काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले कुलमान घिसिङलाई हटाउने कदम गलत आपत्तिजनक रहेको बताएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई हटाएपछि प्रचण्डले सामाजिक सञ्जालमा लेख्दै सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक रहेको बताएका हुन् ।
प्रचण्डले दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दै यसको प्रतिरोध गर्न आग्रह गरेका छन् । देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा उर्जा विज्ञका रुपमा उनको नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको समेत उल्लेख गरेका छन् ।

