कांग्रेसका महामन्त्रीद्वयको योजनाले डा.शेखर समूहको केही बिग्रँदैन । किनकि मौका पाउँदा किसानको आहारा खोस्ने गफाडी काजीको यो भ्रष्ट सरकारप्रतिको समर्थनले युवापुस्ता आक्रामक बन्दै गएका छन् । संस्थापन पक्षबाट उनपी साउद, बालकृष्ण खाँड, डा.प्रकाशशरण महत अब आरजुको चाकडी गरेर पैसा बुझाएर मन्त्री मात्र होइन, देउवा गुटमा बस्ने अवस्था छैन ।
किशोर सिंह राठौर, वीरबहादुर बलायर, मोहन बस्नेतसमेत देउवा गुटबाट डा.शेखरतिर सारिएको भ्रष्टाचारी नायिका सुजाता जोष्ठ समेत डा. शेखरलाई सभापति बनाउने, कोइराला वंशमा पार्टी तान्ने दाउमा छिन् । मौका परे डा. शेखर टिमबाट उपसभापति पदमा चुनाव लडेर एनजिओकी नायिका डा.आरजु देउवालाई पराजित गर्ने दाउ उनको छ । महामन्त्री गगन थापाले जतिसुकै योजना ल्याएपनि र नेतृत्व युवाको भनेपनि बुढाखाडाको पार्टी कांग्रेसले डा.शेखर कोइरालाको पक्ष लिएर भ्रष्ट गगन थापालाई धोका दिने स्थिति देखिन्छ ।