स्याबास प्रहरी धन्न सरकार

राजनीति समाचार

काठमाडौं । सत्ता पक्षका जोसुकै हुन्, उनीहरुले गरेका अपराधको अनुसन्धान गर । तर जाहेरी गर्दा नाम नपाएर कांग्रेस एमाले सरकारको शुद्धता यहाँ धेरै छ । यो सरकार आफ्नालाई बचाउने अरुलाई फसाउने मूल उद्देश्यबाट प्रेरित छ । त्यसैकारण संसदको सार्वजनिक लेखा समितिका अध्यक्ष एवं सांसद ऋषि पोखरेल नैतिक आचरणमा परेनन् ।

उनका प्रियले ३८ लाख ८० हजार पच पारेर पक्राउ पुर्जी खाँदैछन् । तर कांग्रेसका गृहमन्त्रीले उपसभापति धनराज गुरुङलाई नाटकीय बयान लिन लगाए । तर सांसद माया राईलाई कतै पनि छुन दिएनन् । २ अर्ब ६५ करोड हिनामिना भएको स्वर्ण लक्ष्मी सहकारीकी पूर्व सहसचिव राईलाई जोगाउनैपर्छ । किनकि सरकार र सत्ता भनेकै यो बेला जरुरी पर्छ । जुनबेला आफ्नाले अपराध गर्छन् ।

प्रहरीले नपाउनु सत्ताको खेल हो । आफ्नालाई जोगाएर अरुलाई फसाएर गणतन्त्र सुदृढ गर्ने चलन प्रधानमन्त्री केपी ओलीको हो । राईका बारेमा छानबिन गर्ने सिआइबीमा दीपक थापा प्रमुख छन् । कांग्रेसी प्रवक्ता आइजीपी बसन्त कुँवरको पदावधि पछिका आइजीपी उनै हुन् । सबैतिर समान दुरी राख्ने एआइजी थापाको समूह प्रहरीभित्र व्यवसायी टिम भनिन्छ । तर किरण बज्राचार्य, भीम ढकाल बिदा भएका बेला आउने नयाँ टिमको चलखेल सहकारी ठगहरू बचाउने तर्फ नहोला भन्न सकिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *