महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं हाजिर हुँदा कर्मचारीले तलब पाउने

वाग्मती प्रदेश समाचार

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले रोकिएका कर्मचारीको तलबका लागि तोक लगाइदिएका छन् ।
शुक्रबार कार्यालय समय सुरु हुनासाथ गुरागाईंले कर्मचारीको तलबका लागि तोक लगाइदिएका हुन् ।

महानगरपालिकाका एक उच्च तहका कर्मचारीका अनुसार, आगामी सोमबारसम्म तलब हात पर्नेगरी गुरागाईंले शुक्रबार तोक लगाइदिएका हुन् । यसअघि गत पुस ७ गतेदेखि बिदामा बसेका गुरागाईं बिहीबार कार्यालयमा हाजिर गर्न पुगेलगत्तै महानगरमा केहीबेर तनाव भएको थियो ।उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो ।

तर, कर्मचारीहरूले उनलाई रोक्न नदिँदै र्काकक्षसम्म पुर्‍याएका थिए । गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो । त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन भएको थियो ।

यस्तो अवस्थामा आफूहरूले तलबसमेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका थिए । यस्तो अवस्थामा शुक्रबार प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले तलब लिनका लागि तोक लगाइदिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *