काठमाडौं । संगठन छैन, जागिरेहरूलाई पत्रकार महासंघको नेतृत्वमा ल्याउन गरिएको प्रयास सकसपूर्ण हुँदा प्रेस चौतारी भित्र दीपक पाण्डे र रामहरी सिलवालहरु लाजले भुतुक्कै भएका छन् । काठमाडौँ शाखाको निर्वाचन संयोजक भएका सिलवाल एनजीओकर्मीको पक्षमा थिएनन् । एमालेमा कामभन्दा बढी दाम र कामको पहिचान रूप बन्ने सिद्धान्त हावी छ । यो स्थितिमा पार्टीका भन्दा बाहिर खेल्ने व्यवहारको प्रेस चौतारीमा स्थान भएन ।
कतिपय मतदाता श्रीमान् खेद टोलीबाट तर्सिए भने एनजीओकर्मी बबिताहरूको लागि निर्मला सहज भइन् । निर्मलाले अध्यक्ष जिते पनि खुसी राजेन्द्र र गणेशको छ । गगनदेखि तीर्थसम्मले यो दबदबा रुचाएनन् । संकट पर्दा भने तीर्थका लागि एमाले दानचढी हो । तर राजेन्द्र पत्रकार भन्दै मिसन २०८४ तिर लागेका छन् । कास्कीका आरके ज्ञवाली स्लिप भएका छन् ।
ज्ञवालीलाई जिताउन निर्वाचन कार्यालयमा ताला लाग्यो । मतदाताले सहे । सरकारी पक्षका पत्रकारहरूलाई एमालेले खेदेर हैरान बनायो । चुनावको बेला जो खेदिए, तिनले राहत पाए । प्रेस युनियन र प्रेस चौतारीको माया प्रेमले कति जान्छ थाहा छैन, तर कांग्रेस समिरजंग शाह, धर्मेन्द्र झा, विष्णु सुवेदीले आफ्नो संस्थाको हैसियत जोगाएका छन् । टेलिभिजन, रेडियो, गोरखापत्र र राससभित्र पेल्ने र पेलिने पालो अब माओवादीको आउँछ । प्रधानमन्त्रीका प्रेस संयोजक राससका प्रकाश सिलवालसमेत लाज नमानी केन्द्रीय मतगणनामा बसेर रमाएकै हुन् ।
राजेन्द्र अर्यालको हाइफाइले रामहरी सिलवालको हस्ताक्षर बुझेन् । किनकि मिसन २०८४ अर्यालको गृह जिल्लामा काम लाग्यो । प्रदिप ज्ञवालीलाई कांग्रेसले हरायो । पत्रकारको चुनाव पत्रकारकै जस्तो हुन नदिन चलाइएको धन्दामा गोविन्द चौलागाईंको व्यापार निलो पण्डितले नाफामा लगेकै छन् । कलम पार्टीका माधव नेपाल अस्तित्व रक्षा गर्न लागेका बेला विश्वमणि सुवेदी, गणेश बस्नेत, शिव लम्सालको विगत र वर्तमान महासंघ परिसरमा चर्चा चलेकै हो । सरकारी पत्रकारहरूको जागिर जहाँ छ, त्यहाँ जति सकिन्छ । त्यो रूपमा जोगिए पनि पत्रकारहरूले स्वविवेक प्रयोग गरेको यसपटक हो किनकि जबजको शासन देशमा चलिरहेको छ ।