विश्वकप च्याम्पियन इटालियन गोलकिपर बफोन नेपाल आउने

खेलकुद समाचार

काठमाडौं । फिफा विश्वकप विजेता इटालीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपर जियानलुजी बफोन नेपाल आउने भएका छन् ।

केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा उनि नेपाल आउन लागेको कपको आयोजकले पुष्टि गरेका हुन् । केपी ओली कपको तेस्रो संस्करण यही फागुन ११ देखि १९ गतेसम्म हुनेछ । भने प्रतियोगिताको फाइनल फागुन १७ गते हुने भएकोले उनले दशरथ रंगशालमा सोही खेल अवलोकन गर्न काठमाडौंमा आउने भएका छन् ।

सन् २००६ को फिफा विश्वकप जितेका बफोनले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनी सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन् । उनले इटलीका लागि ८० खेलमा कप्तानी समेत गरेका थिए ।

बफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका थिए । केपी ओलीकपको तेस्रो संस्करणमा दुई विदेशी ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा क्वाटरफाइनलसम्मका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स तथा सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालमा हुने संघले जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *