(कुलबहादुर गुरुङ, अध्यक्षका उम्मेदवार)
पर्यटन व्यवसायी कुलबहादुर गुरुङले नेपाल पर्वतारोहण संघको अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघमा आबद्ध व्यवसायीहरूको शुक्रबार भएको भेलाले पर्वतारोहण संघको अध्यक्षमा गुरुङलाई उठाउने निर्णय गरेको थियो । गुरुङले दीगो, पारदर्शी र समावेशी नेतृत्वको प्रतिबद्धता जनाउँदै सबैको साथ र समर्थनको लागि आग्रह गर्दै अम्मेदवारी दिने घोषणा गरेका छन् । गुरुङले साथीहरूसँग सल्लाह गरेर केही दिनमै प्यालनसहित औपचारिक रुपमा उम्मेवारी घोषणा गर्ने बताएका छन् ।
पर्वतारोहणको अनुभव र साझा नेतृत्वको आधारमा अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । गुरुङले नेपालको पर्वतीय पर्यटन केवल हिमाल चढ्ने माध्यम होइन, समुदाय सशक्तिकरण, श्रमिक अधिकार र वातावरण संरक्षणको स्रोत हुनुपर्ने बताए । तीन दशकभन्दा लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिए गुरुङ व्यसायायीहरुमाझ समन्वय र सद्वभाव राख्ने व्यक्तित्वको रुपमा परिचत छन् । नेपालका हिमालहरु विदेशीहरुलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने योजना बनाइरहेका छन् । गुरुङ यअसघिको कार्यकालमा पर्वातारोहण सघंमा महासचिवको भूमिकामा रहेर काम गरेका व्यक्ति हुन् । उनै गुरुङसँग तामाकोशी सन्देश प्रतिनिधिले गरेको विभिन्न सेरोफेरोमा गरिएको कुराकानीको अंशः
० पोर्टरको रूपमा सुरु भएको यात्रा आज नेपाल पर्वतारोहण सङ्घको अध्यक्ष पदको उम्मेदवारीसम्म आइपुग्दा तपाईंले कस्तो अनुभव बटुल्नुभयो ?
मेरो यात्रा पोर्टरको रूपमा सुरु भयो—त्यो समय मैले जीवनका आधारभूत सत्यहरू आफैंले व्यहारिक रूपमा बुझेँ । भारी बोक्ने, दुर्घटना जोखिम र कठोर मौसमसँग जुध्ने अनुभवले मलाई शारीरिक रुपमा होइन मानसिकरूपमा पनि बलियो बनायो । पोर्टरको कामले मलाई धैर्य, सहनशीलता, टोलीमा काम गर्ने क्षमता र सबैभन्दा बढी—मानवताको व्यवहार गर्न सिकायो । हिमालको बाटो हिँड्दा हरेक कामले मलाई अनुभव बटुल्न सहयोग पु¥र्यायो ।
जसले कामको सबैले अनुभव गर्छन् मनबाट बुझ्छन् । गाइड, पर्यटन व्यवसायी र पछिल्लो समय संघको नेतृत्वसम्म आइपुग्दा मैले देखेको कुरा यो हो — हाम्रो पर्वतीय पर्यटन केवल मुकुटजस्तै शोभायमान क्षेत्र होइन; यो हजारौं परिवारको रोजगारी, समुदायको आधार र राष्ट्रिय पहिचान गराउनु नै हो । मैले विगतका तीन दशकमा सयौँ मानिसलाई रोजगारी र तालिममार्फत सशक्त बनाउने कोसिस गरेको छु । त्यो यात्राले मलाई स्थानीय जीवन, चुनौती र सम्भावनालाई नजिकबाट हेर्ने मौका दियÞो — र यही अनुभवले मलाई यो संघको नेतृत्व गर्ने अवसर मलाई दिँदैछ ।
तपाईंले सोध्नुभएको जस्तो, मैले के–के अनुभव बटुलेँ भने — पहिलो, नेतृत्वको असली आधार जनताको विश्वास र सेवा हो । दोस्रो, नीति निर्माण लागू गर्ने, अन्तर्राष्ट्रिय स्तरमा सहकार्य गरि मान्यता प्राप्त हुनु जरुरी छ तर हाम्रो निर्णय स्थानीय तहदेखि समुदायसम्म पुगेको हुनुपर्छ । यी बुँदाहरू मैले आफ्नो योज्ञता अनुसार काम गरिरहेको छु । काम र शैक्षिक अध्ययन (एमबीए, एलएलबी, मास्टर्स इन टुरिज्म स्टडिज र हाल भइरहेको पीएचडी) बाट पनि बलियो अनुभव बनाएको छु । संघको महासचिव भएर म जब (सन् २०१७ मा) काम गरेँ तब हामीले सगरमाथा सफाइ अभियान, आरोहीहरूलाई राहत वितरण, अन्नपूर्ण क्षेत्रमा रेस्क्यु सेन्टर स्थापना र संघको भवन निर्माण जस्ता काम गरेर अगाडि बढायौं । यी कामले गर्दा हामीलाई सफलता मिलेको छ ।
अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यले हामीलाई प्रविधि, सुरक्षा मापदण्ड र हिमालको संस्कृतिको आदानप्रदानमा सहयोग पुर्याएको छ — तर म सधैं भन्छु, बाह्य सहयोगले हामीलाई पुग्दैन, हाम्रो आफ्नै क्षमताको विकासले नै दिगो प्रगति सुनिश्चित गर्छ । यदि म अध्यक्ष बनेभने मैले जुन प्राथमिकताको कुरा उठाएको छु त्यो पुरा गरेर छाड्ने छु । पारदर्शिता, संस्थागत सुदृढीकरण, र श्रमिक (पोर्टर÷गाइड) लाइनको हितमा काम गर्ने र सुरक्षाको ग्यारेन्टी गर्न लागि पर्ने छु ।
० शैक्षिक योग्यताले तपाईंलाई कस्तो अनुभव दिएको छ ?
मेरो शैक्षिक यात्रा केवल डिग्री हासिल गर्ने उद्देश्यको लागि थिएन, बरु पर्यटन र संस्थागत नेतृत्वलाई अझ प्रभावकारी बनाउन आवश्यक ज्ञान, कौशल र दृष्टिकोण निर्माण गर्ने लक्ष्यको साथ सुरु भएको हो । एमबीएले मलाई व्यवस्थापन, योजना निर्माण, स्रोतसाधनको प्रभावकारी उपयोग र संगठनलाई दीर्घकालीन रणनीतिअनुसार अघि बढाउने क्षमता दियो । बजेट व्यवस्थापनदेखि मानव संसाधन विकास, र मार्केटिङ रणनीति बनाउनसम्म एमबीएले दिएको ज्ञान संघको संस्थागत विकासमा प्रत्यक्ष उपयोगी भयो । एलएलबीले कानुनी दृष्टिकोणबाट नेतृत्व गर्न र निर्णय लिन मद्दत पु-यायो ।
पर्यटन क्षेत्रमा श्रमिक अधिकार, अन्तर्राष्ट्रिय मापदण्ड, वातावरणीय कानुन, र सम्झौता व्यवस्थापनजस्ता संवेदनशील मुद्दाहरू आउँछन् । कानुनको ज्ञान हुँदा म यी विषयहरूमा ठोस र कानुनी आधारमा निर्णय गर्न सक्छु, जसले विवाद कम गर्छ र पारदर्शिता बढाउँछ । टुरिजम स्टडिजमा मास्टर्सले पर्यटन क्षेत्रको संरचना, नीति, प्रवद्र्धन, र प्रवृत्तिहरूलाई गहिराइमा पु¥याउनमा मद्दत ग¥यो । यसले मलाई नेपालको पर्वतीय पर्यटनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउनको लागि आवश्यक प्रवद्र्धन रणनीति, गन्तव्य व्यवस्थापन र दिगो पर्यटन अवधारणा लागू गर्ने सीप दिएको छ । अहिले म पीएचडीमा नेपालका पर्वतारोहण क्षेत्रका अवसर र चुनौतीबारे अनुसन्धान गर्दैछु ।
यो अनुसन्धानले अन्तर्राष्ट्रिय अभ्यास,देशको वास्तविकता, र भविष्यका सम्भावनालाई एकैसाथ हेर्ने दृष्टिकोण विकास गरिरहेको छ । यसबाट प्राप्त ज्ञान र तथ्याङ्कलाई म नीतिगत सुधार, नयाँ परियोजना र अन्तर्राष्ट्रिय सहकार्यमा प्रत्यक्ष प्रयोग गर्न सक्छु । यी सबै शैक्षिक योग्यताहरूको आधारमा मलाई व्यवस्थापन, कानुनी प्रक्रिया, पर्यटन प्रवद्र्धन र अनुसन्धान–आधारित नीति,निर्माण गर्न सक्षम बनाएको छ । त्यसैले, यदि म अध्यक्ष बन्छु भने संघको हरेक निर्णय केवल अनुभवमा होइन, प्रमाण र अध्ययनमा आधारित हुनेछ — जसले दिगो, पारदर्शी र परिणाममुखी नेतृत्व सुनिश्चित गर्नेछ ।
० तीन दशकको अनुभवको आधारमा पर्वतारोही संघलाई तपाईंले कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
तीन दशकभन्दा बढी समय हिमाल, आरोहण मार्ग र पर्यटन व्यवसायसँग प्रत्यक्ष रूपमा जोडिँदा मैले नेपालको पर्वतीय पर्यटनको उतार–चढाव नजिकैबाट देखेको छु । आजको स्थिति मिश्रित छ — अवसर पनि छ, चुनौती पनि छ । अवसरको पक्षमा कुरा गर्दा, नेपाल अझै पनि विश्वकै प्रमुख पर्वतारोहण गन्तव्यमा पर्छ । हिमालको सौन्दर्य, सांस्कृतिक विविधता, र हाम्रो पाहुना सत्कारको परम्परा अझै पनि आकर्षणको केन्द्र हो । सगरमाथादेखि अन्नपूर्ण, कञ्चनजंघादेखि मनास्लु र अम्पाङ्गदेखि गान्धर्वाकोटसम्मको प्राकृतिक सम्पदा र पदमार्गहरूले हामीलाई टेवा पु¥याएको छ ।
अन्तर्राष्ट्रिय मिडियामा नेपालको पर्वतीय पर्यटनको ब्रान्ड अझै बलियो छ, र हरेक वर्ष नयाँ आरोही र ट्रेकिङ पर्यटकहरूको चासो बढिरहेको छ । तर चुनौतीहरू पनि उत्तिकै गम्भीर छन् । जलवायु परिवर्तनका कारण हिमनदी पग्लने, मौसमको अनिश्चितता हुने,पहिरो–हिमपहिरोको जोखिम त्यत्तिकै बढिरहेको छ । पर्यावरणीय प्रदूषण र फोहोर व्यवस्थापनमा अझै सुधार भएको छैन । पर्यटन संरचना (इन्फ्रास्ट्रक्चर) धेरै स्थानमा कमजोर छ — यातायात, स्वास्थ्य सुविधा, र आपतकालीन उद्धार प्रणाली पर्याप्त छैनन् ।
अर्को चुनौती भनेको पर्यटन क्षेत्रको दिगोपन हो । हामीले संख्या बढाउनेमा मात्र ध्यान दिएका छौँ तर गुणस्तरीय सेवा र स्थानीय समुदायको प्रत्यक्ष लाभमा ध्यान पुगेको छैन । यसले श्रमिक (पोर्टर, गाइड)को जीवनस्तरमा सुधार ल्याउन सकेको छैन र उनीहरूको सुरक्षा र अधिकार अझै कमजोर अवस्थामा छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा पनि बढ्दो छ — भूटान, पाकिस्तान, चीन जस्ता मुलुकले आफ्नो पर्यटनलाई नयाँ मोडेल र सुविधासहित अगाडि बढाइरहेका छन् ।
नेपालले पनि समयमै नीतिगत सुधार र प्रविधिको उपयोग गरेन भने यो प्रतिस्पर्धामा पछि पर्न सक्छ । तर म सकारात्मक छु — किनकि यी चुनौती समाधान गर्न सकिने खालका छन् । पारदर्शी नीति, निर्माण, अन्तर्राष्ट्रिय सहकार्य, दिगो पर्यटन अभ्यास, श्रमिक हित सुरक्षा, र वातावरणमैत्री परियोजना लागू ग¥यो भने नेपाल अझै पर्यटनको विश्व–अग्रणी देशको रूपमा रहन सक्छ । म अध्यक्षको भूमिकामा पुगेर यिनै कुरालाई सुधार्ने अठोटमा छु ।
० सन् २०१७ मा महासचिव हुँदा तपाईंले सञ्चालन गर्नुभएको सगरमाथा सफाई अभियान, कस्तो रह्यो ?
सन् २०१७ मा महासचिवको रूपमा मैले गरेका सगरमाथा सफाई अभियान, अन्नपूर्ण बेस क्याम्पमा रेस्क्यु सेन्टर स्थापना, र अन्य परियोजनाहरू सफल हुनुका पछाडि मुख्य तीन आधारभूत कारण थिए — स्पष्ट दृष्टिकोण, सहकार्यको भावना, र पारदर्शी कार्यान्वयन । पहिलो, स्पष्ट दृष्टिकोण — हरेक परियोजनाको उद्देश्य सुरुदेखि नै प्रष्ट थियो । सगरमाथा सफाई अभियानमा हाम्रो लक्ष्य केवल फोहोर हटाउने मात्र थिएन; वातावरणीय सन्देश विश्वव्यापी रूपमा फैलाउने अभियान थियो । हामीले स्थानीय समुदाय, आरोही, गाइड, पोर्टर र अन्तर्राष्ट्रिय साझेदारलाई ‘हिमाल हाम्रो सम्पत्ति हो, यसको संरक्षण हाम्रो जिम्मेवारी हो’ भन्ने अवधारणामा एक ढिक्का भर्यौं ।
दोस्रो, सहकार्यको भावना त्यत्तिकै रह्यो । यी परियोजनामा केवल एनएमए मात्र होइन, सरकारी निकाय, नेपाल पर्यटन बोर्ड, स्थानीय निकाय, अन्तर्राष्ट्रिय पर्वतारोहण संस्था (ग्क्ष्ब्ब्, ग्ब्ब्ब्), निजी क्षेत्र र स्वयंसेवकहरूको सक्रिय सहभागिता थियो । उदाहरणका लागि, अन्नपूर्ण बेस क्याम्पमा रेस्क्यु सेन्टर स्थापना गर्दा हामीले स्थानीय पर्यटन व्यवसायी, हेलिकप्टर सेवा प्रदायक, स्वास्थ्यकर्मी र सुरक्षा निकायसँग प्रत्यक्ष तालमेल गरेर तत्काल उद्धार र उपचार सम्भव हुने प्रणाली खडा गर्यौं ।
तेस्रो, पारदर्शी कार्यान्वयन र स्रोत व्यवस्थापन — परियोजनाका सबै खर्च, उपलब्धि र चुनौती खुला रूपमा साझेदारी गरिन्थ्यो । जसले गर्दा दातृ निकाय, सहभागी संस्था र सरोकारवाला सबैले विश्वास गरे र अझै बढी सहयोग गर्न तयार भए । यो पारदर्शिताकै कारण अन्तर्राष्ट्रिय स्तरमा हाम्रो कामको प्रशंसा भयो र आगामी परियोजनाको लागि नयाँ साझेदारीको ढोका खुल्दैछ ।
त्यस बाहेक, म व्यक्तिगत रूपमा पनि यी परियोजनामा मैदानमै उपस्थित हुन्थेँ — चाहे त्यो सगरमाथा क्षेत्रको सफाई टोलीसँगै हिमालमा हिँड्नु होस् वा अन्नपूर्णमा उद्धार संरचना परीक्षण गर्नु । नेतृत्वले जब काम प्रत्यक्ष देखाउँछ, टोलीमा ऊर्जा र आत्मविश्वास बढ्छ भन्ने कुरा मैले अनुभव गरेँ । मैले त्यतिबेला सिकेको पाठ यही हो — पर्यटन क्षेत्रका चुनौती समाधान गर्न इच्छाशक्ति, सहकार्य र पारदर्शिता एकसाथ हुनुपर्छ, त्यसले गर्दा कुनै पनि परियोजना असफल हुँदैन । यही कार्यशैलीलाई म भविष्यमा पनि निरन्तरता दिनेछु ।
० तपाईंले गर्ने ठोस कदम के–के हुनेछन् ?
म अध्यक्षमा निर्वाचित भएपछिको पहिलो वर्षलाई म ‘संरचनात्मक सुधार र सुदृढीकरणको वर्ष’ बनाउन चाहन्छु । एनएमएलाई आधुनिक, पारदर्शी र परिणाममुखी संस्थामा रूपान्तरण गर्नका लागि तत्काल लागू गर्न सकिने केही ठोस कदमहरू यस प्रकार हुनेछन् । संघको सबै आय–व्यय अनलाइन ‘फाइनान्स ट्रान्सपेरेंसी पोर्टल’ मार्फत सार्वजनिक गर्ने । हरेक ६ महिनामा स्वतन्त्रपूर्वक अडिट गराई सदस्य र सरोकारवालालाई प्रतिवेदन उपलब्ध गराउने । सदस्यता नवीकरण, पर्वतारोहण अनुमति, तालिम दर्ता र बीमा प्रक्रियालाई अनलाइन प्रणालीमा रूपान्तरण गर्ने । डेटा–केन्द्रित निर्णयको लागि पर्यटनसम्बन्धी राष्ट्रिय डिजिटल डाटाबेस निर्माण गर्ने ।
अनिवार्य स्वास्थ्य तथा दुर्घटना बीमा लागू गर्ने, बीमा दाबी प्रक्रिया सजिलो बनाउने । गाइड र पोर्टरहरूको न्यूनतम पारिश्रमिक दर सुनिश्चित गर्न कानुनी प्रावधान कार्यान्वयनमा सरकारसँग सहकार्य गर्ने । अन्तर्राष्ट्रिय मापदण्डअनुसार पर्वतारोहण, उद्धार, वातावरणीय संरक्षण, र आतिथ्य सेवा तालिमको स्थायी तालिम केन्द्र स्थापना गर्ने । अनुभवी प्रशिक्षक र अन्तर्राष्ट्रिय विशेषज्ञसँग सहकार्य गरी नयाँ प्रविधि र सुरक्षा प्रोटोकलको प्रशिक्षण दिने ।
‘हिमाल सफाइ स्थायी कार्यक्रम’ सुरु गरी प्रत्येक हिमालमा वार्षिक फोहोर व्यवस्थापन योजना लागू गर्ने । आरोहण र ट्रेकिङ क्षेत्रमा वातावरणमैत्री अभ्यासलाई प्रोत्साहन गर्न नियम र प्रोत्साहन प्रणाली बनाउने । ‘नेपाल पर्वतारोहण ब्रान्ड क्याम्पेन’ सञ्चालन गरी विश्वका प्रमुख शहरहरुमा सम्मेलन र मेलामा सक्रिय सहभागिता गर्ने । संघका निर्णय प्रक्रियामा सबै सदस्यको सहभागिता सुनिश्चित गर्न त्रैमासिक खुला बैठक र सुझाव संकलन प्रणाली लागू गर्ने ।
नीति निर्माणमा सदस्य, गाइड, पोर्टर, स्थानीय समुदाय र व्यवसायीको प्रतिनिधित्व गराउने कार्यदल गठन गर्ने । यी कदमहरू तत्काल लागू गरे संघको कार्यशैलीमा पारदर्शिता बढाउने काम गर्दछु, श्रमिकको अधिकार सुरक्षित हुनेछ, वातावरणीय दिगोपन सुनिश्चित गर्नेछु, र अन्तर्राष्ट्रिय स्तरमा एनएमएको छवि अझै मजबुत बनाउने छु । मेरो विश्वास छ — आधार बलियो भए मात्र दीर्घकालीन सफलता सम्भव हुन्छ, त्यसैले पहिलो वर्षलाई म सुधार र सुदृढीकरणमै केन्द्रित गर्नेछु ।
० पोर्टर, गाइडहरुको हकहितको लागि दीर्घकालीन योजना के के छन् ?
न्यूनतम तलब र बीमा अनिवार्यताः प्रत्येक गाइड र पोर्टरलाई उचित पारिश्रमिक, स्वास्थ्य तथा जीवन बीमा कानूनीरूपमा लागू गराउन पहल । स्थायी तालिम र प्रमाणपत्रः तालिमलाई वार्षिक अनिवार्य अद्यावधिक प्रणालीमा रूपान्तरण गरी अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त प्रमाणपत्र उपलब्ध गराउने । हिमालको छेउछाउका गाउँहरूमा होमस्टे, सांस्कृतिक पदमार्ग र स्थानीय उत्पादन बजार विस्तारमार्फत प्रत्यक्ष रोजगारी सिर्जना गर्ने ।
० तपाईंको आगामी कार्यकालमा पोर्टर र गाइडहरुलाई तालिममा के सुधार ल्याउने सोच रहेको छ ?
मोड्युलर तालिमः आधारभूत, उन्नत र विशेषीकृत (उच्च हिमाल, खोज–उद्धार, अन्तर्राष्ट्रिय मार्गदर्शन) गरी तहगत तालिमको संरचना । स्मार्ट टेक्नोलोजीको प्रयोगः न्एक्, डिजिटल नक्शा, मौसम पूर्वानुमान प्रणाली र आधुनिक आरोहण उपकरण प्रयोगमा तालिम दिइने छ ।
० भदौ ७ गते हुने निर्वाचनमा मतदाताहरूलाई तपाईंको अन्तिम सन्देश के हो ?
मेरा प्रिय साथीहरू, भदौ ७ गते हामी एउटा महत्वपूर्ण चुनावको सामना गर्दैछौं — जसले नेपाल पर्वतारोहण संघको भविष्य तय गर्नेछ । म पदको लालचले होइन, तपाईं सबैप्रतिको जिम्मेवारी र सम्र्पूण साथीहरुको भावनाको कदर गर्दै अध्यक्ष पदको लागि उम्मेदवारी बनेको छु । मेरो जीवनको आधार इमानदारी, सहकार्य र सेवा नै हो । तपाईंहरूको मतले मात्र होइन, विश्वासले नै हामीले यो संघलाई नयाँ उचाइमा पु¥याउन सक्छौं ।
म प्रतिबद्ध गर्दछु — पारदर्शिता, श्रमिक अधिकारको सुरक्षा, दिगो पर्यटन प्रवद्र्धन, र समावेशी नेतृत्वमार्फत एनएमएलाई विश्वस्तरीय बनाउने र चुनावमा तपाईंले सक्षम, अनुभवी र इमानदार नेतृत्व रोज्नुपर्छ — जुन केवल पदको लागि होइन, पर्वतीय पर्यटन र हिमाली समुदायको भलोका लागि हो । भन्दै भदौ ७ गते आफ्नो अमूल्य मत कुलबहादुर गुरुङलाई दिएर विजय गराउनु हामी सबैले नेपालको पर्वतीय पर्यटनलाई उज्वल भविष्यतर्फ लैजान सहयोग गरौं । धन्यवाद ।

