प्रधानमन्त्री ओली शुत्र नै शत्रु

राजनीति समाचार

काठमाडौं । वामपन्थीहरुलाई शत्रु बनाएर कांग्रेससँग सत्ता एकता गरेका प्रधानमन्त्री ओलीले पछिल्लो पटक राप्रपा र रास्वपालाई शत्रु बनाएका छन् । विगतमा वाम गठबन्धन हुँदापनि झापा २ मा राप्रपाका राजेन्द्र लिङ्देन र केपी ओलीको गठबन्धन भएको हो । अबको चुनावमा एमाले र राप्रपा भन्दा ठाउँअनुसार रास्वपाले माओवादी राप्रपासँग गठबन्धन गर्ने सम्भावना बलियो बन्दैछ ।

चौथो कार्यकालमा प्रधानमन्त्री ओली देशको बिग्रँदो अर्थतत्न्त्र सुधारको बाटोमा छैनन् । बरु शत्रु बढाउँदै छन् । धितोपत्र बोर्डको नियुक्ति पैसामा भएकोे छ । प्रम ओलीले प्रत्येक मन्त्रालयमा हस्तक्षेप गरेर प्रधानमन्त्री कार्यालय केन्द्रीत गर्न थालेका छन् । शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयको गुणस्तर बढाउने योजना बनाउँदै गर्दा प्रधानमन्त्रीले आफ्नै मातहत विज्ञ राखेर निजी क्षेत्रका शैक्षिक माफियाहरूको स्वार्थअनुसार योजना बनाउँदै छन् । प्रधानमन्त्रीले भ्रष्टाचारको कारबाही पर्ने नागरिक उडयन प्राधिकरणका प्रदीप अधिकारीको संरक्षण गरेका छन् ।

पर्यटन मन्त्रीले अधिकारीमाथिको छानबिनलाई आधार बनाएर हटाउन चाहेका थिए । माओवादी अध्यक्ष प्रचण्ड समेत अधिकारीको संरक्षक भएका थिए । छोरी गंगा दाहालको स्वकीय सचिव रमेश मल्लले तत्कालीन पर्यटन मन्त्रीहरु हितबहादुर तामाङ र सुदन किराँतीलाई काम गर्न लगाएका थिए ।

अधिकारीमाथि ८ अर्ब ५३ करोड भ्रष्टाचार काण्ड लागेको छ । तर अख्तियारले समेत छानबिन नगरी फाइल दबाएको छ । ओली सरकार भ्रष्टाचार र माफियाकरणसँग जोडिएर जनतामाथि दोहन गर्दैछ भने कांग्रेसको तर्फबाट मन्त्री भएकाहरूले स्वतन्त्रतापूर्वक आफ्नो मन्त्रालयको काम गर्न नपाएको बताइरहँदा डा. शेखर र सभापति देउवा मौन बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *