राष्ट्रपतिका भतिजा गुप्तचरमा तर मार्दै

राजनीति समाचार

काठमाडौं । सभामुख भएको मान्छे मन्त्री पदमा मरिहत्ते गर्दैन । तर तनहुँ तिरका कागती बाजे मुलुकमा कांग्रेसी राज हुँदा गृह तथा उपप्रम पनि भएका थिए । उनको योजना आफुभन्दा वरिष्ठ गोविन्दराज जोशीलाई राजनीतिमा तह लगाउनु थियो । गिरिजा बाचुञ्जेल जोशीका जासुस भए । रामचन्द्रलाई माओवादी अध्यक्षले राष्ट्रपति बनाए । एमालेलाई सभामुख प्रचण्ड प्रम भए । अहिले उनीहरु नै प्रचण्डका विरोध गर्दैछन् ।

रामचन्द्रको पदीय मर्यादा भजाएर एयरपोर्टमा गुप्तचर प्रमुख बन्न पुगेका एसएसपी पप्पु पौडेलको चाल अहिले प्रधानमन्त्री केपी ओलीभन्दा माथि छ । उनले गुप्चरको जागिर अवधि निजामती सेवाभन्दा फरक ३० वर्षे सेवा लगाउन राष्ट्रपतिलाई प्रयोग गर्दैैछन् । लम्फु स्वभावका उपनिर्देशक ओम जोशीलाई प्रमुख बनाउँछु भन्दै पप्पुले एयरपोर्टमा सदाबहार तस्कर सुभास श्रेष्ठसँग साँठगाँठ गरी श्रम मन्त्री शरदसिंह भण्डारीको समेत आफुलाईसाथ रहेको बताउन थालेका छन् । आफुले एआईजी बनाउने भन्दै एसएसपी पप्पु समकक्षी भपनि वरिष्ठहरुका विरुद्ध टुप्पी कसेर लाग्नुको कारण राष्ट्रपतिसँग नाता जोडिनु हो । विभागले त्यो बुझ्छ ।

आर्थिक मामिलाका लोभी कार्यकर्ता र जिल्लाबासी चिन्न नसक्ने रामचन्द्र पौडेलको परिचय हो । पौडेलको कमजोरी पक्ष समातेर फाइदा लिने अनेक जानेकाहरुले रामचन्द्रलाई परेको बेला सघाउँदैनन् । किनकि उनीजस्ता छन्, त्यस्तै भ्रष्टहरु कार्यालयमा छन् । गुप्तचरका एसएसपी पुप्पुको जागिर दाता पनि रामचन्द्र नै हुन् । क्षमता नभएपनि एयरपोर्टमा रजाइँ गर्न पाएको पनि रामचन्द्रकै पक्षले हो । तर यस्ता भ्रष्टले गर्दा हल्लिने गुप्तचर कस्तो हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *