एमालेद्वारा ग्रामथान गाउँपालिका अध्यक्षको लागि तीनजनाको नाम सिफारिस

राजनीति समाचार

काठमाडौं । नेकपा (एमाले)ले मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको उम्मेदवारका लागि तीनजनाको नाम सिफारिस गरेको छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि एमाले जिल्ला कमिटीले तीनजनाको नाम प्रदेशमा सिफारिस गरेको हो ।

उपनिर्वाचनका लागि तुलसी विश्वासी, कृष्णकुमार माझी र निर्मला अधिकारीको नाम जिल्लाबाट सिफारिस भएर आएको एमाले कोसी प्रदेशले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *