अनन्त बहादुर गुरुङ
कार्यलयको साईनबोर्ड मात्रै फेर्ने परिवर्तन नेपाली जनताले चाहेको परिवर्तन होइन । रुप मात्रै बदलेर सारमा पुरानै राजनीतिक संस्कारलाई कायम राख्ने परिवर्तन नेपाली जनतालाई झुक्याउने काम मात्रै हो । पुरानो दलहरुले नेपालमा उहिले ल्याएको परिवर्तन त्यस्तै थियो । नेपालै भरीको सरकारी कार्यलयहरुको नाम र साईनबोर्डहरु मात्रै फेरिए । सरकारी निशाना छाप र राष्ट्रिय गाण पनि बदलियो तर बदल्नु पर्ने कुनैकुरा पनि बदलिएन सबै यथावत राखिए । राजनीतिज्ञहरु र कर्मचारीहरुको आचरण बदलिएन । कर्मचारीहरुले नेपाली जनतालाई सेवा दिने तौरतरिकामा कुनै बदलाब आएन ।
भ्रष्ट आचरण र घुषरकमिसन खाने परम्पारा यथावत कायम रहेकाले नेपाली जनतालाई कुनै राजनीतिक परिवर्तनआएको आभास भएन । पुराना दलहरुले एमाले, नेपाली काँग्रेस र माओवादी मिलेर नेपालमा कस्मेटिक राजनीतिक परिवर्तन ल्याउन सफल भए पनि भित्री रुपमा मुलुकको हालत झन बिग्रिएर गयो । सरकार बन्ने र ढल्ने क्रम तिब्रगतिमा हुन थालेपछि पुरानो दलहरुको राजनीतिक सोचमा पनि ठुलो बदलाव आयो । मुलुकको अवस्थालाई बदल्नको निमिक्त व्यवस्था बदल्ने काम गाह्रो भएको महसुस भएपछि पुराना दलहरुले आफै बदलिएर संसारलाई चकित तुल्यायो । आआफ्नो शिद्धान्तलाई लात हानेर पुँजीवादलाई अपनाउँदै गए । नवउदारवादी स्वतंत्र बजार अर्थतंत्रको रसपान गर्दै नेपालका कम्युनिष्टहरु काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भए ।
नेताहरु नै बदलिए पछि तिनीहरुले वकालत गरेको समाजवाद र साम्यवाद पनि अलपत्र हुन पुग्यो । अहिले सत्ताबाट बाहिरिए पछि पुरानो दलका नेताहरु छाङोबाट खसे झै महसुस गरी समाजवादको प्रसंग उठाउने गरेकाछन । नेपाली जनताले पुराना दलका सबै नेताहरुको शिद्धान्त र अभ्यास भौतिक रुपमा नै देखी भोगी सकेको हुँदा पहिलेको झै भ्रममा पर्ने संभावना अहिले थिएन ।कुनै पनि दलले ल्याउन खोजेको परिवर्तन नेपाली जनताको आवश्यकता र चहाना अनुसार नै हुन र गर्न जरुरी छ ।दलहरुले आफ्नो भावना र आफ्नो चहाना अनुसारको परिवर्तन नेपाली जनता माथि थोपर्नु हुँदैन ।
पुरानो दलहरुले यहि नै गल्ती बिगतमा गरेको हुनाले अहिले पश्चताप गरी राख्नु परेकोछ । नेपाली जनतालाई नसोधी पुरानो दलहरुले हटाएको राजतंत्र र वैदिक सनातनी हिन्दूधर्मलाई नेपाली जनताले फर्काउनु पर्ने माग गरेकाछन । पुरानो दलहरुलाई नेपाली जनताको उक्त मागहरु ननिल्नु नवकल्नु भईराखेको बेलामा सत्ताबाटै नराम्रो सित बढारिएकाछन । प्रधानमंत्री बालेनको लागि अब कुनै दुविधा नभएको हुँदा नेपाली जनताको यो आवश्यकतालाई सजिलै पुरा गर्नेछन भने पुरानो दलहरु हेरेको हेरेकै हुनेछन ।पुरानो राजनीतिक दलहरुको आफ्नै स्वार्थ मात्रै पूर्ति गर्ने राजनीति अभ्यास ३५ बर्ष जसरी तसरी चल्यो तर थप अवधि चलाउन खोज्दा नेपाली जनता उहाँहरुको भारी बोक्नको लागि तयार भएनन् । नेपाली जनताले रबि र बालेन जस्तो युवा निस्वार्थी नेताद्वयले नेतृत्व गरेको राष्ट्रिय स्वतंत्र पार्टीलाई आम चुनावमा अभूतपूर्व रुपले २र३ बहुमत पुग्ने गरी जिताए पछि नेपालको राजनीतिको आकासमा बालेन शक्तिशाली प्रधानमंत्री बनेर उदाएकाछन ।
अब बादल पानी झरीले शक्तिसाली प्रधानमंत्री बालेनलाई कुनै पनि हालतमा रोक्न छेक्न सक्ने अवस्था छैन ।तसर्थ प्रधानमंत्री बालेनले गर्ने गराउने भनिएको परिवर्तन कागजी मात्रै हुने छैन । साथै परिवर्तन नाम बदल्ने वा साईनबोर्ड फेर्ने जस्तो पनि हुनसक्दैन । बि।स। २०६२ सालमा जुन परिवर्तन पुरानो दलहरुले गरेका थिए त्यो सबै कागजी झारा टार्ने र कस्मेटिक श्रीङ्गार जस्तो मात्रै थियो । सरकारको रुप उही सार उही भएपछि परिवर्तन झै के भयो र के गरियो भन्ने कुरा कसैले सहज तरिकाले निर्क्योल गर्न सक्ने अवस्था विद्यमान थिएन । बालेन सरकारले गर्ने अवको परिवर्तन त्यस्तो हुनुहुदैन । परिवर्तन नेपाली जनताको दिलदिमागमा नै जोडिएको र मनमा आनन्द खुसी ल्याउने खालको हुन जरुरी छ । यदि त्यसरी नेपाली जनताले महसुस गर्ने परिवर्तन भएन भने सोपरिवर्तनलाई परिवर्तन नै मान्न सकिन्न ।
नेपाली जनता पहिले पनि राजतंत्रको बिरुद्धमा थिएन र अहिले पनि छैन । वैदिक सनातनी हिन्दूधर्मको बिरुद्ध त नेपाली जनता छंदैछैन । पुराना दलहरुले नेपाली जनताको चाहाना र भावना बुझ्दै नबुझी मनगढन्ते तरिकाले नेपालको संबिधान २०७२ बनाउँदा राजालाई कुनै पनि भूमिका दिएन र वैदिक सनातनी हिन्दूधर्मलाई अरु पाहुना धर्महरु सरहको दर्जामा राखी दिए । त्यो ठुलो गल्ती पुराना दलहरुबाट भयो र नेपाली जनताको सुनुवाई उहाँहरुबाट भएन । पुराना दलहरुले नेपाली जनताको संवेदनशीलताको वेवास्ता गर्दै विदेशीलाई खुसी बनाउने हिसाबले राजतंत्र पनि नेपालको संबिधान २०७२ बाट गायव पारियो भने वैदिक सनातनी हिन्दूधर्मलाई राष्ट्र धर्मको दर्जाबाट रैथाने फाल्तु धर्म बनाईदिए ।
विदेशीको प्रभावमा पुरानो दलहरुले नेपाली जनताको मुटुमा गाडेको उक्त किला बालेन सरकारले सरलक्कै नदुख्ने गरी निकाल्न जरुरी छ । १२ बुँदे दिल्ली शान्ति सम्झौता नै नेपालको आन्तरिक मामलामा विदेशीहरु सबै मिलेर गरिएको हष्तक्षेपको सुरुवाती चरण थियो । त्यसपछि पुरानो दलहरुले विदेशी सित मिलेर नेपालमा के के उपात्रो गरेकाछन त्यो सबै नेपाली जनता समक्ष ऐनामा हेरेको झै छर्लङ्ग छंदैछ । समग्रमा भन्नु पर्दा नेपाली जनता त्योबेलामा पुराना दलहरुले फैलाएको भ्रममा परी साह्रै नराम्रो सित ठगिएका थिए जुन कुरालाई अब बालेन सरकारले बदल्न जरुरी छ ।
त्यो बेला पुरानो दलहरुले गर्वको साथ नेपालीलाई रैतीबाट स्वतंत्र जनता बनाएको घोषणा गर्वको साथ गरेका थिए र आज पनि पुरानो दलहरुले त्यसलाई महान उपलव्धी कै रुपमा नै मानीरहेकाछन ।नेपाली जनताले विदेशी प्रभूलाई होइन पुराना दलका शीर्ष नेताहरु माथि विश्वास गरी त्यो बेलाको परिवर्तनलाई आनाकानी गर्दै ग्रहण गरेका थिए जसको परिणाम आज नेपाली जनताले भोग्दैछन । पुराना दलहरुले नेपालमा कम्युनिष्ट शिद्धान्त अनुसार वर्गविहिन समाजको निर्माण गर्नको साटो नेपालमा पुँजीवादलाई बलियो बनाउँदै लगे जुन क्रम आज पनि नेपालमा रोकिएको नभएर जारी नै छन ।
नेपालको गौरवमय इतिहास, परम्परा, संस्कार, सम्पदा र धर्मको वास्ता पुरानो दलहरुले कहिले पनि गरेनन् यदि गरेको भए नेपाल राष्ट्र प्रगतिको मार्गमा उहिले नै धेरै अगाडि पुगीसकेको हुने थियो । नयाँ इतिहास, परम्परा, संस्कार, सम्पदा र धर्मको निर्माण गर्न लाग्दा पुराना दलहरुको पतन यति धेरै भयो कि अव उहाँहरु त्यसबाट निस्केर माथि आउन कहिले पनि नसक्ने भएकाछन । पुराना दलहरुले बिगारेका सबै कुराहरुलाई बालेन सरकारले पुनरस्थापित गरेरै छाड्छन भन्नेमा नेपाली जनता पूर्णरुपले विश्वास्त छन ।अहिले पुराना दलहरु सबै मिलेर बालेन सरकारलाई रोक्ने प्रयासमा लागेकाछन । साथै बिदेशी प्रभूहरुलाई पनि गुहार मागेर बालेन सरकारको कामलाई प्रभावित तुल्याउन खोज्दैछन ।
त्यसको चिन्ता र सामना अब नेपाली जनतालेगर्नेछन बालेन सरकारले गर्नु पर्दैन । बालेन सरकारले आँखा चिम्लेर जनहितमा परिवर्तनकारी काम गरी देखाए मात्रै पुग्छ । धोकेवाज पुराना दलहरु र तिनका विदेशी प्रभूहरु सित लड्ने भिड्ने काम अब नेपाली जनताले गर्दै नेपाललाई विदेशी प्रभाव मूक्त राष्ट्र बनाएर नै छाड्नेछन । राजतंत्र नेपालको गौरवमय इतिहास मात्र नभएर रक्षाकवच पनि हो । नेपाल राष्ट्र र नेपाली जनतालाई पर्दा राजतंत्रले पहिले पनि काँध थापेको थियो र अव पनि जस्तो सुकैवलीदान दिनको लागि पनि तयार छन । पुराना दलहरुले जस्तो नेपाल राष्ट्रलाई लुटेर बिदेशी बैंकमा लुकाउने वा विदेशमा लगानी गर्ने ठगी धन्दा चलाउनेमा राजतंत्र पर्दैन ।
दरवार हत्या कण्ड कसले किन गराएको हो भन्ने कुराको पोल अहिले खुली सकेको हुँदा नेपाली जनता पुराना दलहरुले फैलाएको भ्रमबाट मूक्त भईसकेकाछन । अब त्यहि कुरालाई उठाएर पुरानो दलहरुले राजतंत्रको बदनाम गर्न सक्ने छैन भने नयाँ कुरा उठाउनको लागि उहाँहरु सित सामर्थ्य र समय दुबै छैन । संसारमा यस्तो कुनै पनि एउटा देशको उदाहरण छैन जसको बिकास बिना उद्योग बिकास नै भएको छ ।पुराना दलहरुलाई सत्तामा पुग्ने बित्तिकै उद्योग बिकासको एलर्जी रोग लाग्यो । त्यसैले बन्द उद्योगहरुलाईखोलेर चलाउने प्रयास गर्नुको साटो चलीरहेका उद्योगहरुलाई घाटामा गएको भनी निजीकरणको नाममा बेचेर कतीपय कारखानाहरु नै गायव पारी दिए । राजाको पालामा आत्मनिर्भर मुलुक नेपाललाई किनेर खाने मागेर खाने मुलुकमा रुपान्तरण गर्ने पुरानो दलहरु नै हुन ।
स्वतंत्र साँसद मेगासेसे एवार्ड विजेता महावीर पुनले ठिकै भनेकाछन अविष्कार र नवप्रवर्तन बिना नेपालको उन्नती हुन सक्दैन । स्कूलहरु, कलेजहरु र विश्वविद्यालयहरु खोलेर मात्रै के गर्नु त्यहाँको अध्ययन, अनुसन्धान र अविष्कार नवप्रवर्तनलाई उद्योग बिकास सित जोड्न सकिएको छैन । नेपालको शिक्षा विदेशमा काम लाग्दैन । विदेशमा पुगेपछि फेरि त्यहि बिषयको शिक्षा पढ्नु पर्ने हुन्छ । तसर्थ नेपालका कलेजहरु र विश्वविद्यालयहरु शिक्षा दिने नभएर प्रमाणपत्रहरु र उपाधीहरु बेच्ने संस्था मात्रै हुन । यो सबै कुरा बिगारेको पुरानो दलहरुले नै हो । नेपालमा रोजगार नभएपछि स्कूलहरु, कलेजहरु, विश्वविद्यालयहरु खोलेर चलाईराख्नु किन पर्यो रु आखिरमा बिदेशी भाषा परिक्षा दिएर वैदेशिक रोजगारीमा नगई नेपाली जनतालाई सुखै छैन ।
पर्यटन बिकासलाई मात्रै बिकास मान्ने उद्योग बिकासलाई गन्दै नगन्ने पुरानो दलहरुको गलत रवैयाले गर्दा आज नेपाल राष्ट्र उद्योग बिकासमा सुन्य भएकोछ । उत्पादनमा पनि सुन्य, रोजगारीमा पनि सुन्य र नवप्रवर्तनमा पनि सुन्य भएपछि नेपाली जनता बिदेशी सित मागेर वा किनेर खाई बस्नु परेकोछ । नेपाल राष्ट्रलाई ऋणैऋणमा डुबाएर यस्तो हालतमा पुराउन जिम्मेवार पात्र भनेको पुराना दलहरु नै हुन । बालेन सरकारले यस्तो वेहालको अवस्थालाई बदलेर नेपाल राष्ट्र र नेपाली जनताको मनमा आशाको दियो बाली स्थायी परिवर्तनको निव राख्नु पर्नेछ । पुराना दलहरुलाई कुनै पनि हालतमा सत्तामा फर्किन सक्ने अवसरबाट बञ्चित तुल्याउनु पर्छ । राजतंत्र र वैदिक सनातनी हिन्दूधर्मलाई चाँडो पुनरस्थापित गरीहमेसाको लागि पुरानो दलहरुको सत्तामा फर्किने ढोकालाई बन्द गरी हालौं ।

