नेपालको कन्ट्री रेटिंगको सूचांक पनि बलियो बन्ने र लगानीको लागि थप वातावरण तयार हुनेप्रति प्रधानमन्त्री ओली विश्वस्त

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलपछि सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघले सन् २०१५, २०१८ र २०२१ मा गरेको मूल्याङ्कनमा नेपालको मानव सम्पत्ति सूचकांक र आर्थिक तथा वातावरणीय जोखिम सूचकांकमा नेपालले प्रगति गरेको पाइएको उल्लेख गरेका छन् ।

साथै प्रधानमन्त्री ओलीले नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुदा अन्तर्राष्ट्रिय छवी उँचा हुने र नेपाल आत्मनिर्भर हुने दिशातर्फ अघि बढेको संकेत भएको उल्लेख गर्दै नेपालको कन्ट्री रेटिंगको सूचांक पनि बलियो बन्ने र लगानीको लागि थप वातावरण तयार हुने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *