नेपालमा राजतन्त्र प्यारो कि गणतन्त्र ?

राजनीति समाचार

काठमाडौं । संगठन छैन, तर पूर्वपञ्चहरूको प्रदेश भेलामा देवत्वकरण गरिएका अध्यक्ष राजेन्द्र लिङ्देनको लागि अब दुर्गा प्रसाईंहरू जम्मा गरिदिने आधार भएका छन् । प्रसाईले लघुवित्त तथा सहकारी पीडितका बारेमा बोल्दा साथ नदिने राप्रपालाई संसदीय अपरिपक्वताको निशाना बनाए हुन्छ । संविधान संशोधन गर्न दुई तिहाई जनमत आवश्यक पर्ने देखिन्छ । ठूला दुई दलको प्रतिनिधि सभाको दुई तिहाई राष्ट्रिय सभामा बहुमत पु-याउन उपेन्द्र यादवको खुट्टा मोलेर सर्तहरु झेल्नुुप-यो ।

राप्रपाले एक्लै चुनाव जितेको क्षेत्र र गाउँ छैन, त्यसले आफ्नो पार्टीका दस्तावेजमा संवैधानिक राजतन्त्र भनेको भएतापनि राजनीतिक एजेन्डा बिनाको घोषणा पत्रको कुनै अर्थ देखिँदैन । सरकारको आत्मबल नहुँदा सिंहदरबार र बालुवाटारको चौघेराभित्र कैद भएको शासकीय व्यवहार नाङ्गिएको मौकामा राप्रपाका नाममा पूर्व राजावादी चम्किनु नौलो होइन । अहिले सबै दलमा पार्टीका अध्यक्षलाई देवत्वकरण गरिएको छ । आफ्नो तस्बिरले ब्यानर र तुल भरिभरा हुँदा आत्मप्रशंसा देखिने मात्र हो ।

जसका बारेमा राप्रपाले खेती गरेको छ, उसैलाई आफ्नो कारण गुमेको गद्दी फिर्ता हुने विश्वास छैन । जब २०६३ सालमा संसदको दुईतिहाइले राजतन्त्र खारेज गरेर अन्तरिम संविधानको व्यवस्था गर्यो, त्यो बेला आफ्ना लागि निर्मल निवास र नागार्जुन दरबार रोजेका ज्ञानेन्द्रसँग राप्रपाकै कमल थापाले राम्रै पैसा खाए, तर राजेन्द्रहरूले पाएनन् । थापालाई गीता छोएर पार्टी विभाजन नगर्ने सपथ खाँदा जति राजतन्त्र प्यारो थियो, आज छैन । त्यसै कारण उनले सूर्य चिन्ह किनेर चुनाव लडे, तर सफल भएन भने राजेन्द्रहरूको चुमचुम व्यवहारले केही गर्ने अवस्था देखिदैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *