काठमाडौं । यसपटक सुदूरपश्चिमीको जोड सशस्त्रमा चलेन । भानु देउवाका ज्वाईं एसएसपीहरू दिपेन्द्र कुँवर, प्रबन्ध होम ज्ञवाली, प्रशासन डीएसपी महेन्द्र हमाल समाज कल्याण कोषले गृहमन्त्री रमेश लेखकलाई राम्रै दबाब दियो । तर थैली दिएन । गृहमन्त्री आशमा थिए । चार डिआइजीले प्रतिव्यक्ति एक वर्षे कार्यकाल थप गर्न १-१ करोड छुट्याए । कांग्रेसका कमल गिरी, शम्भु सुवेदीले ज्ञानेन्द्र कार्की मार्फत गणेश ठाडा मगर र कुलबहादुर नेम्वाङले ल्यापटपवादी नेता विष्णु रिमालमार्फत बोरा बुझाएपछि पुस २३ गते राति बसेको मन्त्रिपरिषद् बैठकले त्यही निर्णय ग-यो, जुन निर्णयले चारजनाको म्याद एक वर्ष थप भयो ।
सशस्त्रमा एआइजी बन्ने दौडमा लागेर पैसा खर्च गर्न नसक्ने डिआइजी किशोर प्रधान माघ दोस्रो साता बिदा हुनेछन् । कांग्र्रेसका बिमलेन्द्र निधिदेखि भानु देउवा, राप्रपाका पशुपति शमशेर राणासम्म सम्बन्ध गराएर एआइजी बनाउने बलियो सुत्र प्रधानलाई बोकेर दौडिएको थियो । तर डिआइजी प्रधानको फुर्सदमा नेताका घर चाहार्ने अवस्था थिएन । व्यवहारमा लोभी जहाँ गयो त्यहाँ एक्लै लुट्ने बानी परेका प्रधान पशुपति बाहिनी बलम्बुमा कार्यरत छन् ।
एक वर्ष म्याद थप गर्न चारजना डिआइजी ठाउँको ठाउँ उपस्थित भए तर प्रधान गणेश ठाडाले कसलाई भेट्छ कहाँ जान्छ उसैको जासुसीमा सक्रिय भए । आफ्ना लागि साथ दिनेहरूलाई नोकर सम्झिए । प्रधानको व्यवहारले बाबु ध्रुव प्रधानको कांग्रेसी लिगेसी समेत कमजोर रह्यो । प्राविधिक डिआइजी किशोर एआइजी बन्ने रहर गरेर सशस्त्रबाट बिदा हुने भ्रष्टाचारीका रूपमा परिचय बनाएर जागिरबाट अवकाश हुँदैछन् ।