जेन जेडको आन्दोलन र वलीदानले दलहरु हच्चेका छन तर परास्त भएका छैनन् । दलका शीर्ष नेताहरु हेर्दै र कुर्दैको अवस्थामा घात लगाएर बसेकाछन । जेन जेडको जित भईसकेको छैन अझ पनि जेन जेड संघर्षरत नै छन ।राजकिय सत्तामा अझ पनि नेपाली काँग्रेस राष्ट्रपति रामचन्द्र पौडेल नै कुण्डली मारी बसेकाछन भने पूर्व काँग्रेसी सुशिला कार्की नेपालको प्रधानमंत्री भएकीछिन । बिगतमा उहाँ नेपालको प्रधानन्यायधिश हुँदा नेपाली काँग्रेसले भनेको नमाने पछि उहाँ बिरुद्ध महाअभियोगको प्रश्ताव सम्म ल्याएका थिए । त्यसैको दबाब थेग्न नसकेर प्रधानमंत्री सुशिला कार्कीले आफ्नो प्रन्याको कार्यकाल पुरा नै गरी राजिनाम दिन बाध्य भएकी थिईन । त्यसपछि दलहरुका बिरुद्ध उहाँले आक्रमण सुरू गरी काली चण्डी कै रुप देखाउँदै आएकी थिईन । त्यसैको बदौलत जेन जेडको भरोषा जित्न सकेर प्रधानमंत्री जस्तो शक्तिशाली पदमा आरुड भएकीछिन ।
भनेको जस्तै पद पाएपनि सोपदमा बसेर काम गरी देखाउनु पर्ने हुन्छ तर एक महिना पुरा हुन लाग्दा पनि कुनै ठोश नीतिहरु बनाउन वा निर्णयहरु लिन सुशिला कार्की सरकारले सकीरहेको छैन । उता जेन जेड माथि पनि नेपाली जनताको दबाब दिनदिनै बढेर गईरहेकोछ । केही ठोश कामहरु गरी नेपाली जनतालाई जेन जेडले देखाउनु नै पर्ने हुन्छ । नत्र नेपाली जनताको मन बदलिन केहि बेर लाग्ने छैन ।अहिले जेन जेडको कामलाई हाईहाई भनीबसेका नेपाली जनताले जेन जेडलाई वाईवाई गरी दलको पक्षमा जिन्दावादको नारा लगाउन कुनै बेर लगाउने छैन । जेन जेडलाई दलहरुबाट ठुलो खतरा छ किनकि दलहरुको साथमा तयारी संगठन छन ।
युवा संघ, युथ फोर्स र वाईसियल जस्ता खुँखार गुण्डाहरुले नेतृत्व गरेको लडाकु संगठन तयारी हालतमा छन । दलका शीर्ष नेता देखि लिएर नेताहरु सम्म पनि अपराधिक दिमाग भएकाहरु मात्रै छन । तीन प्रमुख दलहरुको बिगतको इतिहासलाई हेर्दा उहाँहरु पहिले अपराधी भएको पुष्टी हुन्छ । आम नेपाली जनताको टाउको काट्ने देखि लिएर निस्हत्था बालक महिलाहरुलाई खुकुरीलेरेती मार्ने सम्मको अपराध दलका शीर्ष नेताहरुको हातबाट सम्पन्न भएका छन । दलहरुको तुलनामा जेन जेड कतै पनि बराबारी नभएकाले टिक्दैनन् । जेन जेडले आफ्नै शीरको वली चढाएर दलहरुलाई केहि समय सत्ता बिमुख त बनाउन सफल भएको छ तर यो कुनै पनि हालतमा दीर्घकाल टिक्ला जस्तो लाग्दैन । दलहरुको मतियारहरु राजकिय सत्ताको हरेक गलियारामा तयारी हालतमा भएकाले जेन जेडलाई तिनीहरुले कहिले पनि फूलमालाले स्वागत गर्ने छैनन् ।
दलहरुका शीर्ष नेताहरु र नेताहरु सबै नेपाली राजनीतिको खलिफा हुन भने जेन जेडका बालकहरु नेपाली राजनीतिको सन्दर्भमा सबै आलाकाँचा छन । विद्यमान नेपालको राजनीतिक अवस्थामा दलहरु र जेन जेड बिचको लडाई बराबरीको छैन । कुनै पनि बेला जेन जेड माथि दलहरु हाबी बन्न सक्छन र नेपालको विद्यमान राजनीतिक अवस्था उल्टिएर पुरानै अवस्थामा फर्किने संभावना तड्कारो रुपमा छ । हाललाई नेपाली जनताको समर्थन जेन जेडको पक्षमा छ तर जेन जेडले के बुझ्नु पर्छ भने यस्तो अवस्था सदाकाल कायम रहने छैन । नेपाली जनताले सत्तामा भएकाहरुबाट जनताको पक्षमा तिब्र डेलीभेरी चाहन्छन यदि त्यसो हुन सकेन भने चाँडै निरास भएर अन्य विकल्पहरुको खोजीमा लाग्छन ।
जेन जेडले भ्रष्टचारी र अपराधी दलका शीर्ष नेताहरु र अन्य नेताहरुलाई सत्ताबाट हटाएर मात्र पुग्दैन । उहाँहरु सबैलाई उहाँहरुले गरेको भ्रष्टाचार र अपराधको मात्रा अनुसार कानुनको कठघरामा उभ्याएर सजाय पनि दिन सक्नु पर्छ । अहिलेको माहोल कस्तो भएको छ भने जो चोर उसकै ठुलो स्वर भनेको झै दलका शीर्ष नेताहरु र अन्य नेताहरुले नै जेन जेडको राज्य सत्तालाई हल्लाउने र थर्काउने काम थालीसकेका छन । दलका शीर्ष नेताहरु र अन्य नेताहरु आफैले बिगतमा राज्य सत्ताको तरमारी बसेर गरेका भ्रष्टचार र अपराधको सजाय भोग्न तयार छैनन् ।
दलहरुको सुशासन नेपाली जनताले भोगेको देखेको नै हो । सुशासन गर्छौ भनेर नेपाली जनता सित भन्ने अनि राज्यसत्तामा पुगेपछि सुशासन होईन सुसु गर्दै हिड्ने । यस्ता दलहरु र तिनका शीर्ष नेताहरु देखि नेपाली जनता वाक्कदिक्क भएका हुँदा जेन जेडले दलहरुलाई सत्ताबाट फाल्दा न्यायप्रेमी नेपाली जनताले ठुलो राहत महसुस गरेका थिए । दलहरुले नेपाली जनतालाई यो र त्यो बाहानामा हदै सम्मको सकस दिएका थिए । हावादारी राष्ट्रिय परिचयपत्रको परियोजना लागु गरी नेपाली जनतालाई दलहरुले अति दुस्ख दिएको थियो ।
बिदेशी सित मिलेर दलहरुले नेपाली जनतालाई दिएको दुस्खको फेहरिस्तधेरै लामो छ । त्यस्तै नेपाली जनतालाई धेरै दुस्ख दिएको परियोजना गाडीमा इम्बोष्ड नंवर प्लेट राख्ने पनि हो । यो हावादारी परियोजनाले गर्दा नेपाली जनताले अति दुस्ख पाउनको साथसाथ धेरै समय र पैसाको लगानी पनि गर्नु परेकोछ । बिदेशी दलालहरु सित दलका दलालहरु मिलेर यस्तै फाल्तु परियोजनाहरु बनाएर नेपाली जनतालाई दुस्ख दिनको साथ पैसा पनि लुट्ने गर्दै आएका थिए ।
दलहरुले भ्रष्टचारको बिरोधगरी पारदर्शी बनाएर नेपालमा भ्रष्टचार रोक्न महत्वपूर्ण भूमिका निभाएको सामाजिक सञ्जाललाई समेत प्रतिबन्ध लगाउने प्रयास गरेका थिए तर जेन जेडको आन्दोलनले गर्दा उहाँहरुको त्यो दुष्ट अभिष्ट पुरा हुन पाएन । दलहरुले ल्याएका साईवर कानुन अझ पनि खारेज भएको छैन । दलहरुले त्यहि साईवर कानुन लगाएर भ्रष्टाचारको बिरोध गर्ने गराउनेहरुलाई झुटा मुद्दा लगाएर दुस्ख दिने गर्दै आएका थिए । सामाजिक सञ्जाललाई नियमन गर्ने अध्यादेश विधेयक पनि ओली(देउवा सरकारले ल्याएका थिए तर अब त्यो स्वतस् खारेज हुने अवस्थामा पुगेको हुँदा नेपाली जनतालाई कुनै खतरा छैन ।नेपालको सन्दर्भमा उग्रदक्षिणपंथी र उग्रवामपंथी दुबै राजनीतिक धार उपयुक्त छैन । यसबाट नेपाल राष्ट्रको अस्तित्वलाई जोगाउन सकिन्न ।
नेपाली जनताको भविष्यलाई पनि यस्तो राजनीतिक व्यवस्थाले सुनिश्चित तुल्यउन सकिदैन । त्यसकारण नेपाली जनताले बिचको सन्तुलित राजनीतिकबाटोलाई रोज्नु पर्ने हुन्छ । नेपालको सन्दर्भमा उक्त संतुलित राजनीतिकबाटो भनेको संवैधानिक राजतंत्र नै हो । नेपालमा उग्रवामपंथीधारको उपस्थिति बलियो छैन । कम्युनिष्ट नामधारी दलहरु सबै पुँजीवादलाई अपनाएर उग्रदक्षिणपंथी कित्ताको नेपाली काँग्रेस संगै उभिन पुगेकाछन । यस्तो राजनीतिक अवस्था भनेको झन असन्तुलित राजनीतिक अवस्था हो । कुनै पनि सशक्त वामपंत्री राजनीतिक दलको उपस्थिति नेपालको राजनीतिमा नभएकाले सबै दलहरु उग्रदक्षिणपंथी दलहरुको पंक्तिमा नै खडाभाएर पालैपालो सत्तामा आरोहन गरी नेपालको अस्तित्वलाई खतरा बनेको थियो ।
नेपाली जनताको भविष्य त दलहरुको वैदेशिक रोजगार नीति कै कारण पहिले देखि नै खतरामा परीसकेको नै छ । नेपाली जनता नै नेपालमा नबस्ने भएपछि नेपाल भन्ने राष्ट्र पहिले नै खतरामा परीसक्यो । नेपाली जनताले खाली छाडेको ठाउँ भर्नको लागि अब नेपालमा को कताबाट आउँछन रु नेपालको जनसंख्यालाई सन्तुलित बनाईराख्ने नेपालको आफ्नै कुनै नीति वा योजना पनि छैन । खुला सीमाना भएको हुँदा भारतबाट नेपाल तिर आउटमाईग्रेसन हुने संभावना छ । त्यसैगरी भारत कै मार्ग भएर अन्य मुलुकका नागरिकहरुले पनि नेपाल तिर आउटमाईग्रसन हुन सक्छन । नेपालको आफ्नै जन्मदर पनि घटेर खतराको सीमानामा पुगीसकेको अवस्था छ ।
नेपाली युवा युवतीहरु बिदेशमा पलायन भएको हुँदा बिबाह गर्ने र बच्चा जन्माउने सामाजिक प्रणाली नै प्रभावित भईसकेको छ । बिबाह गरेकाहरुले पनि धेरै बालबच्चाहरु जन्माएर आफैलाई लफडा बढाउन चाहेका छैनन् । दुई सम्म सन्तान भएपछि त्यतिमा नै रोकेर बसेका जोडीहरुको संख्य नेपालमा दिनदिनै बढेर जाने क्रममा रहेकोछ । नेपाल माथि आईपरेको यस्तो प्राकृतिक खतरा प्रति दलहरु कहिले पनि संवेदनशील बन्न सकेन ।
त्यसैले दलका नेताहरुले मानव तस्करी गर्ने कंपनीहरु नै खोलेर नेपालबाट ठुलो संख्यामा नेपाली युवायुवतीहरुलाई वैदेशिक रोजगारीमा पठाउने व्यापार नै थाल्यो ।स्वदेशमा नै ठुलो संख्यामा रोजगारी दिने सरकारी उद्योगहरुलाई बेच्दै वा बन्द गर्दै लगेर दलहरुले बिदेशी प्रभूलाई खुशी तुल्याएर आफैलाई नव उदारवादी स्वतंत्र बजार अर्थतंत्रको ठुलो हिमायती भएको कुरा विदेशी प्रभूको सामु सावित गर्नको लागि कुनै पनि कसर बाँकी राखेनन् । पुँजीवाद प्रति समर्पनको परिणाम के निस्कियो भन्ने कुरा सबैको सामु खुला पुस्तक झै प्रष्ट नै छन । बिदेशी ऋण लिनको लागि दलहरुको सरकारले बिदेशी प्रभूको दलाल गिरी गर्न आफ्नै युवाजनशक्तीलाई कौडीको भाउमा बिदेशीको गुलामी बजाउनको लागि कमिसन सलामी लिएर बेचीदिए ।
यस्ता दलहरुबाट नेपाल राष्ट्र र नेपाली जनतालाई बचाउनको लागि जेन जेडले ठुलो वलीदानी दिएको हुँदा नेपाली जनता संधैका लागि जेन जेडको ऋणी भएकाछन । समग्रमा भन्दा नेपाली जनता र जेन जेडको सत्रु भनेको दलहरु नै हुन । दलहरु बाटै नेपाली जनता र जेन जेडलाई धेरै ठुलो खतरा छ । उक्त खतराबाट सुरक्षित हुनको लागि नेपाली जनता र जेन जेडले आपसी सामन्वय गरी लक्ष्मण रेखा कोरेर दलहरुबाट हुन सक्ने खतराको प्रतिकार गर्नुपर्छ । दलहरु अहिले घाईते भएको हुँदा बदला लिने उद्देश्यको साथ शक्ति संचय गरी बसेकाछन ।कुनै पनि बेला दलहरु जेन जेड माथि आईलाग्ने भएको हुँदा नेपाली जनताले आईलाग्ने बिरुद्ध जाईलाग्ने योजनाको साथ प्रतिरोधको लागि सदा तत्पर भएर बस्न जरुरी छ ।
