काठमाडौं । भुटानमा हुने एएफसी यू–२० महिला एसियन कप छनोट खेल्न जाने नेपाली यू–२० महिला फुटबल टोलीलाई बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार काठमाडौंमा नेपाली यू–२० महिला फुटबल टोलीलाई बिदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, एन्फा महासचसव किरण राई लगायतले बिदाई गरेका थिए ।
भुटानमा अगस्ट ६ देखि ११ सम्म हुने एएफसी यू–२० महिला एसियन कप छनोटमा प्रतिस्पर्धा गर्नेछ । छनौट चरणको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा उत्तर कोरिया, भुटान र साउदी अरेबिया पनि रहेका छन् छन् ।
नेपालको अन्तिम टोली
गोलकिपरः लिला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ
डिफेन्डरः सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई, सीता रोकाया
मिडफिल्डरः कविता गुरुङ, सुसिला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी (कप्तान) , सेनु परियार
फर्वार्डः कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर

