काठमाडौं । पार्टीमा सामूहिकता तोडेर व्यक्ति केन्द्रित निर्णय र अवसर खोज्ने खेल बढेपछि नेकपा एमाले बनेर टिकिरहेका नेताहरूसमेत सरकारका गतिविधिबाट टाडिँदै छन् । अध्यक्ष ओली पार्टी संस्थापकहरूको ख्याल नगर्दा एमालेको पक्षमा विगतमा जुन प्रकारको जनलहर थियो, आज छैन । अध्यक्ष एवं प्रम ओलीले गरेका निर्णय जबरजस्त पार्टीकरण भएका छन् । स्वार्थका लागि त्यस्ता निर्णयहरू कार्यान्वयन हुन सक्छन्, तर जसको स्वार्थ जोडिन्छ, उ चम्कन्छ । प्रधानमन्त्रीले असक्षम मन्त्रीले ठाउँ नओगट्ने भनेका छन् ।
पछिल्लो समयमा प्रधानमन्त्री चार भाइको घेराबन्दीमा छन् । महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, प्रदिप ज्ञवाली, राजन भट्टराई जोडिँदा हिजो बालुवाटारबाट बालकोटसम्म सवारी चलाउने महेश बस्नेतहरू टाढिँदै छन् । ठाउँ त महेशहरूको आफ्नै गृह जिल्ला भक्तपुरको पार्टी इन्चार्ज सम्मको छ, तर यसपटकको सत्ता महेशहरुका लागि पनि पाच्य भएन । राजनीतिक नियुक्तिका लागि संगठनको सिफारिस समेत आवश्यक नपर्ने स्थिति अहिले नै खडा गरियो, जुनबेला एमाले भनेकै केपी र केपी भनेकै एमालेको रुपमा रुपान्तरण गरिन्थ्यो ।
ओलीको दोस्रो कार्यकालमा सांसद अपहरण गरी जसपा फुटाउने योजनाका नाइके थिए महेश बस्नेत । उनको राजनीति धादिङकी शोभा पाठकले सिध्याइदिइन् । एमालेका कृपासुर शेर्पा, शेरधन राई, ऐन महर, गुलाबजंग शाह महिला काण्डले कमजोर बन्दै गएका छन् । अध्यक्ष ओलीले जुन नेतालाई जहाँ जे पद पाएका छन् समय आएपछि खोस्ने र अलपत्र पार्ने भित्री योजना बनाएको चर्चा एमालेमा व्यापक छ ।