आईपीएलमा लखनउविरुद्ध दिल्लीको शानदार जित

खेलकुद समाचार

काठमाडौं । दिल्ली क्यापिटलले इन्डियन प्रियमर लिग (आईपीएल)मा विजयी सुरुवात गरेको छ ।

सोमबार भएको आईपीएलको खेलमा आशुतोष शर्मा र विपराज निगमको शानदार ब्याटिङमा लखनउ सुपर जेन्ट्समाथि दिल्लीले एक विकेटको सनसनीपूर्ण जित हात पारेको हो । २१० रनको लक्ष्य दिल्लीले ९ विकेटको क्षतिमा तीन बाल बाँकी रहँदा पुरा गरेको हो । दिल्लीको सुरुवात भने खराब थियो । दुई बलमा दुई विकेट गुमाएको दिल्लीले सात रनमा तेस्रो विकेट गुमाइसकेको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले आठ विकेटको क्षतिमा २०९ रन जोडेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *