मन्त्रीको टसलले सचिवहरु सरुवामा

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कर्मचारीले काम नगरेको गुनासो गरेपछि सरकारले बरन्डामा थन्किएर बसेका केहि कर्मचरी र सचिवहरुलाई सरुवा गरेको छ । श्रम तथा रोजगार मन्त्री शरद सिंह भण्डारी र श्रम सचिव मुकुन्द निरौलाबीचको समन्वय भूमिका हँुदा हुँदै मन्त्री भण्डारीले सचिवलाई सरुवा गरेका छन् । श्रम मन्त्रालयमा प्रधानमन्त्री कार्यालयमा रहेका पुष्कर हरि कर्णलाई ल्याइएको छ । केहि समय अघिदेखि सचिव निरौला र मन्त्री भण्डारीको टसल हुन पुगेको थियो ।

त्यहि टसलका कारण मुकुन्दलाई सार्वजनिक खरिद ऐनको कार्यालयमा सरुवा गरिएको छ । सचिव निरौला र मन्त्री भण्डारीबीचको लेनदेनमा कुरा नमिलेपछि उनलाई सरुवा गरिएको थियो । पहिला निरौला र मन्त्री भण्डारीको सम्बन्ध राम्रो भएको बखत स्वदेशदेखि विदेशसम्मसँगै घुमघाम गर्ने र सोमरसमा रमाउने मन्त्री र सचिव हुन् । मन्त्री भण्डारीले सचिवलाई अधिकांश मेनवापरबाट महिनावारी उठाउन आदेश दिएपछि मन्त्री र सचिवको सम्बन्ध चिसिदै गएको थियो । सचिव निरौला पनि ‘हुन्छ मन्त्री ज्यू’ भन्दै बारम्बार झुठ्ठा आश्वाना दिने र काम नगर्ने भएकाले मन्त्री भण्डारी सचिव निरौलाको कामप्रति असन्तुष्ट भएपछि निरौलाको सरुवा गरिदिएका छन् । सचिव निरौला पनि आफै मात्र खान र खुवाउन माहिर व्यक्ति हुन् ।

निरौलाको सचिवालयमा मेनपावर सञ्चालकदेखि बिचौलियाहरुको भीड लाग्ने गरेको थियो । तीनै बिचौलिया र मेनपावरका सञ्चालकहरुलाई सचिवको गोप्य कोठामा लगि मिटिङ भनि घन्टौसम्म अलमलाउने र बेलुका भएपछि उनै मेनपावर र बिचौलियासँग सेटिङ गरी सोमरसमा रमाउने गर्दथिए । त्योसँगै निरौलाको खल्ती पनि राम्रैसँग भरिभराउ हुने गरेको स्रोतको भनाइ छ । सचिव निरौलाको चाला पनि मन्त्री भण्डारीले थाहा पाएपछि उनलाई सरुवा गरिएको हो । त्यसैगरी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राम कुमार गुप्ता र सचिव भरद मणि सुवेदीको टसलले गर्दा विगत चार महिना देखि सघिय मन्त्रालयमा भाँडभैलो हुदै आएको थियो । मन्त्री र सचिवको टसलले गर्दा कर्मचारी सरुवा बढुवामा समेत असर परिरहेको थियो ।

मन्त्री र सचिवको टसलले गर्दा संघिय सचिव भरद मणि सुवेदीलाई निर्वाचनमा आयोगमा सरुवा गरिएको छ भने निर्वाचन आयोगका रविलाल पन्तलाई संघिय मामिला तथा सामान्य मन्त्रालयको सचिवमा ल्याइएको छ । त्यसैगरी संस्कृत पर्यटन तथा नागरिक उड््डयन मन्त्रालयमा मन्त्री बद्री पाण्डे र सचिव गणेश प्रसाद पाण्डेको विगत केहि महिनादेखि राम्रो सम्बन्ध नभएको र सचिवले काम गर्न नसकेको आरोप लगाउँदै सचिव गणेश प्रसाद पाण्डेलाई महालेखाको नियन्त्रणको कार्यालयमा सरुवा गरिएको छ भने महालेखाका विनोद प्रकाश सिंहलाई पर्यटन मन्त्रालयमा ल्याइएको छ ।

यी मन्त्री र सचिवकै टसले गर्दा संघिय मामिला तथा सामान्य प्रशासन, श्रम तथा सुरक्षा रोजगार मन्त्रालय र संस्किृत पर्यटन तथा नागरिक उड््डयन मन्त्रालय जस्ता महत्वपूर्ण मन्त्रालयमा विकास निर्माणका कामदेखि कर्मचारी सरुवा–बढुवामा खेलोफड्को हुने र सर्वसाधारणको काम नभएको कारण देखाएर सचिव सरुवा गर्नुपरेको स्रोतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *