मन्त्रीहरुको यस्तो छ धन्दा

राजनीति समाचार

काठमाडौं । कांग्रेस र एमाल सरकार बनेको ३ महिनाभन्दा बढि पार गरिसक्दा सर्वसाधारण जनताको लागि कुनै माखो मार्ने काम गरेका छैनन् । सरकारका मन्त्रीहरु देश र जनताको हितमा काम गर्नेभन्दा पनि कर्मचारी सरुवा गर्ने, सेटिङ मिलाउने र कमिसन खानमै व्यस्त देखिन्छन् । एमालेले सम्हालेका मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालय कृषि र उद्योग जस्ता मन्त्रालय सम्हालेका छन् । सो मन्त्रालयका मन्त्रीहरुले काम गर्न सकेका छैनन् । संघीय मन्त्रालयका मन्त्री रामकुमार गुप्ताले कर्मचारी समायोजन सरुवा गर्नेदेखि लिएर कमिसन लिने, आफ्ना कार्यकर्तालाई जागिर खुवाउने थलो बनाएका छन् ।

संघीय मन्त्रालयमा कर्मचारीहरुको गाईजात्रा छ । कर्मचारी समायोजन गर्नुपर्ने भन्दै संघीय मन्त्रालयको आँगनमा कर्मचारीहरुको भिड देखिन्छ । मन्त्री र सचिवको कुनै अत्तोपत्तो छैन । भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री बलराम अधिकारी सेटिङ गर्न आफ्ना भाइ मनोज अधिकारीलाई खटाएर भुमाफियासँग साँठगाँठ गरेर कमिसन खाइरहेका छन् । त्यस्तै, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी पनि उद्योगी व्यापारहरुसँग साँठगाँठ गरी कमिशनमा व्यस्त छन् भने उद्योग विभागमा कर्मचारी सरुवा गरेर व्यापारीहरुसँग बारगेनिङ गरिरहेका छन् । भण्डारी मन्त्री भएपछि बन्द भएका क्रशर उद्योग बालुवाखानीहरुलाई खुलाएर मोटो रकम असुलेको बताइन्छ ।

बालुवा खानी जताततै खोलाको किनारमा बालुवाखानी सञ्चालन गर्ने र बगरको बालुवा निकाल्ने परम्पराले गर्दा बाढिपहिरोले धनजनको क्षति पु¥याउँदै आएको छ । त्यसलाई रोकथाम गरी नियन्त्रण गर्नुपर्ने ठाउँमा उल्टै कमिशनको भरमा बालुवाखानी र क्रसर उद्योगलाई सञ्चालनमा ल्याउन सकेका छैनन् ।
उता, कांग्रेसले सम्होलेका मन्त्रालयका मन्त्रीहरु पनि बदनाम हुदैँ गएका छन् । गृहमन्त्री रमेश लेखकले गृहमन्त्रायलाई चलायमान बनाउन सकेका छैनन् । त्यसैगरी, संस्कृति पर्यटन नागरिक उद्यान मन्त्रालयका मन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रलाई व्यवस्थान गर्न र चलायमान बनाउन सकेका छैनन् ।

हवाइ माफियाहरुले टिकटको भाडा बढाएका छन् । एयरपोर्ट बन्द गराएर भैरहवा र लुम्बीनी पोखराको विमानस्थलाई प्रयोग गर्ने नाममा हवाइ माफियाहरुसँग कमिशन लिन मन्त्री व्यस्त छन् । त्यस्तै, परराष्ट्रमन्त्री डा. आरजु राणाको त कुरै नगरौ । डा. आरजु परराष्ट्र मन्त्री भएपछि अनेका फण्डा ल्याएर चर्चा कमाएकी छिन् । त्यस्तै, जलस्रोतमन्त्री दिपक खड्काले पनि जलस्रोतसम्बन्धी कुनै नितिनियम बनाएर लागु गर्न सकेका छैनन् । उल्टै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन खोज्दा विवादमा तानिएका छन् ।

विद्यतु प्राधिकरणले विद्युतको बक्यौता उठाउनको लागि उद्योगी व्यापारीहरुसँग हारगुहार गर्दापनि व्यापारीहरुले विद्युतको महशुल तिर्न आनाकानी गरिरहेका छन् । कांग्रेस र एमालेका मन्त्रीहरुले यस्तो धन्दा चलाइरहँदा प्रधानमन्त्री केपी ओली मुकदर्शक भएर बसेका छन् । हुदाहुँदा कोशी प्रदेशका कानुनमन्त्री लिला बल्लभ अधिकारी मानव तस्करीमा मुछिएपछि प्रहरीले हतकदी लगाएको छ । प्रहरीले हतकदी मात्र लगाएको छैन एमाले पार्टीको नै बद्नाम हुन पुगेको छ । एकातिर मन्त्रीको यो हालत छ भने अर्काेतिर प्रधानमन्त्री केपी शर्मा ओलीले तस्कर र माफिया मिन बहादुर गुरुङसँग ११ रोपनि जग्गा पार्टीको भवन निर्माण गर्नलाई लिएको जग्गाको विरोध भएपछि उल्टै प्रधानमन्त्री बद्नाम भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *