अबको ६ दिनपछिको आइजीपी को ?

राजनीति समाचार

काठमाडौं । आजको ६ दिनमा नेपाल प्रहरीले नयाँ कमाण्डर पाउँदैछ । आइजीपी पदका लागि तालिम केन्द्रका एआइजी सुदीप गिरी बुढानीलकण्ठको आशीर्वाद खोज्दैछन् भने उपत्यका प्रहरीको टेकबहादुर तामाङ झापाबासी र ससुरा प्रयोग गरी बालकोट दरबारको आशीर्वाद पर्खदैछन् । कार्यक्षमताका आधारमा भन्दा थैलीको बोलकबोल प्रथालाई बढी जोड दिने कांग्रेस एमालेका नाममा यी दुईको प्रचार जति छ, त्यसलाई दबाउन सिआइबीका प्रमुख दीपक थापा सफल हुने चर्चा प्रहरीभित्र छ । थापालाई जहाँ पठाए पनि ऐन र कानुनको दफा पल्टाएर प्रहरीको क्षेत्राधिकार कति भन्ने निश्चित भएपछि मात्र काम अगाडि बढाउने भनिन्छ ।

प्रधानमन्त्री ओली र कांग्रेसकी डा.आरजु जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणलाई ओझेलमा पार्ने गरी अपराध अनुसन्धान ब्युरोले काम गर्दा दुवै जोगिएको कुरा यहाँ लुकाउनु हुँदैन । राजनीतिक रुपमा सत्तापक्ष जतासुकै पहुँच भएको र वरिष्ठतामा पनि अगाडि भएकोले यसपटक दीपक थापाको पल्लाभारी हुने प्रहरीभित्रै चर्चा छ । थापालाई गिरी र तामाङले माओवादी अध्यक्षको सुरक्षा गार्ड बसेको भन्ने गर्छन् । उनीहरु मुलुकमा आएको परिवर्तन र माओवादीकै कारण स्थापित संघीयता समावेशिताको मर्म र भावना बुझ्दैन् । प्रधानमन्त्री ओलीले बयल गाढा चढेर अमेरिका पुगिन्न भन्ने गर्थेे । अहिले भुटानी शरणार्थी काण्डमा मुछिएकी डा.आरजु राणाको पक्षमा लागेको आरो छ ।

नेपाल प्रहरीलाई दलीयकरण गर्ने कांग्रेस र एमाले नै हुन् । आइजीपी बसन्त कुँवरले आफ्नो कार्यकाल पुरा गरी चैत ५ गते अवकाशमा जाँदैछन् । उनका ब्याची एआइजी दीपक थापा बढुवामा पनि अगाडि भएकोले सबैसँग समन्वय गरेको कारण कुँवरपछि उनैलाई सरकारले आइजीपी बनाउने आंकलन धेरैले गर्छन् । तर नीति हराएको कुनै सिद्धान्त र दर्शनले मार्गनिर्देशन नगरेको केवल लुटतन्त्रलाई महत्व दिनेहरूको शासन चलेको बेला विश्व पोखरेललाई एमाले करार गरेर धिरजप्रताप सिंहलाई आइजीपी बनाए जस्तै भयो भने लोकतन्त्रको राम्रै नमुना नेपाल प्रहरीमा लागु भयो भन्ने मान्नुपर्दछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *