काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको प्रवृत्तिले अर्थमन्त्री स्वर्णिम वाग्ले दिकदार भएका छन् । हिजो कम्युस्टिहरुमा केपी शर्मा ओली जस्तो घमन्डी नेता र नेतृत्व अरु थिएनन् भनियो । पार्टीभन्दा गुटको वरपर रमाउँदै माधव कुमार नेपाल र झलनाथ खनाललाई भुतुक्कै पारेका उनै ओली आज पार्टीमा गुट छैन भन्दै ५ जनाको भित्रिया गुटमै गुण्डुतिर रमाएका छन् । पुरानालाई खेदेर नयाँको तबेला बजाएको रास्वपा र बालेनबीचको सौहार्दता नहुँदा मन्त्रीको अधिकार क्षेत्रमाथि ओलीले जस्तै बालेनले प्रहार गरेपछि अर्थमन्त्री डा। स्वर्णिम वाग्ले दिक्क भएका छन् ।
अर्थशास्तका बारेमा वाग्लेले जति बुझ्छन् प्रधानमन्त्री साहले बुझ्न सक्दैनन् । ढुकुटीमा जम्मा भएको राजस्व बाँडफाँटमा बालेनले ख्याल गरे तापनि ढुकुटी भने अर्थतन्त्रमा केस्रा केलाउनेले खोज्दैन् । तर, हस्तक्षेप सहँदैनन् ।
जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको दिन संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्नुपर्छ । सरकारी नीति तथा कार्यमबाट भागेका प्रधानमन्त्री साह संसदमा देखिँदैनन् । जनताप्रतिको उत्तरदायित्व बालेन प्रवृत्तिमा देखिएन । तर, बजेट लेखनमा हस्तक्षेप गर्न बालेनको प्रवृत्ति विगतका प्रधानमन्त्रीझैं सबै विषयको ज्ञाता ठान्ने ठालुको जस्तै आफै डाक्टर आफै इन्जिनियर जस्ता थिए । उनले अरुका कुरा सुन्दैन थिए । आजको ठालु फेसबुके प्रचारमा रमाउने जनजीविकासँग सरोकार नराखी डोजर आतंक मच्चाएर आफैले आपतमा पारेका सुकुम्वासीहरुलाई मासिक १५ देखि २५ हजार वितरण गर्दैछन् । यहीँबेला अर्थमन्त्रालयबाट असारे खर्च दिलाउने अभियान पनि रास्वपाले नै शुरु गर्दैछ ।
अर्थमन्त्रीको बजेट बनाउने टीमले पनि प्रधानमन्त्रीको हस्तक्षेप रुचाएको छैन । राष्ट्रिय योजना आयोग र प्रशासनिक पुनःर्संरचना आयोगहरुले बजेटको सिलिङ्ग तोकका छन् । ठूलो बजेट घोषणा गरेर बजेट वितरणमा अभाव भएपछि अन्यत्रबाट बजेट तानतुन गर्ने हिजोको प्रवृत्तिको अन्त गर्न नयाँ जान्ने र छान्नेहरुले गर्लान् भन्ने अपेक्षा जनतामा थियो ।
तर, रास्वपाबाट प्रधानमन्त्री बनेका बालेनको व्यवहारले तुषरापात हुने स्थिति पनि सिर्जना हुँदैछ । सरकारले २२ बाट घटाएर १८ वटामा मन्त्रालय सिमित गर्ने भन्दैछ । तर, अर्थ, गृह, रक्षा, सञ्चारजस्ता शक्तिशाली मन्त्रालयको महत्व बढी छ । विकासले योजनाहरु दिगो बनाउनुपर्ने श्रोतको कमी हुन नदिने परिपाटी स्थापित गर्दा आज अर्थमन्त्री वाग्लेको टीमले फर्केर काम गर्न नपाएको अवस्था छ । अर्थमन्त्री डा। वाग्ले बजेट पास भएपछि सरकारमा टाँसिएर नबस्ने सोच बनाउन वाध्य हुनुको मूल कारण बालेन प्रवृत्ति बन्दैछ ।

