मेयर बालेनको हर्कतले देश संकटमा !

राजनीति समाचार

काठमाडौं । यतिबेला काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह शंकास्पद घेरमा परेका छन् । सिंहदरबारमा आगलागी हुँदा उनी भने मुकदर्शक भएर बस्नु नै देशघाती भएको सर्वसाधारण जनताले औल्याउन थालेका छन् । व्यक्तिसँग रिश हुँदा मेयर बालेनले नत घाइतेको उद्दार गरे नत मृतकको सम्मान नै गरे । मेयर बालेनको पहुँच नै होहल्ला बाहेक अरु केही देखिएन । उनले आफैले पेश गरेको प्रमाणित सत्य छैन । राजनीतिक ऊर्जाको अवधारणामाथि मेयर बालेनले प्रश्न उठाउन खोजे । जतिबेला संसद् भंग भयो । किन कि बालेन अराजक थिए । उनले मन्त्रिपरिषद् विस्तार गर्दा पनि विभिन्न खोचे थापेका थिए ।

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बालेनमाथि शंका गर्नु स्वभाविक थियो । किन कि कामनपा वडा नं. ३१ को क्षेत्रभित्रका घटनामा महानगरका १९ वटा बारुण यन्त्र कतै परिचालन गरिएन । जनताको मतबाट निर्वाचित मेयर शाहले प्रतिस्पर्धीको क्षेत्रपाटीस्थित घर जल्ला चासो समेत दिएनन् । सरकार प्रमुृखहरुले पनि खासै ध्यान दिएनन् । राष्ट्रिय सम्पत्तिको नाश हुँदा पनि -यापर मेयर शाहले ध्यान दिएनन् । आज पनि उनी सत्ताको मायामोहको जालमा रमाइरहेका छन् ।

काठमाडौंका मेयरको पारा र प्रवृत्ति आज शंकास्पद छ । किन कि बालेनलाई प्रधान नेपापति, पूर्व राजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्रीको समन्वय नै शंकाको घेराभित्र छ । देश जलेको छ, संकट छाएको छ । तर मेयर शाहलाई कुनै चासो र चिन्ता भएन । किन कि शाह स्थानीय सरकार प्रमुख हुन् । सिंहदरबार उनकै नगरपालिकाभित्र पर्दछ । त्यहाँ एकहप्तासम्म आगो धुँवा आइरहँदा पनि आफ्नो मातहतमा रहेको दमकल प्रयोग गरी निभाउने प्रयाससमेत गरेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *