स्वास्थ्यमन्त्री निकम्मा बन्दा कर्मचारी ‘चेन अफ कमाण्ड’ बाहिर

राजनीति शिक्षा/स्वास्थ समाचार

काठमाडौं । सरकारी कर्मचारीहरुले ‘राजाको काम कहिले जाला घाम’ भनेझैं गरेर आलटालमा दिन बिताउने गरेका छन् । कतिपय कमाई हुने मालदार अड्डाका कर्मचारीहरु बिहान नौ बज्न नभ्याउँदै अफिस पुगेका हुन्छन् भने बेलुका अफिस समय बितिक्दा पनि ६, ७ बजेसम्म कार्यालयमै बसिरहेका हुन्छन् । तर, तलबबाहेक अन्य आम्दानी नहुने अड्डाका कर्मचारीहरु कोही बिहान दशसैं बजे हाजिर गरेर टाप कस्छन् कोही १२, १ बजेतिर आएर हाजिर गरी निस्किने गर्दछन् । कर्मचारीको मनोमानी तन्त्रले गर्दा सर्वसाधारणको काममा डामाडोल हुन पुगेको छ । निजामती कर्मचारीहरु समयमा कार्यालय आएको नआएको, सेवाग्राहीको काम भए÷नभएको बारेमा राष्ट्रिय सतर्ककता केन्द्रले अनुगमन गर्नुपर्ने हुन्छ तर त्यो गरेको पाइँदैन । उता अख्तियारले पनि त्यस्ता विषयमा ध्यानको पाइँदैन ।

राष्ट्रिय सतर्ककता केन्दले बेलाबखत विभिन्न मन्त्रालय, विभाग र कार्यालयहरुको अनगुमन नगर्दा अधिकांश कर्मचारीहरु हाजिर गरेर आफ्नो व्यक्तिगत काममा निस्कने गरेको पाइन्छ । त्यसको गतिलो उदाहरण बनेको छ स्वास्थ्य तथा जनसंख्यामन्त्रालय । यस मन्त्रालयअन्तर्गत रहेका विभिन्न सरकारी अस्पतालहरुमा हजारौं चिकित्सक र नर्सहरु अस्थायी र ज्यालादारीमा कार्यरत छन् । अस्थायी र ज्यालादारीमा लामो समय सेवा गर्दै आएका स्वास्थ्यकर्मीहरुलाई सरकारले स्थायी गर्न सकेको छैन ।

अस्थायी र ज्यालादारीमा कार्यरत स्वास्थ्यकर्मीहरुले पटक–पटक आन्दोलन पनि गर्दै आएका छन् । सरकारी अस्पतालहरुमा पुरा समय इमानदारपूर्वक काम गर्ने यिनै अस्थायी र ज्यालादारी स्वास्थ्यकमीहरु हुन् । उता, स्थायी स्वास्थ्यकर्मीहरु भने बिहान समयमा नआउने र आइहाले तापनि हाजिर गरेर निजी अस्पतालतिर धाउने गर्दछन् । स्थायी रुपमा कार्यरत चिकित्सककै कारण सरकारी अस्पतालमा आउने अधिकांश बिरामीहरु अलपत्र पर्ने गरेका छन् । कतिपय बिरामीहरु सरकारी अस्पतालमा राम्रो उपचार नभएपछि निजी अस्पतालमा गएर बढी खर्च गर्न वाध्य भएका छन् । कतिपय स्थायी चिकित्सकहरुले बिहानभरि निजी अस्पतालमा काम गर्ने र दिउँसो आएर आफू कार्यरत कार्यालयमा हाजिर गरेर तलब खाने गरेका छन् ।

सरकारी अस्पतालमा यस्तो लापरबाही हुँदा स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले ध्यान दिएको पाइँदैन । ध्यान पनि कसरी दिओस् । मन्त्रालयभित्रकै कोही कर्मचारीहरु बिहानै आएर हाजिर गरेर टाप कस्ने त कोही कर्मचारीहरु दिनको १२, १ बजेतिर आएर आजिर गरी आफ्नो काममा निस्कने गरेका छन् । मन्त्रालयभित्रका कर्मचारीबीचमै एकापसमा समन्वय छैन भने त्यस्ता कर्मचारीहरुले विभाग, अस्पतालहरुको अनुगमन कसरी गर्न सक्छन् ? समय गुजारेर जानेहरुलाई पनि पदअनुसार आफ्नो मान्छे भए हाजिर गर्न दिइन्छ आफ्नो मान्छे र पद ठूलो छैन भने हाजिर गर्नबाट बञ्चित गराइन्छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालय सम्हालेको नौं महिना बितिसक्दा पनि एउटार सुधारको काम गर्न सकेका छैनन् । स्वास्थ्यमन्त्री पौडेल बाहिर देख्दा जति चर्चामा छन् काम गर्नको लागि उचित नभएको कर्मचारीहरुले बताउने गरेका छन् । मन्त्री पौडेलको काम स्वास्थ्य क्षेत्रलाई सुधार गर्नुभन्दा पनि कर्मचारी सरुवा, बढुवा र व्यवस्थापनमा न्यायोचित मूल्याङ्कन नगरी “कसैलाई काँख, कसैलाई पाखा’ पार्ने र कमिसन बटुल्ने नै भएको छ । मन्त्री पौडेल निकम्मा बन्दा मन्त्रालयभित्रका कर्मचारीहरु ‘चेन अफ कमाण्ड’बाट बाहिर गएका छन् ।

उता, देशकै पुरानो र ठूलो अस्पताल वीरमा ८० करोड मूल्यबराबरको पेटस्क्यान मेसिन खरिद गरेर थन्क्याएको लामो समय भइसक्दा पनि जडान गर्न सकेको छैन । कर्मचारीकै बेमेलका कारण त्यसको टेण्डर आह्वान हुन सकेको छैन । त्योसँगै वीर अस्पताल भित्र पहिलादेखि हुँदै आएका विभिन्न भ्रष्टाचार, विकृति र विसंगतिहरु यथावत नै छन् । तर, मन्त्री पौडेल भने सचिवालय र प्रशासनमा आफ्ना मान्छे सेटिङ गरेर कुन कुन ठाउँमा सरुवा, बढुवा गर्दा कति कमिसन आउँछ भन्दै लिष्ट बनाएर कर्मचारी खटाउने काममा व्यस्त रहेको स्रोतको दावी छ । उता, विभिन्न रोगको निशुल्क उपचार गराउने भनिरहँदा पहिला नै लागु भएको स्वास्थ्य बीमाको दावीभुक्तानी रकमसमेत उपलब्ध गराउन नसकेर बिमितहरुले नविकरण गर्न छाडिसकेका छन् ।

त्यतिमात्रै होइन नेपाल औषधि लिमिटेडले उत्पादन गरेका औषधिहरु विक्री गर्न सरकारले व्यवस्थापन गर्नेपर्नेमा त्यो गर्न नसक्दा औषधिहरु विक्री नभइ थुप्रियर बसेका छन् । विचौलियाहरुले विदेशबाट औषधि ल्याएर नेपाली बजारमा महंगो मूल्यमा विक्रीवितरण गरिरहेका छन् । तर, सरकारले आफ्नो देशमा उत्पादन भएको औषधि विक्री गर्न कुनै पहल गरेको पाइँदैन । उता, औषधि व्यवस्था विभाग र औषधि लिमिटेडको स्वमन्वयकारी भूमिका छैन । औषधि लिमिटेडका महाप्रवन्धक कैलाश कुमार पनेरुले नेपालमा २० प्रकारका औषधि उत्पादन गरिएको भने तापनि कुन–कुन रोगको लागि के के औषधि उत्पादन गरेर बजारमा पठाइयो भन्ने अहिलेसम्म सार्वजनिक गर्न सकेका छैनन् ।

महाप्रवन्धक पनेरुले पनि कसरी हुन्छ विचौलियासँग मिलेमतो गरेर कमाउधन्दा चलाउने र आफन्तलाई जागिर खुवाउनेमा दिन बिताइरहेका छन् । उता, औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल पनि औषधि उद्योगहरुको अनुगमन गर्नुपर्ने, नविकरण गर्नुपर्ने र नयाँ दर्ता गर्न अनुमति दिनपर्नेमा त्यो नगरी विभागमा बस्ने, सधैं मिटिङ गर्ने, बोर्डमा व्यवस्त देखाएर सर्वसाधारणलाई झुलाउने र औषधि माफियाहरुलाई गोप्य कोठामा बोलाउने गरेर दिन बिनाइरहे्का छन् । त्यसैगरी औषधि विभाग दिनप्रतिदिन थलालिङ्ग हुँदै गएको छ । स्वास्थ्यमन्त्री पौडेल निकम्मा हुँदा मन्त्रालय, विभाग, औषधि विभाग, औषधि लिमिटेड सरकारी अस्पतालका अलपत्र परिराखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *