राजा महाराजाको जस्तो मन्त्रीका पिएहरुको जीवनशैली

राजनीति समाचार

काठमाडौं । देखिने गरी आम्दानीको स्रोत केही छैन तर जीवनशैली छ राजा महाराजको शैलीलाई पनि बिर्साउने । मन्त्रीको पिए हुँदैमा कहाँबाट बर्सन्छ होला पैसा ? यस्तै जीवनशैलीका कारण पछिल्लो समय विद्यार्थी आन्दोलनप्रति विश्वास टुट्दै गएको छ । पछिल्लो समय ओली नेतृत्वको सरकारका केही मन्त्रीका सचिवालयमा रहेका यस्तै व्यक्तिहरुको चर्चा गरिदैंछ । मन्त्रालयको राजनीतिक नेतृत्व मन्त्रीले गर्दछन् । सचिवको नेतृत्व प्रशासनिक काम हुने गर्दछन् ।

तर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भने ठीक उल्टो देखिएको छ । यस अघि मन्त्रीको सचिवालयमा बसेर चल्तापूर्ता कहलिएका विवेक घिमिरे अहिले राजश्व अनुसन्धान कार्यालयमा पुगेर चल्तापूर्ता बनेका छन् । विवेक यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा थिए । त्यहाँ बाट उनी दामोदर भण्डारीको सचिवालमया पुगेका हुन । तर मन्त्रीलाई वाइपास गरी सरुवादेखि अन्य काममा जोडिएपछि उनलाई सामान्य प्रशासनमा पठाइएको थियो । विवेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुदै अहिले वुटवलस्थित राजश्व अनुसन्धान कार्यालयको प्रमुखको जिम्मेवारीमा छन् ।

त्यहाँ अहिले हर्ताकर्ता छन्,गोविन्द गिरी । गिरी वैतडीका हुन । हालैमात्र विवाह बन्धनमा बाधिएका छन् । काठमाण्डौंको बौद्धस्थित बौद्ध हेरिटेजमा नेतासहितलाई भोज आयोजना गरेका थिए । गोविन्दका बुवा पूर्व कर्मचारी हुन । उनै गिरीको विवाहको चर्चा र परिचर्चा अहिले अखिलमा मज्जैसँग हुने गरेको छ । गाँउमा समेत भोज दिएपछि महाभोज चाँहि मंसिर १५ गते साँझ काठमाण्डौंको बौद्धस्थित बौद्ध हेरिटेजमा कक्टेलसहितको भोज दिएका थिए ।

उनको बिहेमा ८४ व्यञ्जन थियो । झण्डै २५ लाख खर्चेर यता विवाहको पार्टी दिएका थिए । गोविन्दले निजामती कर्मचारी र ब्यापारीहरुलाई समेत निम्त्याए । गोविन्दले सुनमा समेत धेरै लगानी गरेको देखियो । विद्यार्थी आन्दोलनमा लागेका, देखिने पेशा–ब्यवसाय केही नभएकाको बिहेमा यत्रो तामझम गर्ने खर्च कसरी आयो होला भन्दै अहिले अखिलका कर्मचारीहरु नै प्रश्न गर्दैछन् । उद्योगमन्त्री दामोदर भण्डारीको पीएको भूमिकामा रहेका उनी सिटिईभिटीका उत्पादन हुन ।

नवलपरासीस्थित मदिराको स्तरोन्नति गर्दा १५ लाख उठाएको आरोप छ,उनीमाथि । उनको विवाहको पार्टीमा समेत कुनै ठूलो उद्योगीको लगानी रहेको चर्चा गरिँदैछ । उसो त मन्त्रीभन्दा पनि स्वकीयहरु तगडा भएको यो मात्र घटना होइन । यस अघि सामान्य प्रशासन मन्त्री रहेका राजेन्द्र श्रेष्ठका स्वकीय राजेन्द्र श्रेष्ठका स्वकीय सचिव दिलिप पटेलले आर्थिक चलखेल गरेर कर्मचारी खटाएको आरोप लाग्यो । यस्तै उनी अघिका लालबाबु पण्डितका स्वकीय सचिव ओशिष आलमले कर्मचारीलाई विभिन्न बहानामा थर्काएर रकम असुली गर्ने गरेको र सरुवा, बढुवा तथा कारबाहीबाट जोगाउन भन्दै कर्मचारीसँग करोडौं रुपैयाँ उठाएको भन्दै किक हानेर मन्त्रीले आउट गरेका थिए । अहिलेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताका स्वकीय शिव पटेलले समेत यसैगरी खुलेआम रकम उठाइरहेको चर्काे आलोचना हुँदा समेत मन्त्रीले उनैलाई संरक्षण गरिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *