गगनले बनाए छुट्टै टिम

राजनीति समाचार

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशन तोकिएकै समयमा हुन्छ÷हुँदैन ? कांग्रेस महामन्त्री गगन थापा आफ्नो छुट्टै टिम बनाएर व्यवहार देखाउँदै छन् । विगतमा डा.शेखर समूहबाट महामन्त्री पदमा लडेका गगनले प्रकाशमानको टिमबाट महामन्त्री बनेका विश्व प्रकाश शर्मा र डा. शेखर टिमका बद्री पाण्डेलाई उपसभापतिमा राखेका छन् र युवाहरूको हातमा कांग्रेसको नेतृत्व भन्ने नारा दिएका छन् । उक्त टिममा प्रदिप पौडेल, मिन विश्वकर्मालाई महामन्त्रीमा राखिएको छ ।

यदि गगनको भित्री योजना यो हो भने कांग्रेसको संस्थापन पक्षका उदय शमशेर राणा अलपत्र पर्नेछन् । संस्थापनसँग मिलेर सरकारका हरेक ज्यादतीको पक्ष लिएका गगनले अभिव्यक्ति स्वतन्त्रतामाथि लादिएको तरबाररुपी विधेयकको जमेर किन विरोध गरेनन् भन्ने ठाउँ छैन ।
कांग्रेसमा व्यक्तिगत गुट छन् । ती गुटका कृष्ण सिटौला, प्रकाशमान सिंहका छत्रछायाँमा अगाडि बढेका विश्वप्रकाश शर्मा र प्रदीप पौडेल, गगन समूहमा गएको अवस्थामा संस्थापनले अधिवेशन रोक्ने मात्र हो । ०८० मंसिरमा नहोला, ०८२३ कटाउन कानुनतः मिल्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *