यति बेला सिरियामा घटेको घटनाले संसारलाई अचम्म तुल्याएको छ । पचास बर्ष भन्दापनि पुरानो असद परिवारको शासन सिरियामा समाप्त भएको छ । सिरियाको सत्ता विपक्षी लडाकुहरुको हातमा गएपनि तुरुन्तै त्यहाँ शान्ति स्थापना होला जस्तो छैन । त्यहाँ यतिबेला राष्ट्रको सम्पत्तिको बिनास र लुटपाट चलीरहेको छ । ग्लोबल राजनीतिको प्रभावले गर्दा त्यहाँ सहजै शान्ति कायम होला जस्तो छैन । सोभन्दा पहिले त्यहाँ ठुलै काट मार र रगतको खोला नै बग्ने संभावना बढेरे गएको देखिन्छ । ग्लोबल राजनीतिको प्रभाव यस्तो पनि हुनसक्छ भनी सबैले बुझ्न जरुरी छ । ग्लोबल राजनीतिको प्रभावलाई कसरी राष्ट्रको हितमा ल्याउने भन्ने बारे राष्ट्रको नेतृत्व गरीरहेको व्याक्ति वा दल साह्रै नै चनाखो हुन जरुरी छ । सिरियाको राष्ट्रपति असद प्लेन चढेर भागे पनि उहाँको अहिले सम्म कुनै अत्तो पत्तो लागेको छैन । उहाँ चढेर भागेको रुसी कार्गो विमान दुर्घटनामा परेको हो वा बिद्रोहीहरुले गोली हानी गिराएको हो भन्ने बारे प्रष्ट समचार आएको छैन ।
एकथरी राजनीतिक बिश्लेशकको अनुसार उहाँ चढेको रुसी विमानलाई अमेरिका वा ईजारायलले रकेट हानी खसालेका हुन पनि सक्छ भन्दैछन । यसैगरी बंगलादेशका तत्कालिन नेतृ शेख हसिना पनि हेलीकप्टर चढेर भागेकी थिईन र अन्तिममा उहाँ दिल्ली पुगेकी र सकुशल रहेकी समचार प्राप्त भएको थियो । श्री लंकाका पूर्व राष्ट्रपतिले पनि त्यहाँका जनताले सत्ता कव्जा गरेपछि सैनिक विमान चढेर पहिले मालदिप पुगेका थिए र त्यहाँ केही दिन बिताएर उहाँ सिंहापुरमा सरण लिन जानु भएको थयो । नेपालमा पनि ग्लोवल राजनीतिको प्रभावको साथसाथ क्षेत्रिय राजनीतिको पनि ठुलो प्रभाव फैलिएको छ । नेपालमा सक्रिय दलका नेताहरु कोही कताबाट र कोही कताबाट परिचालित छन । खासगरी भन्नु पर्दा नेपाली काँग्रेसका शीर्ष नेता देउवा पति र पत्नी अमेरिका द्वारा नेपालमा परिचालित छन । त्यसै गरी नेपाली काँग्रेसका युवानेता गगन थापा पनि अमेरिका नै पुगेर तालिम प्राप्त गरीसके पछि निकै प्रभावित भएको मानिन्छ । उहिले नेपाली काँग्रेसलाई भारतको प्रभावमा रहेको मानिएता पनि अहिले अमेरिका द्वारा ज्यादा प्रभावित छन भन्ने कुरा नेपाली काँग्रेसको ताजा नीतिहरु र शिद्धान्तले प्रष्ट तुल्याएको छ ।
भारतको नेपालमा यो दल वा त्यो दल भन्ने छैन किनकि नेपाली आम जनता भारत सित आर्थिक, धार्मिक साँस्कृति र सामाजिक रुपले नै परपूर्व काल देखिन नै घनिष्ट भएर जोडिएका छन । यो घनिष्टता यस्तो छ कि कुनैपनि ग्लोवल राजनीतिबाट सोप्रभावित हुन सक्दैन । भारतले क्षिमेकी मुलुकहरुमा भईरहेको ग्लोवल राजनीतिक प्रभावलाई खासै वास्ता गरेको देखिन्न । श्रीलंकामा त्यत्रो राजनीतिक परिवर्तनको घटना भयो तर भारतले आर्थिक सहायता मात्रै पठाएर त्यहाँका पीडित जनताको घाउँमा मलहम लगाउने काम गर्यो ।
त्यस्तै बंगलादेशमा शेख हसिनाको सत्तालाई हस्तक्षेप गरी टिकाउने प्रयासपनि भारतले कहिले पनि गरेन । बंगलादेशमा राजनीतिक निकास होस भन्दै भारतले शेख हसिनालाई भारतमा नै सरण दियो जुन काम गर्न अमेरिकाले समेत मानेको थिएन । अहिले बंगलादेशका हिन्दूहरुको सुरक्षाको लागि भने भारत संवेदनसिल बन्दै गएको देखिन्छ । नेपाली जनता र नेपाल राष्ट्र सानै भएपनि बंगलादेशका हिन्दूहरुको संरक्षण गर्नको लागि वुलण्द आवाज नउठाई चुपलागी बस्नु मिल्दैन । नेपालमा चीनको राजनीतिक प्रभाव इतिहासिक काल देखि नै कायम रहेको छ । खासगरी तिव्बत र नेपालको युद्धमा चीनको सहायाता लिएर नेपालमा तव्बतले आक्रमण गरेको कुरा इतिहासमा उल्लेख छ ।
तिव्बती राजाको आक्रमणबाट नेपाललाई बचाउनको निमिक्त तत्कालिन नेपालका राजा अंसुबर्माले आफ्नै छोरी राजकुमारी भृकुटीलाई तिव्वतका राजा स्रङ चङ गम्पो सित बिबाह गरीदिएका थिए । नेपालमा आक्रमण गरी नुवाकोट सम्म आईपुगेका चीनियाँ बादशाहाको सेना सित पनि सन्धी गरी नेपालको राजधानी काठमान्डौलाई चीनियाँ कव्जा हुनबाट बहादुर शाहाले जोगाएका थिए । त्यसै संधीको मातहतमा चीनियाँ बादशाहालाई नेपालबाट भेट पठाउने परम्परा राणाकाल सम्म पनि कायम नै रहेको कुरा नेपालको इतिहासमा उल्लेख गरिएको छ । नेपालका विभूती मानिएको तत्कालिन समयको प्रख्यात कालीगढ ( आर्किटेक्चर ) अरनिको समेत चीनमा पुगेर चीनियाँ बादशाहाको निर्देशनमा त्यहाँको पेगोडाशैलीको घर, मन्दिर र दरवारहरु बनाएका थिए ।
आज पनि चीनको राजधानी वेजिङमा नेपाली आर्किटेक्चर अरनिको प्रभाव जीवन्त रही नै रहेको देखिन्छ । यस्तो इतिहासिक संबन्ध भएको चीनको राजनीतिक प्रभाव नेपालमा नहुने कुरै भएन । त्यो पनि यस्तो बेला जबकि चीन विश्वको दोस्रो आर्थिक महाशक्तिको रुपमा उदय भईसकेको अवस्था छ । चाँडै विश्वको पहिलो आर्थिक महाशक्ति बन्ने होडमा चीन लगातार अगाडि बढी नै रेहेको छ । म्यानुफ्याक्चरीङको क्षेत्रमा अहिले पनि चीन विश्वको पहिलो सुपरपावर बनी नै सकेको छ । यस्तो शक्तिसाली राष्ट्र चीनको ग्लोवल राजनीतिमा नै ठुलो प्रभाव फैलिसकेको छ ।
चीनको बोर्डर रोड ईनिसिएटिभ परियोजना भनौ वा कार्यक्रमले पनि चीनको विश्वमा बढीरहेको प्राभावलाई झनै बढाउने काम गरी नै रेहको छ । नेपालमा च्याउसरी उम्रिएका कम्युनिष्ट पार्टीहरुले पनि चीनको प्रभाव नेपालमा फैलिएको तर्फ ईंगित गर्दछ । हालको शक्तिसाली नेपाल कम्युनिष्ट पार्टी माओवादीको नाम पनि चीनियाँ महान नेता माओत्सेतुङ सितै जोडिएको छ । कम्युनिष्ट आचरण नभएका र त्यस्तो अभ्यास पनि नगर्नेहरुले पनि आफुलाई क्रान्तिकारी र नेपाली जनताको मूक्तिको लागि हिमायती भएको देखाउन कम्युनिष्ट नाम राख्ने गरेका छन । नेपालको सन्दर्भमा को सच्चा कम्युनिष्ट र को नक्कली कम्युनिष्ट भनी छुट्याउन निकै कठिन छ । एउटा कुरा भने के पक्का हो भने नीति र शिद्धान्तले नेपालका कम्युनिष्टहरु सबै पुँजीवादी नै हुन ।
तसर्थ नेपालमा सच्चा कम्युनिष्ट पाउनको लागि सिला नै खोजी हिड्नु पर्ने हुन्छ । चीन तर्फ लाईन लागेर नेपालको कम्युनिष्ट नेताहरु जाने गर्दै आएका छन । साथै आफ्ना छोराछोरीहरुलाई पनि चीनियाँ सरकारले नेपाली जनताको लागि भनी उपलव्ध गराउँदै आएको छात्रवृत्तिमा निशुल्क पढाउने गरेका छन ।
त्यसकारण अभ्यासमा नेपालमा कोही सच्चा कम्युनिष्ट छैनन् । धेरै ले आफुलाई महान क्रान्तिकारी र नेपाली जनताको सच्चा सेवक देखाएर आफ्नो निहित स्वार्थी परिपूर्तिका लागि नै आफ्नो नाम सित कम्युनिष्ट जोडेका छन ।
व्यवहार र अभ्यासले नै नेपालमा विरलै कोही कम्युनिष्ट नेता छन भनी ठोकुवा गर्न सकिन्छ । पुँजीवादी नीति र शिद्धान्त अनुसार चल्ने, बलात्कार गर्ने, मानव तस्करी गर्ने, सुन तस्करी गर्नेहरु आदि ईत्यादि कम्युनिष्ट हुनै सक्दैन । नेपालमा जेजती भईरहेको छ गरीरहेको छ त्यो सबै सोझासिधा नेपाली जनतालाई उल्लु बनाएर आफ्नो निहित स्वार्थ पुरा गर्ने हिसाबले मात्रै भईरहेकाछन र हुँदैछन । नेपालका नम्युनिष्टहरु न साम्यवादी हुन नसाजवादी नै किनकि अहिले सम्म उहाँहरुले नेपालमा समाजवादी अर्थतंत्रको किला समेत पनि गाड्न सकेको छैन ।
उहाँहरुको तुलनामा नेपालको राजतंत्रलाई नै धेरै उच्चकोटीको समाजवादी मान्न सकिन्छ किनकि राजातंत्रको पालामा नेपाल राष्ट्रको जग बलियो पार्ने र नेपाली जनतालाई रोजगारी दिएर नेपाली जनताको आर्थिक हैषियत बढाउने ठुलो उद्योगहरु स्थापना गरिएका थिए । अहिलेका कम्युनिष्ट नामधारी नेताहरुले पुराना उद्योगहरुको निजीकरण गर्ने पुँजीवादी प्रयासलाई सहयोग गरी रहेकाछन । राजतंत्रकालमा निजी बैंकहरु खोल्न दिएको थिएन तर अहिले कम्युनिष्ट नामधारीहरुले निजी बैंकहरु माडवाडी व्यापारीहरु र व्यवासयीहरुलाई बग्रेल्दी खोल्न दिएकाछन । अब त्यो सबै निजी बैंकहरुलाई राष्ट्रियकरण नगरी समाजवाद तिरको यात्रा थाल्न सकिन्न । निजी बैंकहरुले नेपाली जनतालाई लुटेर आफ्नै देश नेपालमा नेपाली जनतालाई सुकुमबासी बनाउने काम गर्दै आएका छन ।
समाजवादमा समाज प्रमुख हुन्छ व्यक्ति होइन त्यसैले व्यक्तिलाई मात्रै महत्व दिएर धनी बनाउने राजनीतिक व्यवस्था नेपाली जनतालाई चाहिएको छैन । नेपाली जनतालाई समाजवादी सुरक्षा कवच चाहिएको छ जस्मा आवद्ध भएपछि नेपाली जनता कसैले सुकुमवासी बनीराख्नु पर्ने छैन । व्यक्ति व्यक्ति मिलेर घरपरिवार बन्छ अनि धेरै परिवारहरु मिलेर समाज बनेको हुन्छ । त्यसैले पूर्विया साँस्कृतिमा व्यक्तिलाई होईन समाजलाई ज्यादा महत्व दिईन्छ । नवउदारवादी स्वतंत्र बजार अर्थतंत्र भएको अमेरिका लगायत पश्चिमी मुलुकहरुमा व्यक्तिलाई महत्व दिईन्छ र व्यक्तिगत स्वतंत्रताले सबै भन्दा बढी महत्व पाएको हुन्छ । ग्लोवल राजनीतिको प्रभावले गर्दा नेपालको अवस्था पनि नयता नउताको हुँदैछ ।
अमेरिकी एमसीसी र आईपियस परियोजनाले गर्दा नेपालको निव नै हल्ली सकेको छ भने हालै चिनियाँ बीआरआई परियोजनामा प्रधानमंत्री ओलीले हष्ताक्षेर गरी आएपछि नेपालमा ग्लोवल राजनीतिको खिचातानी झनै बढेर गएको महसुस हुन्छ । ग्लोवल राजनीतिको दुष्प्रभावले गर्दा अफगानिस्तान, पाकिस्तान, श्रीलंका र हालै सिरियाका आमजनताले खुबै पीडा भोगीरहेका छन । नेपालको राजनीतिक नेतृत्व गरी बसेका दलका नेताहरुले नेपालमा ग्लोवल राजनीतिक प्रभावलाई व्यवस्थापन नगरी झनै बढाउँदै लगेको हुँदा पक्कै पनि आउँदो समयमा नेपाली जनताले पनि उल्लेखित देशका आमजनताले भोगेका पीडाहरु भोग्नु पर्ने नै छ ।
त्यस्तो अवस्थामा नेपाली पैसाको क्रयशक्तिमा ह्रास आउने हुनाले बोरामा पैसा बोकेर गई झोलामा सामान लिएर आउनु पर्ने हुन्छ । नेपालमा दलका नेताहरुका बिच आपसी झगडा र लुछाचुंडी चलीरहेको छ । सत्तामा बसेर विपक्षी दलका नेताहरुलाई पुलिस प्रशासनको चरमदुरुपयोग गरी प्रायोजित मुद्दाहरु लगाएर दुःख दिने काम भईरहेकाछन । आफैले बिगत देखि नेपालमा गरेको र गर्दै आएको महाभ्रष्टाचारका काण्डहरुलाई लुकाउन र छिपाउनको लागि कसरत गरी रहेका छन ।
यसै क्रममा विदेशी दलालहरु सित हरगुहार मागी ग्लोवल राजनीतिको प्रभावलाई विकराल तुल्याउने कामहरु दलका शीर्ष नेताहरुबाटै भएकाछन । यस्तो दलका शीर्ष नेताहरुको भ्रष्टक्रियाकलापले नेपाली जनताको लागि ग्लोबल राजनीतिको जोखिम दिनमा गुणा र रातमा चौगुणाको हिसाबले बढाउँदै लगेको छ । नेपाली जनता बेलैमा समय नघर्की यस्ता दलका लोभी पापी नेताहरुको प्रतिकारमा उत्रीहाल्नु पर्छ ताकी नेपाल राष्ट्र र नेपाली जनतालाई ग्लोवल राजनीतिकको सिकार हुनबाट बचाउन सकियोस ।