प्रकाश लामाको ‘झ्यालैमा बसीे’ गीतको म्युजिक भिडियो

मनोरञ्जन समाचार

काठमाडौं । गायक तथा संगीतकार प्रकाश लामाको नयाँ गीत ‘झ्यालैमा बसीे’ सार्वजनकि भएको छ । उक्त गीत लामाले आफ्नै अफसियल युटुब च्यानलमार्फत् सार्वजनकि गरेका हुन् । ‘झ्यालैमा बसीे’ बोलको उक्त गीतमा शब्द कुमार स्याङबाको रहेको छ भने संगीत प्रकाश लामाको रहेको छ ।

गीतमा चर्चित गायक दीपक लिम्बु र अर्की ख्यातीप्राप्त गायिका सुवानी मुक्तानले स्वर दिएका छन् । युवराज वाइबाको निर्देशनमामा बनेको म्युजकि भिडियोमा प्रमोद के खड्काको कोरियोग्राफी रहेको छ भने आनन्द सिंह र दिप्ती गुरुङको प्रमुख अभिनय रहेको छ । म्युजिक भिडियो इडिटिङ र कलरमा विकास दाहाल रहेका छन् भने सो गीतमा सुजता गुरुङ निर्माता रहेकी छिन् ।

गायक तथा संगीतकार प्रकाश लामाले ९० को हाराहारी गीतमा संगीत भरिसकेका छन् । लामाका यसअघि सार्वजनकि गीत सबै चर्चित रहेका थिए । त्यसलाई आँकलन गर्दा ‘झ्यालैमा बसीे’ नामक नयाँ गीतले पनि दर्शक, स्रोतको मन जित्न सक्ने संगीतकार लामाको दाबी छ । लामा युवापुस्ताका ख्यातीप्राप्त गायक तथा संगीतकारको रुपमा चिनिन्छन् । लामाको झ्यालैमा बसीलगत्तै अर्को गीत बजार ल्याउन र संगीत भर्नमै व्यस्त देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *