काठमाडौं । ठाउँ न ठहर बुढीको रहर भनेझैं भएको छ माओवादीमा अध्यक्ष प्रचण्डको । सहकारी ठग रास्वपाका सभापतिकोविरुद्ध प्रम ओली नै लागेर अनेक प्रकरणका झमेला थपेका हुन् । माओवादीले आफ्ना र अर्का भनेन । कृष्णबहादुर महरादेखि दिपेश पुनसम्मले जेलको सजाय भोगेका हुन् । प्रचण्डको हाइफाई यही हो । एमालेले मृदुला कोइराला, ऋषि पोखरेल, कांग्रेसले मञ्जु गुरुङ, धनराज गुरुङजस्ता सहकारी ठगसँग बोक्दा माओवादीले गर्व गर्नुपर्दैन । तर आफ्ना जोगिएर अरुको नाम आउँदा माओवादीको हाइफाई चल्नु राजनीतिमा दुर्गन्ध हुनु हो ।
संसदीय अभ्यासमा पारंगत नेकपा एमाले र कांग्रेसले नै सहकारी ठग जोगाएका छन् । माओवादीसँग मिलेर मोर्चामा छिटफुट फाइदा लिएका माधव नेपालको कलम पार्टीमा पनि प्रचण्डकै हाइफाई जाग्दो छ । पार्टी फुटाएर माओवादीमा जानका लागि कोही तयार भए तिनको पद सुरक्षित छैन । एमालेसँग जाँदाको सुरक्षा र माओवादीमा जाँदाको सुरक्षाका बिचमा हाइफाइले काम गरेन । तर प्रचण्ड झुकेकै छन् ।