वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग

अन्तरवार्ता राजनीति

प्रवक्ता तथा सुचना अधिकारी डिक बहादुर कार्की
चाडवाडको समयमा बजार अनुगमन, कालोबजारी नियन्त्रणलगायतका विषयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कसरी काम गरिरहेको छ भन्ने विषयमा विभगका प्रवक्ता तथा सूचना अधिकारी डिकबहादुर कार्कीले तामाकोशी सन्देश साप्ताहिकको प्रतिनिधिसँग गरेको कुराकानीको अंश ः
वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागको मुख्य काम भनेको बजार अनुगमन नै हो । अनुगमन चाडवाडमा मात्र होइन नियमित रुपमा गरिने कार्य हो । नियमित अनुगमनका अतिरिक्त चाडपर्वलक्षित कार्ययोजना समेत बनाएका छौं । जसमा दैनिक सात आठवटा टोली बजार अनुगमन गर्नका लागि पठाउने गरेका छौं । त्यस्तै सार्वजनिक विदाको दिन समेत टोली परिचालन गरिरहेका छौं । अनुगमनका क्रममा चाडपर्वमा बढी मात्रामा वस्तु र सेवाको विक्री वितरण हुने गरेका कारणले मिसावट, मानव स्वास्थ्यलाई असर गर्ने वस्तुको विक्री वितरण, मूल्यवृद्धि, कृतिम अभाव जस्ता समस्या पर्ने गरेका छन् । विभागले मध्यनजर राख्दै तीनै कुराहरुलाई रोक्नको लागि अनुगमनलाई तिव्रता दिइरहेको छ ।

अनुगमनका क्रममा खासगरि वस्तु तथा सेवाको लेबल नलगाएको, म्याद गुज्रिने समय नलेखेको, उत्पादकको ठेगाना नलेखेको लगायतको विषयहरु, गुणस्तर र एमआरपीभन्दा बाहिर गएर लिएको जस्ता कुराहरुलाई आधार मानेर अनुगमन गरिरहेका छौं । केही स्थानमा अस्वाभाविक मूल्य वृद्धि गरेर बेचिरहेको, लेबलिङ नटासिएको भेटेका छौं । केहीलाई आवश्यक निर्देशन दिने र केहीलाई जरिवाना तिराउने, सचेत गराउने कामहरु गरिरहेका छौं । अनुगमन टोलीका सदस्यहरुलाई यो ठाउँमा जाने, यो पसलमा अनुगमन गर्ने भने पूर्ववतः जानकारी गरेका हँुदैनौं । अनुगमन टोलीका सदस्यहरुले चाँही अनुगमनमा जानुभन्दा पाँच मिनेट अगाडि यो ठाउँमा जाने भनेर उनीहरुलाई सम्बन्धित शाखाको प्रमुख अथवा अधिकार प्राप्त व्यक्तिले भनेको हुन्छ । व्यवसाय वा फर्ममा अनुगमन गर्ने भन्ने कुरा थाहा हुँदैन ।

त्यसमा पनि अनुगमन टोली नियमित रुपमा अनुगमनमा जाने त भइरहन्छन् । त्यसका अतिरिक्त हेलो सरकारबाट उजुरी प्राप्त हुन्छ । विभागको वेबसाइटमार्फत पनि उजुरी प्राप्त हुन्छ । १०३७ हाम्रो हटलाइनमा समेत कल गरेर उजुरी दिन पाइन्छ । त्यसरी आएका उजुरीका आधारमा र उपभोक्ता अधिकारकर्मीहरुमा प्राप्त उजुरीलाई नै प्रमुख आधारमा मानेर बजार अनुगमन गर्छौं । यसका अतिरिक्त छड्के अनुगमन पनि उपत्याकाका विभिन्न ठाउँहरुमा पनि गर्दै आइरहेका छौं । विभागले असोज २ गते १६ वटा फर्म अनुगमन गरेका थियौँ। जसमा विशेषगरी मदिरा एवं सुर्तीजन्य फर्महरूमा अनुगमन गरेका थियौँ। काठमाडौँको एउटा फर्ममा हामीले ५० हजारसम्म जरिवाना तिराएका छौं। खरिद बिल बिजक नराखेको दर्ता प्रमाणपत्र राख्नुपर्ने मूल्यसची नराखेको कारण हामीले जरिवाना तिराएका थियौ। त्यस्तै अन्यलाई भने सामान्य निर्देश न दिएका थियौँ।

४ गते हामीले १६ वटा फर्म अनुगमन गरेका थियौँ। काठमाडौँस्थित कस्मेटिक लाई २० हजार जरिवाना गरिएको थियो । चप्पल कारखानामा गुणस्तर परिणाम हेरफेर गरेको कारणले गर्दा हामीले ३ लाखसम्म जरिवाना गरेका थियौं। न्युरोड स्थित रेडिमेड तथा थान कपडामा १० हजार जरिवाना गरेका थियौं। अन्य फर्महरूलाई व्यवसायीसँग सम्बन्धित कागजातले विभाग उपस्थित हुन निर्देशन र केहीलाई सामान्य निर्देशन दिएका छौं । ५ गते हाम्रो विभागको टोलीले १९ वटा फर्म अनुगमन तथा निरीक्षण गरेको थियो। बालाजु स्थित एक फर्ममा हामीले २ लाख जरिवाना गरेका थियौँ। सोही स्थानको अर्को फर्ममा ५० हजार जरिवाना गरेका थियौँ। बालाजुको एक होटल तथा रेस्टुरेन्टमा २० हजार जरिवाना गरेका थियौं। बालाजुकै रेडिमेड तथा थान कपडा उद्योगमा २० हजार जरिवाना गरेका थियौं।

त्यसले अन्यलाई भने व्यवसायसँग सम्बन्धित कागजात लिई विभागमा उपस्थित हुन निर्देशन गरेका थियौँ भने केहीलाई सामान्य निर्देशन दिएका थियौँ । ६ गते विभागले खिचापोखरी इन्द्रचोक भक्तपुर पुल्चोक सानेपा गङ्गबु सोह्रखुट्टेमा अनुगमन गरेका थियौँ सो दिन हामीले २१ वटा फर्महरूमा अनुगमन तथा निरीक्षण गरेका थियौँ। सोरखुटे स्थित मिठाई पसलमा अनुगमन गर्दा खरिद बिल बिजग राख्नुपर्ने खरिद बिल बिजक नराखेको कारणले १० हजार जरिवाना तिराएका थियौ सानेपा स्थित खाद्यवस्तु स्टोरमा खरिद बिल बिजक नराखेको कारण ५००० जरिवाना तिराएका थियौं । पुल्चोक स्थित रेडमेट तथा थान कपडा उद्योगमा खरिद बिलविजक नराखेको कारण २० हजार जरिवाना तिराएका थियौ भक्तपुरस्थित मदिरा एवं सुर्तीजन्य उद्योगमा राखेको कारण १० हजार जरिवाना तिर आएका छौं भक्तपुर स्थित किराना पसलमा बिलविजक नराखेको कारण १० हजार जरिवाना गराइएको थियो। खिचापोखरी स्थित एक फर्ममा दुई लाख जरिवाना गराएका थियौँ।

त्यस्तै केहीलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर विभाग उपस्थित हुन निर्देशन गरेका छौँ भने केहीलाई सामान्य निर्देशन दिएका थियौँ ।७ गते हामीले सानेपा बालकुमारी पुलचोक राधेराधे भक्तपुर कलंकी टिकाथली इमाडोल महालक्ष्मीथान बालाजु लगनखेल भैँसीपाटी ललितपुर कालिमाटी मिनभवनमा अनुगमन तथा निरीक्षण गरेका थियौँ। सो दिन हामीले ३१ वटा फर्महरूमा अनुगमन तथा निरीक्षण गरेका थियौं । मिन भवन स्थित होटल तथा रेस्टुरेन्टमा ३ लाख जरिवाना गराएका थियौँ लगनखेल को एउटा फर्ममा ५००० जरिवाना गराएको थियो। इमाडोलको माट मिनिमाटमा ५ हजार जरिवाना गरेका थियौं । काठमाडौँस्थित खाद्यवस्तु स्टोरमा रु. २ लाख जरिवाना गराएका थियौँ।

८ गते हाम्रो विवाहको टोलीले न्युरोड भक्तपुर जावलाखेल बालकुमारी गुहारको ललितपुर सानेपा लालिपाड गुर्जुधारामा अनुगमन तथा निरीक्षण गरेका थियौँ । उक्त दिन हामीले ३३ वटा फर्ममा अनुगमन तथा निरीक्षण गरेका थियौँ। जावलाखेल स्थित फार्मेसीमा १५ हजार जरिवाना गरिएको थियौ । ९ गते हामीले उपत्यकाका ३७ वटा फर्महरूमा अनुगमन तथा निरीक्षण गरेका थियौं । सुविधा नगर स्थित औषधी तथा जडीबुटी मा अनुगमन गर्दा खरिद बिल बिजक नराखेको कारण २० हजार जरिवाना गरेका थियौं जोरपारी स्थित रेडिमेड तथा थान कपडा उद्योगमा ५००० जरिवाना गरेका थियौ। जोरपाटीकै माछा मासु पसलमा १० हजार जरिवाना गरेका थियौँ। ललितपुरस्थित खाद्यवस्तु स्टोरमा १५ हजार जरिवाना गरेका थियौं। थापाथली स्थित खरिद बिलबिजक नराखेको कारण १० हजार जरिवाना गरेका थियौं। १० गते हाम्रो विभागको टोलीले ३७ वटा फर्महरूमा अनुगमन तथा निरीक्षण गरेका थियो ।

अनुगमनको क्रममा कपन स्थित खाद्यवस्तु स्टोर लाई ५००० जरिवाना गरेका थियौं। काठमाडौँस्थित खाद्यवस्तु स्टोरमा अनुगमन गर्दा खरिद बिल बिजक नराखेको कारण २० हजार जरिवाना गरेका थियौं। ललितपुर स्थित एक फर्ममा अनुगमन गर्दा परिणाम मूल्य नावतौल हेरफेर गरेको कारण ३ लाख जरिवाना गरेका थियौँ। ललितपुर स्थित एक फर्ममा अनुगमन गर्दा २० हजार जरिवाना गरेका थियौं। जानसिखेल स्थित खाद्यवस्तु स्टोरमा अनुगमन गर्दा ५००० जरिवाना गरेका थियौं त्यस्तै झम्सिखेल स्थित मदिरा एवं सुर्तीजन्य उद्योगमा अनुगमन गर्दा १० हजार जरिवाना गरेका थियौं। भक्तपुरस्थित किराना पसलमा अनुगमन गर्दा बिलबनजक नराखेको कारण १० हजार जरिवाना गरेका थियौँ।

११ गते विभागले २० वटा फर्म अनुगमन तथा निरीक्षण गरेको थियो। गौरीधारा स्थित किराना पसललाई खरिद बिलविजक नराखेको कारण १० हजार जरिवाना गरेका थियौँ। मध्यपुर ठिमीस्थित रेडिमेड तथा थान कपडा उद्योगमा राखेको कारण १० हजार जरिवाना गरेका थियौ । १३ गते दुईवटा फर्महरूमा अनुगमन तथा निरीक्षण गरेका थियौँ। काठमाडौँ स्थित रेडिमेड तथा थान कपडा उद्योगमा २० हजार जरिवाना गरेका थियौँ भने काठमाडौँस्थित एक फर्ममा मूल्य सूची दर्ता प्रमाणपत्र नराखेको कारण ५० हजार जरिवाना गरेका थियौँ। १४ गते विभागको टोलीले ३९ वटा फर्म घरमा अनुगमन तथा निरीक्षण गरेको थियो। सल्लाहगारी स्थित औषधि तथा जडिबुटी फर्ममा खरिद बिलविजक नराखेको कारण २० हजार जरिवाना गरेका थियौ बबरमहल स्थित होटेल तथा रेस्टुरेन्टमा गुणस्तर परिणाम मूल्य नावतलमा हेरफेर गरेको कारण ३ लाख जरिवाना गरेका थियौँ।

नयाँ बानेश्वर स्थित होटल तथा रेस्टुरेन्टमा गुणस्तर परिणाम मूल्य नापतौल हेरफेर गरेको कारण ३ लाख जरिवाना गरेका थियौं ।् १५ गते ३७ वटा फर्म हरूमा अनुगमन तथा निरीक्षण गरेका थियौं। भक्तपुरस्थित एक फर्ममा खरिद बिलविजक नराखेको कारण हजार जरिवाना गरेका थियौं। भक्तपुरकै होटल तथा रेस्टुरेन्टमा खरिद बिल बिजक नराखेको कारण १० हजार जरिवाना गरेका थियौँ। जावलाखेल स्थित होटल तथा रेस्टुरेन्टमा गुणस्तर परिणाम मूल्य नापतौल हेरफेर गरेको कारण ३ लाख जरिवाना गरेका थियौं । ललितपुरस्थित खाद्यवस्तु स्टोरमा २ लाख जरिवाना गरेका थियौँ। नयाँ बानेश्वरस्थित मिठाई पसलमा दर्ता प्रमाणपत्र नराखेको कारण ६५ हजार जरिवाना गरेका थियौँ। शङ्खमूल स्थित एक फर्ममा दर्ता प्रमाणपत्र नराखेको कारण ५० हजार जरिवाना गरेका थियौं । कपन स्थित किराना पसलमा खरिद बिलबिजक नराखेको कारण १० हजार जरिवाना गरेका थियौं। ललितपुरस्थित खाद्यवस्तुमा मिलबिजाक नराखेको कारण ५००० जरिवाना गरेका थियौँ। १६ गते विभागको टोलीले ३३ वटा फर्महरूमा अनुगमन तथा निरीक्षण गरेको थियो।

भक्तपुर स्थित तरकारी तथा फलफुल पसलमा राखेको कारण १० हजार जरिवाना गरेका थियौ । एयरपोर्ट स्थित मदिरा एवं सुर्तीजन्य स्टोरमा अनुगमन गर्दा प्रमाणपत्र नराखेको मूल्यसूची नराखेको कारण ५० हजार जरिवाना गरेका थियौं। एयरपोर्टकै अर्को फर्ममा अनुगमन गर्दा मूल्यसूची नराखेको कारण ५० हजार जरिवाना गरेका थियौं। एयरपोर्टको किराना पसलमा अनुगमन गर्दा दर्ता प्रमाणपत्र मूल्यसूची नराखेको कारण ६० हजार जरिवाना गरेका थियौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित एक फर्ममा अनुगमन गर्दा दर्ता प्रमाणपत्र मूल्यसूची नराखेको कारण ७५ हजार जरिवाना गरेका थियौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित होटेल तथा रेस्टुरेन्टमा दर्ता प्रमाणपत्र र मूल्य सूची नराखेका कारण ७५ हजार जरिवाना गरेका थियौँ। लगनखेल स्थित खाद्य वस्तु मा अनुगमन गर्दा खरिद बिलजक नराखेको कारण १५००० जरिवाना गरेका थियौँ। काठमाफर्म स्थित एक फर्म अनुगमन गर्दा मूल्यसूची दर्ता प्रमाणपत्र नराखेको गुणस्तर परिणाम हेरफेर गरेको कारण ३ लाख जरिवाना गरेका थियौं।

१७ गते विभागको टोलीले २२ वटा फर्महरूमा अनुगमन तथा निरीक्षण गरेको थियो। काठमाडौँस्थित होटल तथा रेस्टुरेन्टमा अनुगमन गर्दा गुणस्तर परिणाम मूल्य हेरफेर गरेको कारण २ लाख जरिवाना गरेका थियौँ।त्यस्तै एयरपोर्टको होटल तथा रेस्टुरेन्ट लाई पनि दुई लाख जरिवाना गरेका थियौं । नयाँ बानेश्वर स्थित एक फर्ममा अनुगमन गर्दा बिजक नराखेको कारण १० हजार जरिवाना गरेका थियौँ। १८ गते विभागको टोलीले ३२ वटा फर्महरूमा अनुगमन तथा निरीक्षण गरेको थियो। लबी महलको रेडिमेड तथा थान कपडा उद्योगमा मूल्यसूची दर्ता प्रमाणपत्र नराखेको कारण ५० हजार जरिवाना गरेका थियौं । न्युरोड स्थित मिठाई पसलमा खरिद बिलबिजक नराखेको कारण २० हजार जरिवाना गरेका थियौं जाउलाखेल स्थित होटेल तथा रेस्टुरेन्टमा हेरफेर गरेको कारण २ लाख जरिवाना गरेका थियौ । मीनभवनस्थित रेडिमेड तथा थान कपडा उद्योगलाई १० हजार जरिवाना गरेका थियौँ। अर्को कपडा उद्योगलाई १० हजार जरिवाना गरेका थियौं । मध्य बानेश्वर स्थित मासुपसल लाई ५ हजार जरिवाना गरेका थियौं।

१९ गते विभागको टोलीले २० वटा फर्महरूमा अनुगमन तथा निरीक्षण गरेको थियो। भक्तपुर स्थित फलफुल तथा तरकारी बजारमा खरिद बिलबिजक नराखेको कारण ५ हजार जरिवाना गरेका थियौ। कालिमाटी स्थित रेडिमेड तथा थान कपडा उद्योगमा राखेको कारण १० हजार जरिवाना गरेका थियौं कालिमाटीकै किराना पसलमा बिल बिजक नराखेको कारण १० हजार जरिवाना गरेका थियौं । रानीवन स्थित रेडिमेड तथा थान कपडा उद्योगमा बिलबिजाक नराखेको कारण १० हजार जरिवाना गरेका थियौं। २० गते ३६ वटा फर्म अनुगमन तथा निरीक्षण गरेका थियौँ। ताहाचल स्थित एक फर्मलाई ५,००० भक्तपुर को एक फर्मलाई ५,००० अर्को फर्मलाई २० हजार हातिवनको मार्ट मिनिमार्टलाई २० हजार काठमाडौँको कस्मेटिक फर्मलाई ७५ हजार दरबार मार्गको होटल तथा रेस्टुरेन्टलाई ३ लाख काठमाडौँको रेडिमेड तथा थान कपडा उद्योगलाई २० हजार जरिवाना गरेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *