काठमाडौं । धनराज गुरुङ कांग्रेसका उपसभापति भएकाले सरकारले कुनै लेखाजोखा गरेन । लाज पनि लजाउँछ । एमालेले नेता सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पत्नी गंगा गौरीशंकर सहकारी लुटमा सरिक हुँदा छानबिनको नाटक ग¥यो । मञ्जुले कारोबारमा मुछिन् । अहिले एमाले र कांग्रेस चोखा अरु दोषी भन्ने छ ।
प्रधानमन्त्री केपीको चाल पार्टीमा पच्दैन । हनुमानको घेरा ठूलो छ । भ्रष्ट धेरै उनकै हुन् । यिनले कहाँ, कसरी र कस्तो व्यवहार गर्छन्, त्यो त छर्लङ्ग छ । यही बेला रास्वपाका भ्रष्ट सभापतिको विषय चर्चामा छ । त्यो चर्चालाई चिर्नकै लागि सरकारले आफ्ना बचाउने अरुलाई फसाउने रहेको छ ।
सरकारको समृद्धि र विकास यही हो किनकि संसद बोलाएको छैन । अध्यादेशबाट देश चलाइँदै छ । विधेयक अधिवेशनको खाँचो नहुने भएपछि यो सरकार संविधान र कानुनभन्दा माथि छ कि छैन प्रश्न उठ्नुपर्छ । तर नागरिक समाज कहाँ छ ?