भण्डारी सचिव एकनारायण अर्याल, प्रचण्ड प्रधामन्त्रीहुँदा देखि झुण्डिएको श्रमको ठगी मुद्दा यो बेला पनि उस्तै छ । अहिले भण्डारी श्रममन्त्री, अर्याल मुख्यसचिव छन् । तर महाराजगंज तिरका सुधा बस्नेत र उनका भाइ मिल सिंहले अमेरिका पठाइदिलने नाममा ठगेका सयौं पीडितहरुको पिडा उस्तै छ ।
समृद्धि र विकासका कुरा गरेर नथाक्ने एमाले नेतृत्वको गफाडी सरकारले नेपाली युवालाई वैदेशिक रोजगारीका नाममा हुने ठगीलाई प्रहरी र नागरिक समाजले समेत नियन्त्रण गरेको छैन । सुधा बस्नेत र विमल सिंह दिदीभाइ हुन् । उनीहरुले प्रत्येक नेपालीसँग १० लाखदेखि २० लाखसम्म एउटैले डुबाएका छन् । भनेको बेला अमेरिका पठाउने कुरा यिनको थिएन । तर पैसा माग्नेहरु बढ्दै जाँदा सुधाले आफु नागमणिको व्यापार गर्ने भएको हो नागमणि बिकेपछि पैसा फिर्ता गर्ने आश्वासन थिएकी थिइन ।
आफु नासाको वैज्ञानिकहरुसँग सम्बन्ध भएकाले पनि अमेरिका पुगेपछि रोजगारी लगाउन समस्या नहुनेसम्म भन्ने सुधाका छोरीज्वाइँ सशस्त्र प्रहरीमा छन् । सुधा र विमलको ठगीमा माओवादी अध्यक्ष पुष्पकमल दाहालको सालो होमनाथ पौडेल समेत सहभागी छन् । उनको काम ठगिएका युवायुवतीहरुलाई सुधा र विमलसँग भेटाउने नाममा ठग्ने भएको छ । भाञ्जी गंगालाई भनेर कर्मचारीको सरुवा, प्रहरकिो बढुवाका नाममा उठाउने गर्छन ।
ठग तस्कर र अपराधीको साँठगाँठ त हुन्छ । तर सरकारका अंगहरुमा समेत प्रभाव पर्ने कुरा मुलुकको प्रम भएका नेताका छोराछोरी ज्वाइँ मात्र होइन, साला होमनाथ पौडेलसमेत थपिएका छन् । मानव तस्करसँग मिलेर जनता ठग्ने गणतन्त्रले यो देशमा सुधा र विमल जस्ता बाट ठगिएका नेपाली माथि न्याय दिन्छ दिँदैन । तर एक दिन विद्रोह भने राज्यकै विरुद्ध हुने निश्चित छ ।