दलहरुको निकम्मापनले गर्दा प्रतिगामीहरु हावी हुँदै

राजनीति समाचार

काठमाडौं । नेपालका कम्युनिस्टहरु टुट र फुटमा सीमित हुँदै गएका छन् । त्यसको फाइदा उठाउँदै स्वतन्त्रका नाममा प्रतिगामीहरु जुरमुराउन थालेका छन् । एकताका नेकपा माओवादी केन्द्रले साम्यवादको हवाला दिँदै देशलाई तहसनहस बनाएको थियो । संसदीय प्रणाली ठिक छैन भनेर हवाला दिँदै आएको माओवादी एकाएक संसदीय दलदलमा फसेपछि व्यक्तिगत सम्पत्ति आर्जन गर्ने कमाउधन्दातिर उन्मुख हुन थाल्यो ।

माओवादीका शीर्ष नेताहरु नै नातावाद र सम्पत्ति आर्जनमा होमिएपछि देशमा झन् विकृति, विसंगति झागिँदै गयो । त्यसको असरले मुलुक भ्रष्टाचारमा भुर्लुम्म डुब्न पुग्यो । माओवादीको सिको सिक्दै अन्य वामपन्थी दलहरु पनि कमाउधन्दा लिप्त हुन थाले । कांग्रेस पनि त्यसमा अछुतो रहेन । नेपालका वामपन्थीहरु कमाउधन्दामा लागेपछि स्वतन्त्रका नाममा प्रतिगामीहरुको उदय हुन पुगेको छ । त्यसको फाइदा उठाउँदै काठमाडौंमा बालेन शाह, धरानमा हर्क साङपाङ, धनगढीमा गोपी हमाल र केन्द्रीय राजनीतिमा रवि लामिछानेको उदय भएको छ ।

काठमाडांंैमा बालेन शाह, धरानमा हर्क साङपाङ र केन्द्रमा रवि लामिछानेको जति चर्चा छ त्यसको तुलनामा धनगढीका मेयर गोपी हमालको चर्चा कम छ । यी चर्चित पात्रमध्ये रवि लामिछाने सहकारी ठगीदेखि विभिन्न अवैध काण्डले चर्चाको शिखरमा पुगेका छन् । यस्ता पात्रले चर्चा पाउनुमा दलहरुको निकम्मापन नै काफी छ । लामो समयदेखि राष्ट्रिय राजनीति हाँक्दै आएका दलहरुको यस्तै रवैया रहिरहन हो भने आगामी २०८४ को निर्वाचनमा यिनै उत्पट्याङहरुको हावी हुने देखिन्छ ।

राजनीतिक दलहरु निक्ममा बन्दै जाने र यस्तै उत्पट्याङ व्यक्तिहरु हावी हुने हो भने देश झन् अधोगतितिर धकेलिने देखिन्छ । त्यसलाई रोक्नको लागि पनि राजनीतिक दलहरु खासगरी एमाले, कांग्रेस र माओवादी संयम भएर अगाडि बढ्न जरुरी छ । यदि यी तीन लोकतान्त्रिक ठूला दलहरु एकले अर्कोलाई सिध्याउने खेलमा लाग्ने हो भने लोकतन्त्रनै धरापमा पर्ने देखिन्छ । त्यसको लागि पनि सत्तापक्ष र प्रतिपक्ष कांग्रेस, एमाले र माओवादी ठूला तीन दल एक भएर देश र जनताको काम गर्नुपर्ने बेला भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *