अहिले नेपालको राजनीतिक सन्दर्भमा कुरा गर्दा खेरी अग्रगमनकारी शक्ति भनेको बालेन, रबि, हर्क र दुर्गा नै हुन । उहाँहरुको तुलनामा हाल शत्तामा कुण्डली मारी बसेका बुढो गोरुहरु झै देखिने दलका शीर्ष नेताहरु नै प्रतिगमनकारीहरु हुन । पटक पटक नेपालको प्रधानमंत्री भएर पनि नेपाल राष्ट्र र नेपाली जनताको लागि राम्रो काम गरी उदाहरणीय बन्न नसकेका दलका भ्रष्ट शीर्ष नेताहरु नै अहिलेको नेपालको राजनीतिक सन्दर्भमा प्रतिगमनकारीहरु हुन भन्दा कुनै झुटो बेलेको ठहरिन्न । युवापिढीलाई कसै गरेपनि सत्ता सुम्पन नचाहाने दलका भ्रष्ट शीर्ष नेताहरुले नेपाल राष्ट्रको सुन्दर भविष्यलाई नै बन्धक तुल्याएका छन ।
नेपालमा जति मेहनत मजदुरी गरे पनि भर पेट खान नपाउने हालत उत्पन्न भएपछि नेपालका युवापिढी अहिले संसार भर आफ्नो सुन्दर भविष्य खोज्दै भौतारी रहेकाछन । यो क्रममा कतिपय युवाहरुले ज्यानै सम्म पनि गुमाउनु परेको छ भने कतिले राम्रै कमाई गरी आफुले पनि भरपेट खाएका छन् र नेपालमा आफ्नो घर कुरी बसेका परिवारजनलाई पनि राम्रै व्यवस्था गर्न सफल भएका छन् ।
दलका शीर्ष नेताहरुले नेपालको युवापिढीलाई आफ्नो राजनीतिक सुन्दर भविष्यको लागि खतरा भएको मान्दै तिनीहरुको व्यवस्थापन गर्नको लागि वैदेशिक रोजगारी नीतिको साहारा लिएका छन । यसो गर्दा दलका शीर्ष नेताहरुको लागि दोहोरो फाईदा हुन गयो । पहिलो फाईदा नेपाली युवापिढीलाई विदेशीको गुलाम बनाईसेकेपछि उसबाट दलहरुको राजनीतिक सत्ताको लागि कुनै चुनौती भएन । दोस्रो फाईदा के भयो भने आफैले खोलेका म्यानपावर कंपनीहरुबाट युवा युवतीहरुलाई विदेश पठाएर नाफा र कमिसन खान पाएका छन । साथै विदेशी रोजगारीमा गएकाहरुले नेपालमा आफ्नो परिवारजनको पालन पोषणको लागि नियमित पठाउने गरेको रेमिट्यान्सबाट दलका नेताहरुको लागि सत्तामा टिकी बस्नको लागि अति आवश्यक विदेशी मुद्राको आपूर्ति निरन्तर भईनै रहेकोछ । दलहरुले नेपाली युवाशक्तिको यस्तो व्यवस्थापनले गर्दा आजभोली नेपालका गाउँवस्तीहरु सुनसान भएकाछन र कामदारको अभावले गर्दा खेतवारीहरु बाँझै छन ।
गाउँ वस्तिमा बुढा बाउआमाहरु परदेशी छोराको आगमनको लागि बाटो हेरी घर कुरी बसेकाछन भने नेपालको स्कुलहरु, कलेजहरु र विश्वविद्यालयहरुमा पढ्ने बिद्यार्थीहरुको अभाव देखिन थालेको छ । प्रतिदिन नवजात शिशुहरुको जन्म दर पनि पहिलेको तुलनामा घटेर ३०० भन्दा तल झरीसकेको छ । नेपालबाट बिदेशिएका पहिलो पुस्ताले घरमा बुढा बाउआमा छाडी गएको हुँदा यदाकदा फाटफुट नेपाल आउने र उहाँहरुको भरण पोषणको लागि रेमिट्यान्स पनि पठाउने गरेका छन । तर वैदेशिक रोजगारीमा गएकाहरुले उतै स्थायी बसोबास र घरजम गरी जन्मेका दोस्रो पुस्ताका नेपालीहरु भने नेपाल त्यसरी नआउने र अहिलेको जसरी नेपालमा रेमिट्यान्स पठाउने पनि छैनन् ।
यसरी नेपालको लागि भ्रष्ट दलका शीर्ष नेताहरुले ल्याएको वैदेशिक रोजगार नीति महाखतरा बन्दै गएको अवस्था नेपालमा विद्यमान छ । केही वैदेशिक रोजगारीमा गएका नेपाली युवापिढी नेपालमा नै केही गरी देखाउँछौ भनी नेपाल फर्केका पनि छन तर त्यसको संख्या नगण्य नै छ । उदाहरणको लागि रबि लामिछानेलाई नै लिन सक्छौ उहाँ अमेरिकामा राम्रो कमाई गरीरहेको भएता पनि नेपालमा सुधारको काम गर्छु र दीन दुखी पीडित नेपाली जनताको सेवा गर्छु भनेर नै फर्केका थिए । त्यसै गरी नेपालको राजनीतिमा सक्रिय भएर लागेका अन्य सीताराहरु पनि छन । उहाँहरुले सुरुमा नै नेपालको राजनीतिमा प्रवेश गरेका थिएनन् । सुरुसुरुमा उहाँहरुले दीनदुखी नेपाली जनताको सेवालाई आफ्नो प्राथमिकतामा राखेका थिए । तर गर्दा भन्दै जाँदा नेपालको अवस्था अनुसार राजनीतिमा नलागि समाज सेवाको काम प्रभावकारी ठंगबाट गर्न नसकिने कुरा उहाँहरुको समझमा आयो ।
फलस्वरुप समान सोच राखी विदेशबाट नेपाल फर्केकाहरुले मिलेर राष्ट्रिय स्वतन्त्र पार्टीको गठन गरे । नेपाली जनता नेपाली काँग्रेस, एमाले र माओवादी दलहरुले गरेको भ्रष्टाचार र अपराधजन्य कामकार्यबाहीहरु देखि वाक्क दिक्क बनेर राजनीतिक विकल्प खोजी रहेको बेलामा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भएकाले नेपाली जनताले उक्त नयाँ राजनीतिक दलालाई सहस्र स्वीकार गरेको कुरा गत आम निर्वचनमा रास्वपाले पाएको सफलताले स्पस्ट पारेको छ । आम चुनाव आउनु भन्दा ३ महिना अगाडि खोलेको राजनीतिक दलले एकै चोटी नेपालको चौथो ठुलो राजनीतिक दल भएर देखाईदियो ।
पुराना स्थापित राजनीतिक दलहरुका बिच पनि त्यसको राजनीतिक शंकेत र खतरालाई बुझेर नै उक्त नयाँ राजनीतिक दलसित सत्ता साझेदारी गर्न हानाथाप नै चल्यो । तर हाल आएर नेपालको राजनीतिक सत्ताको समिकरणमा निकै ठुलो फेरबदल आएपछि नाङ्लो ठट्टाएर हात्ती धपाउने काम एमाले दलका शीर्ष नेता प्रधानमंत्री ओलीले सुरु गरेकाछन । प्रयोजित भ्रष्टाचारको आरोप लगाएर महाभ्रष्टाचारी दलका शीर्ष नेताहरुले नै भ्रष्टाचारको बिरोध गर्दै दीन दुखी नेपाली जनताको सेवा गर्दै आएका रबिलाई जेलमा हाल्ने प्रयास भईरहेको छ । नेपालको यस्तो अवस्था देखेपछि विदेशबाट नेपाल फर्किएर नेपाल राष्ट्र र नेपाली जनताको सेवा गर्न चाहेकाहरु पनि हच्किएका छन । नेपालमा जेनतेन पेटपाली बसेका युवाहरुलाई पनि यस्तो राजनीतिक प्रतिसोधको घटनाले वैदेशिक रोजगारीमा नै जानको लागि प्रेरित तुल्याएको छ । नेपालमा मरी मरी काम गरे पनि भर पेट खान सकिने कमाई हुँदैन ।
जहिले पनि पैसाको समस्या र आर्थिक तंगीमा नेपाली जनता जुधी रहनु परेको नै छ । एक आङ राम्रो लाउँ र एक छाक होटलमा गएर राम्रो सित पेट भरी खाउँ भन्न सक्ने आर्थिक आम्दानी पनि नेपाली जनताको छैन । नेपाली जनताले जति सुकै कडा मेहनत गरेपनि रातभर दिनभर घोटिएपनि बढो कठिनले पेट भर खान पाउँलान तर जीनयापनको लागि चाहिने आर्थिक उन्नती नेपालमा कहिले पनि गर्न सक्ने संभावना छैन । नेपालमा नेपाली जनता राजनीतिक रुपले स्वतन्त्र भएपनि आर्थिक रुपमा कहिले पनि स्वतन्त्र हुन सक्दैन । बहुमत नेपाली जनता जहिलेपनि अभावको जिन्दगी जीउन बाध्य छन । मन परेको चीज खान र लाउनको लागि बहुसंख्यक नेपाली जनताले दशै जस्तो चाडबाड कुर्नै पर्ने हुन्छ । दशैंमा ऋणपान गरेर भए पनि नेपाली जनताले राम्रो खाने र राम्रो लाउने कोसिस गर्दछन । यस्ता नेपाली जनताको पक्षमा बोल्ने र नेपाली जनतालाई पीडाबाट मुक्त पार्न मूर्त कोसिस गरीरहेका दुर्गा प्रसाई, बालेन, राबि र हर्क जस्ता नयाँ पुस्ताका नेताहरुलाई पुराना पुस्ताका नेताहरुले देखिसहेनन् ।
अग्रगमन र पश्चगम राजनीतिक अन्तर्द्वान्द्वको र भौतिकवादको कुरा गर्नेहरुले नै अग्रगमनकारी नयाँ पुस्ताका नेताहरुको किन यसरी खोईरो खन्दैछन ? यो सबै देखे पछि के नेपाल राष्ट्र र नेपाली जनताको हित चाहाने नयाँ पुस्ताका नेताहरु नेपाल फर्कर नेपालमा काम गर्न तयार होलान ? यो सब प्रश्नहरुको जबाफ नेपाली जनतालाई सत्तामा मह काढेर बसेका दलका शीर्ष नेताहरुले चित्त बुझ्ने र बुझाउने गरी जबाफ दिएको हुनैपर्छ । नेपालको राजनीतिक सत्तामा कुण्डली मारी बसेका दलका शीर्ष नेताहरु यतिबेला प्रतिगमनकारीको भूमिका निर्बाह गर्दैछन भने दुर्गा प्रसाई, बालेन, रबि र हर्क जस्ता साना दल वा दलै नभएका स्वतन्त्र नेताहरु अग्रगमनकारीको भूमिकामा छन ।
नेपाली जनतालाई भेडो भन्ने अनि सार्वजनिक सम्पत्ति नाफाखोर दलाल व्यापारीहरु र व्यावसायहरु सित मिलेर अपचलन गर्नेहरु नै वस्तविक रुपमा प्रतिगमनकारीहरु हुन । दलका शीर्ष नेताहरुले नेपालको राजकिय सत्ता सम्हालेको ३६ बर्ष बित्दा पनि दलका शीर्ष नेताहरु भ्रष्टाचार र अपराधको दलदलमा नै लटपटिएर बसेकाछन । त्यहाँबाट निस्किएर नेपाल राष्ट्र र नेपाली जनताको उद्धार गर्नको लागि कर्तव्यपरायण भएर काम गर्नु त कता हो कता असल सोच सम्म पनि देखाएका छैनन् ।
जहिले पनि आफै खाउँ आफै लाउँ भनेर राजनीति गर्दै आएका दलका शीर्ष नेताहरु वास्तवमा मूर्ख नै हुन । यति बेला नेपाली जनता दलहरुले फैलाएको भ्रान्तिको पछाडि लागि राजतन्त्रलाई हटाएकोमा पश्चताप गर्दैछन । औंलो दिंदा डिडुलो निल्ने भनेको झै दलहरुले राजतन्त्रको साथ साथ नेपाली जनताले परपूर्वकाल देखि मान्दै आएको वैदिक सनातनी हिन्दूधर्मलाई नै चट पारी दिए । यस्ता सडयन्त्रकारी दलका शीर्ष नेताहरुले नेपालको भविष्य नै मानिएको नयाँ राजनीतिक दल नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीको नेता रबि लामिछने लगायत अन्य स्वतन्त्र नेताहरु बालेन, हर्क र दुर्गा प्रसाईलाई तह लगाउने राजनीतिक कसरत गर्दैछन । त्यतिले पनि नपुगेर कर्तव्यपरायण कुलमान जस्तालाई पदमूक्त गर्न प्रयासरत छन । नेपाली जनताले यो कुरा सबै धर्यताको साथ हेरीरहेको हुँदा भेडो भनेर हेप्नेहरुलाई नेपालबाटै खेद्नको लागि खोला, पहिरो, बाढी, हुरी बनेर जाई लाग्न तयार छन । नेपाली जनता सबै अग्रगमनकारी नेताहरु बालेन, रबि, हर्क र दुर्गाको नेतृत्वमा गोलबन्द भएर प्रतिगममनकारी भ्रष्ट दलका शीर्ष नेताहरुलाई डाँडा कटाउने तयारीमा लागेकाछन ।
भ्रष्ट नाफाखोर दलाल तस्कर व्यापारीहरु र व्यवसायिहरुको पृष्ठपोषक दलका शीर्ष नेताहरु खासगरी एमाले शीर्ष नेता प्रधानमंत्री ओलीले सार्वजनिक रुपमा नै दान भन्दै १ अर्ब पर्ने ११ रोपनी जग्गाको साथै ४७ करोड नगद घुष लिने व्यवस्था मिलाएकाले भ्रष्टाचारजन्य आर्थिक अपराध भएको प्रमाणित हुन्छ । नेपाल सरकारको प्रधानमंत्रीले नै यस्तो भ्रष्टाचार गरेपछि नेपालमा उहाँ माथि कार्यबाही चलाउन सक्ने सरकारी निकाय छैन त्यसैले नेपाली जनता आफै नै तातिएर उहाँको बिरुद्ध जनकार्यबाही चलाउनु पर्ने बाध्यात्मक अवस्था नेपालमा श्रृजना भएको छ ।